Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/टेस्लाको नयाँ उड्ने कार सार्वजनिक, २०२८ मा उत्पादन गर्ने मस्कको घोषणा

टेस्लाको नयाँ उड्ने कार सार्वजनिक, २०२८ मा उत्पादन गर्ने मस्कको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
टेस्लाको नयाँ उड्ने कार सार्वजनिक, २०२८ मा उत्पादन गर्ने मस्कको घोषणा

अन्तर्राष्ट्रिय । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले हावामा उफ्रिन, आकाशमै पल्टिन र पुनः आफ्नै पाङ्ग्रामा अवतरण गर्न सक्ने प्रविधिसहितको नयाँ रोडस्टर कार प्रदर्शन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले स्पेसएक्सको प्रविधि प्रयोग गरिएको उक्त कार सन् २०२८ देखि उत्पादन गर्ने घोषणा गर्नुभएको छ । अमेरिकाको टेक्सासस्थित स्पेसएक्सको परीक्षण केन्द्रमा बिहीबार आयोजित कार्यक्रममा मस्कले नयाँ पुस्ताको रोडस्टर कार सार्वजनिक गर्नुभएको हो । टेस्लाको आधिकारिक एक्स खाताबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा कारको असाधारण क्षमतासमेत प्रदर्शन गरिएको थियो । प्रदर्शनका क्रममा कार घुमाउरो र्‍याम्पमा गुड्दै माथि पुगेको थियो । विशेष सक्सन प्रणालीको सहायताले उल्टो अवस्थामा समेत र्‍याम्पमा अडिएको कार त्यसपछि हावामा उफ्रिएर पल्टिएको थियो । अन्ततः कार आफ्नै पाङ्ग्रामा अवतरण गरेको थियो। अर्को प्रदर्शनमा कारले टेस्लाका अन्य सवारीसाधनमाथिबाट छलाङ मारेको दृश्यसमेत देखाइएको थियो । प्रदर्शनपछि मस्कले भविष्यमा उड्ने कार वास्तविकतामा परिणत हुने बताउनुभयो । स्पेसएक्स र टेस्लाका इन्जिनियरहरूले संयुक्त रूपमा विकास गरेको प्रविधिले कारलाई रकेटजस्तै हावामा उफ्रिन र हावामै आफ्नो दिशा परिवर्तन गर्न सक्ने उहाँको भनाइ थियो । हावाको चापबाट उफ्रिने प्रविधि टेस्लाका अनुसार नयाँ रोडस्टरमा अत्यधिक उच्च चापमा हावा भण्डारण गर्ने ट्याङ्की र १० वटा नोजल जडान गरिएको छ । ती नोजलबाट उच्च चापको हावा बाहिर निकालेर कारलाई हावामा उफार्न र हावामै घुमाउन सकिने प्रविधि विकास गरिएको छ । यसमा रकेट प्रविधिबाट प्रेरित प्रणाली प्रयोग गरिए पनि प्रदर्शनमा प्रयोग गरिएको प्रणालीले हावाको चापलाई उपयोग गर्छ । कारको तल्लो भागमा जडान गरिएको फ्यानमा आधारित सक्सन प्रणालीले कारलाई सतहमा बलियोसँग अड्याउनसमेत मद्दत गर्ने कम्पनीले जनाएको छ । टेस्लाका सवारीसाधन इन्जिनियरिङ प्रमुख लार्स मोराभीका अनुसार नयाँ कारले शून्यदेखि प्रतिघण्टा ६० माइल अर्थात् करिब ९७ किलोमिटरको गति एक सेकेन्डभन्दा कम समयमा हासिल गर्न सक्ने लक्ष्य राखिएको छ । तर, सडकमा उड्ने कार भने होइन कारले हावामा छलाङ मार्नु र विमानजस्तै निरन्तर उडिरहनु फरक कुरा हुन् । सार्वजनिक गरिएको प्रदर्शनले कार छोटो समय हावामा उफ्रिएर विभिन्न चाल प्रदर्शन गर्न सक्ने देखाए पनि यसले विमानजस्तै निरन्तर उडान गर्न सक्ने प्रमाणित गर्दैन । मस्कले पनि यस्तो कार सबै क्षेत्रमा कानुनी रूपमा सञ्चालन गर्न मिल्नेमा निश्चित नरहेको बताउनुभएको छ। कारको सुरक्षा, व्यावहारिक प्रयोग र नियामकीय स्वीकृतिसम्बन्धी चुनौती अझै महत्त्वपूर्ण छन् । प्रदर्शनमा कारलाई टाढाबाट नियन्त्रण गरिएको थियो। यसले चालकलाई जोखिममा नराखी असामान्य चाल प्रदर्शन गर्न सहयोग गरेको कम्पनीको भनाइ छ । नौ वर्षदेखि प्रतीक्षामा रोडस्टर टेस्लाले दोस्रो पुस्ताको रोडस्टरको अवधारणा सन् २०१७ मै सार्वजनिक गरेको थियो । तर, यसको उत्पादन योजनाले पटकपटक ढिलाइ बेहोर्दै आएको छ। पछिल्लो प्रदर्शनसँगै कम्पनीले सन् २०२८ मा उत्पादन सुरु गर्ने लक्ष्य पुनः अघि सारेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टेस्लाले रोडस्टरका विभिन्न संस्करण ल्याउने योजना बनाएको छ । सामान्य सडकमा चलाउन मिल्ने संस्करणसँगै थप थ्रस्टर प्रविधि जडित संस्करण पनि प्रस्ताव गरिएको छ। पूर्ण उडान प्रणाली भएको विशेष संस्करण भने निमन्त्रणाका आधारमा उपलब्ध गराउने योजना छ । यस कारको सार्वजनिक प्रदर्शनले विद्युतीय सवारीसाधनको प्रविधिमा नयाँ सम्भावनाको चर्चा बढाएको छ। यद्यपि, उत्पादन सुरु हुने समय, वास्तविक कार्यक्षमता र सर्वसाधारणका लागि यसको उपलब्धता भने आगामी दिनमा स्पष्ट हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

