काठमाडौं महानगरपालिकामा आजदेखि बाइक एम्बुलेन्स सेवा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ । शुक्रवार काठमाडौं महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार १०२ नम्बरमा फोन गरी एम्बुलेन्स माग गर्ने सेवाग्राहीलाई आवश्यकताअनुसार बाइक एम्बुलेन्स समेत पठाइने छ । उहाँले ट्राफिक जाम र साँघुरा गल्लीका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा शुरु गरिएको हो । कार्यवाहक प्रमुख डंगालले काठमाडौंमा एम्बुलेन्सको संख्या पर्याप्त भएपनि समयमै सेवा उपलब्ध गराउन चुनौती रहेको बताउनु भयो । ट्राफिक जाम र भौगोलिक अवस्थाका कारण कतिपय स्थानमा एम्बुलेन्स पुग्न ढिलाइ हुने गरेको उल्लेख गर्दै उहाँले उक्त समस्याको समाधानका लागि बाइक एम्बुलेन्स सेवा शुरु गरिएको बताउनु भयो । उहाँले चारपाङ्ग्रे एम्बुलेन्स पुग्न नसक्ने चोक तथा साँघुरा गल्लीमा बिरामीलाई तत्काल प्राथमिक सेवा उपलब्ध गराउन बाइक एम्बुलेन्स परिचालन गरिने बताउनु भयो । उहाँका अनुसार बाइक एम्बुलेन्सलाई आपत्कालीन अवस्थामा पहिलो प्रतिक्रिया दिने सेवाका रूपमा सञ्चालन गरिनेछ । उहाँले भन्नुभयो, ‘आजदेखि हामीले बाइक एम्बुलेन्स सर्भिस शुरु गर्दैछौँ । जब विरामी तथा सेवाग्राहीले १०२ नम्बरमा फोन गर्नुहुन्छ त्यसपछि आवश्यकताअनुसार बाइक एम्बुलेन्स समेत पठाउँछौँ । काठमाडौंमा एम्बुलेन्सको संख्या नम्बरमा कम भएको होइन । तथ्यांक हेर्ने हो भने हामीसँग पर्याप्त मात्रामा एम्बुलेन्स रहेका छन् । तर समस्या के हो भने हामीले समयमा सेवा उपलब्ध गराउन सकिरहेका छैनौँ । हामीसँग संख्या कम भएको नभई समयमा पुग्न नसकेको कुरा धेरै रिसर्चहरु पनि देखाएको छ । र हाम्रो अन द फिल्ड एक्सपेरियन्स पनि त्यही नै हो । धेरै जाम भइरहेको हुनाले समयमै चारपांग्रे गाडी पुग्न सकिरहेको हुँदैन । ट्राफिक जामको कारणले समयमा नै एम्बुलेसन्स पुग्न नसक्ने धेरै केसहरु रहेका छन् । त्यतिमात्रै नभएर काठमाडौंको भूगोल पनि फरक रहेको छ । अनि गल्ली गल्लीमा एम्बुलेन्स पुग्न नसक्ने अवस्था रहेको छ । त्यसकारण जुन जुन चोक तथा गल्लीहरुमा चारपाङ्ग्रे एम्बुलेन्स पुग्न सक्दैन । त्यहाँ फस्ट रिस्पोन्सको लागि बाइक एम्बुलेन्स पठाउनेछौँ ।’ महानगरपालिकाले स्वास्थ्य संस्थाको आवश्यकता र उपलब्ध तथ्यांकका आधारमा पूर्वाधार, उपकरण तथा प्रत्यक्ष स्वास्थ्य सेवामा सहयोग र सहकार्य गर्दै आएको उहाँको भनाइ छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

नेपालमा नोभेम्बर १७ देखि आईसीसी एसिया सम्मेलन हुने
काठमाडौँ। नेपालमा आगामी नोभेम्बर १७ देखि २१, २०२६ सम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापन तथा आईसीसीको आयोजनामा सम्मेलन हुन... ...

सिद्धार्थ बैंकको मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’सञ्चालनमा ल्यायो
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो । मोबाइल बैंकिब एपको लगइन स्क्रिनमा उपलब्ध यस गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन् । ...

‘पाल्पा च्याम्पियन्स ट्रफी’ क्रिकेट ७ कात्तिकदेखि
प्रतियोगितामा जिल्लाका ६ क्लबको सहभागिता रहने छ । ...
हेटौंडाको ट्राफिक अस्तव्यस्तता, प्रहरीदेखि उपमहानगरपालिका जिम्मेवारी पन्छ्याउँदै
• हेटौंडामा सवारी चाप बढ्दै गए पनि ट्राफिक व्यवस्थापन र पूर्वाधारमा सुधार हुन सकेको छैन, जसले समस्या चुल्याएको छ। • स्थानीय सरकार र प्रहरीबीचको समन्वयको अभावले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ, र यसलाई समाधान गर्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता छ। • हेटौंडाको ट्राफिक व्यवस्थापन सुधार गर्न बुद्धचोक, सीमाचोक र बाइपास क्षेत्रको सवारी चाप अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिइएको ...


