प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झालाको कार्यषमतामाथि प्रश्न उठाउनुभएको छ । संसदीय सुनुवाईका क्रममा चौलागाईंले उहाँको कुटनीतिक अनुभव विगतको कार्यसम्पादन र प्रश्तावित नियुक्तिमाथि प्रश्न उठाउनुभएको हो । सांसद चौलागाईंले डा. झाको प्राज्ञिक पृष्ठभूमि र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यकाललाई लिएर असन्तुष्टि व्यक्त गर्दै कुटनीतिक क्षमतामाथि प्रश्न खडा गर्नुभयो । सांसद चौलागाईंले प्रस्तावित राजदुत झाको बुद्ध सर्किट र नेपाल-श्रीलंकाबीचको कुटनीतिक सम्बन्ध विस्तारको योजनाबारे स्पष्ट जवाफ माग गर्नुभयो । उहाँले डा. झाको कार्यक्षेत्र मिथिला संस्कृतिमा मात्रै सिमित रहेको भन्दै समग्र बुद्ध कला र नेपालका अन्य महत्वपूर्ण धार्मिक क्षेत्रहरूलाई समेट्न नसकेको आरोप लगाउनु भयो । सांसद चौलागाईंले कुटनीतिक अनुभवको अभावलाई मुख्य चुनौतीका रूपमा औंल्याउँदै भारत र चीनको प्रभाव रहेको श्रीलंका जस्तो संवेदनशील मुलुकमा उहाँले कसरी राष्ट्रिय हित रक्षा गर्न सक्छिन् भनी जिज्ञासा राख्नुभयो । उहाँले राजदुत नियुक्तिसम्बन्धी निर्देशिकाको मापदण्ड र समावेशिताको नाममा गरिएका नियुक्तिको औचित्यमाथि समेत प्रश्न गर्नुभयो । यसका साथै, सन् २०१५ देखि २०१९ सम्म सत्य निरुपण तथा मेलमिलाप आयोगमा रहँदा उहाँले द्वन्द्वपीडितहरूलाई न्याय दिन नसकेको र मुद्दाहरू अलपत्र पारेको भन्दै सांसद चौलागाईंले उहाँको कार्यसम्पादनमाथि टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘विगतमा द्वन्द्व व्यवस्थापनमा असफल देखिएको व्यक्तिले संवेदनशील संवैधानिक वा कुटनीतिक निकायमा कसरी अपेक्षित परिणाम दिन सक्छ ?’ सार्क र बिमस्टेकको मञ्च प्रयोग गरेर क्षेत्रीय हित प्रवद्र्धन गर्ने तथा लुम्बिनी-श्रीलंकाबीचको धार्मिक पर्यटन र हवाई उडानलाई अगाडि बढाउने ठोस कार्ययोजना पेश गर्न सांसद चौलागाईंले डा. झालाई चुनौती दिनुभयो । सांसद दंगालको प्रश्नः ‘भिसा सहजता र उडान विस्तारमा के छ कार्ययोजना ?’ नेकपा एमालेका सांसद प्रेमप्रसाद दंगालले नेपाल र श्रीलंकाबीचको कूटनीतिक सम्बन्ध, नेपाली पर्यटकलाई भिसामा देखिएको समस्या र हवाई उडान विस्तारका सम्भावनाबारे प्रश्तावित राजुदत डा. मञ्चलाकुमारी झासँग कार्ययोजना माग गर्नुभएको छ । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत डा. झाको संसदीय सुनुवाईका क्रममा उहाँले कार्ययोजना माग गर्नुभएको हो । बुधवार संघीय संसदको संसदीय सुनुवाई समितिमा उहाँले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन आग्रह गर्नुभयो । हाल श्रीलङ्कामा नेपाली नागरिकहरूले भोगिरहेको ‘भिसा अन एराइभल’ सम्बन्धी समस्या र इलेक्ट्रोनिक ट्राभल अथराइजेसन प्रक्रियाको जटिलतालाई प्राथमिकताका साथ समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद दंगालले भन्नुभयो, ‘सार्क क्षेत्रमा भिसा फ्रि आवागमनको अवधारणा रहे पनि मानव बेचबिखनको जोखिम देखाउँदै नेपालीमाथि लगाइएको प्रतिवन्ध हटाउन राजदुतको भुमिका महत्वपूर्ण हुनेछ ।’ काठमाडौं-कोलम्बो सिधा उडानलाई प्रभावकारी बनाउन भैरहवा-कोलम्बो रुटको सम्भावना खोजी गर्नुपर्ने प्रस्ताव पनि उहाँले राख्नुभयो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दुर्गा पूजाका क्रममा करेन्ट लागेर एकको मृत्यु
उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको मृत्यु भएको छ । त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ... ...

‘कबड्डी ५’को ट्रेलर २४ घण्टा नबित्दै युट्युबको ट्रेन्डिङ नम्बर १ मा
कात्तिक ६ गतेबाट प्रदर्शन हुने फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर युट्युब ट्रेन्डिङमा आएको छ। सार्वजनिक भएको १५ घण्टामै युट्युबको ट्रेन्डिङमा पर्न सफल फिल्मको ट्रेलर मुभिज चाटतर्फ ट्रेन्डिङ नम्बर १ मा आएको हो। समाचार तयार पार्दासम्म ट्रेलरले ७ लाख ६० भ्युज बटुलिसकेको छ। दर्शकहरूले निर्देशक रामबाबु गुरुङ, काजीको भूमिकामा देखि... ...

गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा विजयी
लोक तथा दोहोरी गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। कांग्रेसको १५औँ महाधिवेशनमा गरिएको नेतृत्व चयन चुनावमा उनी खुला महिलातर्फ २ हजार ३०८ मत प्राप्त गर्दै केन्द्रीय सदस्य पदमा विजयी भएकी हुन्। खुला महिलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवार भिडेका थिए। निर्वाचित भएपछि रीताले फेसबुकमार्फत खुसी व्... ...

संसदीय समितिले होल्डमा राख्यो मलेसियाका प्रस्तावित राजदूत खरेलको सुनुवाइ, आरोपबारे छानबिन हुने
• संसदीय सुनुवाइ समितिले मलेसियाका प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्डमा राख्ने निर्णय गरेको छ, विभिन्न आरोप र अनियमितताका कारण। • सांसदहरूले खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता र योग्यतामाथि प्रश्न उठाएका छन्, जसको कारण थप अध्ययन र प्रमाण जुटाउने आवश्यकता देखिएको छ। • खरेलले आरोपहरूलाई अस्वीकार गर्दै आफूलाई निर्दोष साबित गर्नका लागि समयको माग गरेका छन्, तर समितिले गोप्य छलफल ...


