आतंकवाद र अन्तरदेशीय अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य बढाउन गृहमन्त्री गुरुङको जोड

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आतंकवाद र अन्तरदेशीय अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् । नयाँदिल्लीमा आयोजित बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सुरक्षित सूचना आदानप्रदान, समन्वयात्मक प्रतिकार्य र भएका प्रतिबद्धताको समयमै कार्यान्वयन आवश्यक रहेको बताएका छन् । गृहमन्त्री गुरुङले विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन संयुक्त कार्यदलसहितको बिम्स्टेक क्षेत्रीय ढाँचा निर्माण गर्न प्रस्ताव गरेका छन् । यसबाट सदस्य राष्ट्रहरूको सामूहिक विपद् प्रतिरोधात्मक क्षमता सुदृढ हुने उनको भनाइ थियो । उनले बैठक आयोजना गरेकोमा भारतलाई धन्यवाद दिँदै नेपालमा हालै भएका विपद्का बेला सदस्य राष्ट्रहरूले देखाएको ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका छन् । The post आतंकवाद र अन्तरदेशीय अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य बढाउन गृहमन्त्री गुरुङको जोड appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

स्थानीय तह निर्वाचनका आधारभूत आयाम
स्थानीय तहको तेस्रो कार्यकालको निर्वाचनलाई केवल नयाँ जनप्रतिनिधि छनोट गर्ने प्रक्रियाका रूपमा होइन, एक दशकको संघीय अभ्यासबाट सिकेका पाठलाई संस्थागत गर्ने अवसरका रूपमा लिनुपर्छ । ...

१० बजे १० समाचार : विवादित माननीयको अर्को विवाद, अस्तव्यस्त छ बजार
आज २०८३ असोज २७ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– ...

रुसी डिजेल निर्यातले मूल्य घटाउनेमा ईयूका अर्थ प्रमुख सशंकित
ईयू – युरोपेली संघ (ईयू) अर्थ मामिला प्रमुख भल्डिस डोम्ब्रोभ्स्किसले अमेरिकाले रुसी डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपार्ने बताएका छन् । इरान युद्ध सुरु भएयता इन्धनको मूल्य उल्लेख्य रूपमा बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रुसले विश्व बजारमा ठूलो परिमाणमा […] ...

कर्णाली याक्सको मेडिकल पार्टनर ग्रीनसिटी
कर्णाली याक्सले एनपीएलका लागि ग्रीनसिटी हस्पिटललाई अफिसियल मेडिकल पार्टनर बनाएको छ । ...


