देशभर मतदाता संख्या १ करोड ९० लाख ९१ हजार पुग्यो, एक वर्षमा १ लाख ८७ हजार थपिए

काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार देशभर कुल १ करोड ९० लाख ९१ हजार ३७५ मतदाता कायम भएका छन् । आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा पुरुष ९७ लाख ६९ हजार ८२५, महिला ९३ लाख २१ हजार ३३६ र अन्य २१४ जना रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को तुलनामा मतदाता संख्या १ लाख ८७ हजार ६८६ ले बढेको छ । उक्त निर्वाचनमा महिला ९२ लाख ४० हजार १३१, पुरुष ९६ लाख ६३ हजार ३५८ र अन्य २०० गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए । आयोगले २०८२ चैत २२ गतेदेखि नियमित रूपमा मतदाता नामावलीमा नयाँ नाम दर्ता, विवरण सच्याउने, ठेगाना स्थानान्तरण गर्ने तथा मृत्यु भएका मतदाताको नाम हटाउने काम गर्दै आएको थियो । यस क्रममा २०८३ भदौ १५ गतेसम्म नाम दर्ता गराएका र सोही मितिसम्म १८ वर्ष उमेर पूरा गरेका व्यक्तिलाई समावेश गरी असोज १ गते प्रारम्भिक मतदाता नामावली प्रकाशन गरिएको थियो । प्रारम्भिक नामावलीमा १ करोड ९२ लाख ९४ हजार ९६१ मतदाता समावेश थिए। चैत २२ देखि भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका ४ लाख ३० हजार ३५२ जनाको नाम थपिएको थियो भने मृत्यु, दोहोरो नाम तथा नागरिकता त्याग वा रद्दलगायतका कारण ३९ हजार ८० जनाको नाम हटाइएको थियो । त्यसपछि प्रारम्भिक नामावलीमाथि दाबीविरोध तथा विवरण जाँचबुझ गर्ने क्रममा थप २ लाख ३ हजार ५८६ जनाको नाम हटाइएको आयोगले जनाएको छ । जसमध्ये मृत्यु भएका ४५ हजार ३२२ जना र दोहोरो नाम, नागरिकता त्याग वा रद्द तथा दाबीविरोधलगायतका कारण १ लाख ५८ हजार २६४ जनाको नाम हटाइएको हो । यसरी आवश्यक संशोधन र अद्यावधिकपछि आयोगले असोज ३० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको हो। आयोगले अन्तिम मतदाता नामावली आफ्नो आधिकारिक वेबसाइट www.election.gov.np मा सार्वजनिक गरेको छ । साथै सातै प्रदेश, जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहअनुसारको मतदाता संख्यासम्बन्धी विवरणसमेत वेबसाइटमा उपलब्ध गराइएको आयोगले जनाएको छ । The post देशभर मतदाता संख्या १ करोड ९० लाख ९१ हजार पुग्यो, एक वर्षमा १ लाख ८७ हजार थपिए appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाल कोप–३१ मा सहभागी हुने
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) आगामी कात्तिक २३ देखि मंसिर ४ गतेसम्म हुँदैछ। टर्किएको अन्टाल्या सहरमा हुने यस सम्मेलनमा नेपालले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा... ...

किशोर श्रेष्ठ र हिमेश पन्त साइबर ब्युरोमा, एकै दिन एकअर्काविरुद्ध उजुरी
काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता एवं कमेडियन हिमेश पन्तले एकै दिन एकअर्काविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन्। जग्गासम्बन्धी समाचार प्रकाशन र त्यसपछि सामाजिक सञ्जालमा भएका टिप्पणीलाई लिएर उनीहरूबीच विवाद चर्किएको हो। जनआस्था साप्ताहिकले पन्तको परिवारमाथि अरूको जग्गा अनधिकृत रूपमा कब्जा गरेको आरोपसहित समाचार प्रकाशित गरेपछि विवाद सुरु ...

लगानी बोर्डले भन्यो– उपहार लिनेदिने कार्य स्वीकार्य छैन
काठमाडौँ। लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने प्रचार भ्रामक र तथ्यहीन भएको जनाएको छ । कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै २९ असोजमा कार्यालयको जानकारी र अनुमतिबिना मिठाई तथा बिस्कुटका टोकरी ल्याइएको र त्यसैलाई आधार बनाएर कर्मचारीले अनुचित उपहार लिएको भन्दै प्रचार गरिएको उल्लेख छ । कार्यालयका अनुसार बिहीबार दिउँसो १४ः३० बजे प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबसहित कर्मचारी बैठकमा रहेका बेला ...

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज
काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुगेको छ । दशैँ र तिहारलाई लक्षित गरी नेपाली दुग्धजन्य उत्पादन दुबई पठाइएको हो । यसअघि परीक्षणका रूपमा पठाइएको एक हजार ५०० किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि थप उत्पादन पठाइएको रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले ...


