क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि मेरो एकमात्र ध्येय : कार्यवाहक अध्यक्ष गिरी

स्याङ्जा । स्याङ्जाको सदरमुकाम मालेबगरस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका कार्यवाहक अध्यक्ष तुलसी गिरीले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि आफ्नो एकमात्र ध्येय रहेको बताउनुभएको छ । क्याम्पसमा आयोजित विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले क्याम्पसलाई गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गर्ने प्रक्रियामा अघि बढाउन आफू इमानदारीपूर्वक लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नयाँ–नयाँ विषयको अध्यापन सुरु गर्दै प्रविधिमैत्री शिक्षण वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । युवाको चाहना र आवश्यकताअनुसारका विषय अध्यापन गराउन सके विदेश पलायनलाई समेत केही हदसम्म रोक्न सकिने उहाँको भनाइ थियो । अध्यक्ष गिरीले गोपालमान श्रेष्ठको नेतृत्वमा क्याम्पसले वर्तमान अवस्था हासिल गरेको उल्लेख गर्दै उहाँको योगदानको चर्चा गर्नुभयो । श्रेष्ठको निधनपछि क्याम्पसमा नेतृत्वको अभाव खड्किरहेको अवस्थामा आफूले जिम्मेवारी सम्हाल्नुपरेको बताउँदै उहाँले श्रेष्ठले अघि सारेका अधुरा काम पूरा गर्न आफू पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका वरिष्ठ सदस्य तथा पूर्वसांसद एवं शिक्षाविद् नारायणप्रसाद मरासिनीले क्याम्पसको हितमा अध्यक्षसँग हातेमालो गर्दै अघि बढ्न आफू तयार रहेको बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो । क्याम्पस प्रमुख अर्जुनबन्धु अर्यालले भौतिक पूर्वाधारसँगै शैक्षिक क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । क्याम्पसलाई क्युएए प्रक्रियामा अघि बढाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । त्यसैगरी, प्राध्यापक सङ्घका नवनिर्वाचित अध्यक्ष बाबुकुमार सिग्देलले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्राध्यापकहरू विगतदेखि नै एकताबद्ध भएर लागिरहेको बताउनुभयो । आगामी दिनमा पनि सञ्चालक समितिले अघि सार्ने उपयुक्त योजनालाई सफल बनाउन सिङ्गो प्राध्यापक सङ्घ एकजुट भएर अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सञ्चालक समिति सदस्य तथा पुतलीबजार नगरपालिका–१ का वडाध्यक्ष उत्तम श्रेष्ठ, सञ्चालक समिति सदस्यहरू पृथ्वी पोख्रेल र मुक्तिप्रसाद रेग्मी तथा सहायक क्याम्पस प्रमुख शङ्कर लामिछानेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा कार्यवाहक अध्यक्ष गिरीसहित सञ्चालक समितिका सदस्यहरूले नवनिर्वाचित प्राध्यापक सङ्घलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । क्याम्पसमा एक साताअघि गठन भएको प्राध्यापक सङ्घको अध्यक्षमा बाबुकुमार सिग्देल, उपाध्यक्षमा उपेन्द्र रेग्मी, सचिवमा युवराज पौडेल र कोषाध्यक्षमा शिव खड्का निर्वाचित हुनुभएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। ...
रामपुरमा स्थायी लेखा नम्बर दर्ता सेवा सुरू
इमान सिं रानारामपुर (पाल्पा), असोज २७ गते । पाल्पाको रामपुर नगरपालिकाले व्यावसायिक तथा व्यक्तिगत स्थायी लेखा नम्बर (पान नं.) वितरण सेवा सुरु गरेको छ । आन्तरिक राजश्व कार्यालय बुटवल... ...

गुल्जार नयाँ बसपार्क : दसैँमा घर जान टिकट छ, बाटो राम्रो छैन (भिडियो रिपोर्ट)
काठमाडौँ । दसैँ सुरू भएसँगै राजधानी काठमाडौं उपत्यकामा विभिन्न पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा रहेकाहरू आफ्नो स्थायी थातथलो फर्किन थालेका छन् । काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा उपत्यकाबाट बाहिरिनेहरूको थामिनसक्नु भिड... ...

उद्योगमन्त्री र दक्षिण कोरियाका उच्चायुक्तबीच भेटघाट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका लागि गणतन्त्र दक्षिण अफ्रिकाका गैरआवासीय उच्चायुक्त प्रा. अनिल सुकलालबीच एक शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा उच्चायुक्तले मन्त्रीलाई नयाँ नियुक्ति भएकोमा बधाई ज्ञापन गर्नुका साथै हालै आएको बाढीपहिरोका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । छलफलमा नेपाल र दक्षिण अफ्रिकाबीचको […] ...