क्यानाडाविरुद्ध नेपाल मैदानमा, कमजोर बलिङ प्रदर्शन, एक दिवसीय मान्यतालाई कायम राख्न जित्नै पर्ने
ताजा खबरJust now

क्यानाडाविरुद्ध नेपाल मैदानमा, कमजोर बलिङ प्रदर्शन, एक दिवसीय मान्यतालाई कायम राख्न जित्नै पर्ने

ओमानको मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ । ...

हाम्राकुरा
तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका
ताजा खबरJust now

तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

काठमाडौं । दसैँका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहका अनुसार... ...

रातोपाटी
गृहमन्त्री गुरुङद्वारा हनुमानढोकामा तलेजु भवानी र कुमारीको दर्शन
ताजा खबरJust now

गृहमन्त्री गुरुङद्वारा हनुमानढोकामा तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं। दसैंको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै जीवित देवी कुमारीको दर्शन गरेका छन्। गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्रमा पुगी तलेजु भवानीको पूजा गरेका हुन्। उनले सर्वसाधारणसँगै लामबद्ध भएर कुमारीको दर्शन गरेका थिए। नेपालीहरूको महान् पर्व बडादसैंअन्तर्गत फूलपातीका दिन विभिन्न शक्तिपीठहरूमा पूजा आराधना तथा दर्शन गर्ने परम्परा रहिआएको छ। सोही ...

नेपालन्युज
‘उपभोक्ता आफैँ सचेत भए बजार सुध्रिन्छ'
ताजा खबरJust now

‘उपभोक्ता आफैँ सचेत भए बजार सुध्रिन्छ'

काठमाडौँ । बडादसैँका बेला बजारमा खाद्यवस्तुको खपत उच्च हुने गर्छ । बजारमा अखाद्य वस्तुको मिसावट, गुणस्तरहीन सामग्रीको बिक्री–वितरण र उपभोक्ता ठगिने क्रम पनि बढ्ने जोखिम रहन्छ । चाडपर्वलक्षित बजार अनुगमन, बजारको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play