बुटवल उद्योग वाणिज्य संघको नेतृत्व छान्न मतदान जारी

बुटवल । बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका निम्ति सोमबार मतदान जारी छ । कुल एक हजार ८१० मतदाता रहेकामा हालसम्म करिब ३०० मत खसेको निर्वाचन समितिले जनाएको छ । संघको ७३औँ साधारणसभा तथा २६औँ अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति यस दिन बिहान ८ बजेदेखि मतदान भइरहेको हो । अध्यक्ष पदका निम्ति टंकप्रसाद गैरे र नरिश्वर शर्मा पौडेलको प्यानल चुनावी मैदानमा छन् । दुवै प्यानलले व्यवसायीको समर्थन जुटाउन केही दिनयता घरदैलो अभियान र भेटघाटलाई तीव्र बनाएका थिए । मतदान केन्द्रमा अध्यक्ष पदका दुवै उमेदवार उपस्थित छन् । उनीहरूले मतदान केन्द्रअगाडि रहेर मतदातासँग भेटघाट गरिरहेका छन् । अरू उमेदवार भने मतदान केन्द्रको गेटबाहिर बसेर व्यवसायीलाई आफ्नो पक्षमा मत दिन आग्रह गरिरहेका छन् । बुटवलका व्यवसायीमाझ चासोका रूपमा हेरिएको यस निर्वाचनबाट संघको आउँदो तीनवर्षे कार्यकालका निम्ति नयाँ नेतृत्व चयन गरिनेछ । बेलुका ५ बजेसम्म मतदान हुने र लगत्तै मतगणना गरिने निर्वाचन अधिकृत बाबुरामप्रसाद पाण्डेले बताए ।२६ पदका निम्ति ५२ उमेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । The post बुटवल उद्योग वाणिज्य संघको नेतृत्व छान्न मतदान जारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News
![दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]](https://hamrakura.com/uploads/news/images/badri-roy.jpg)
दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]
सीजी ब्रान्डले घरायसी प्रयोजनका सामग्रीहरू किन्दा भारी मात्रामा उपहार लिएर बजारमा आएको जनाएको छ । ...

दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास
• जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवमाथि अनियमितताको आरोप र उनकी बहिनीको स्वास्थ्य बीमा विवरण फेला परेको छ। • यादवले बहिनीलाई एटेंडेंट भिसामा ल्याउन चाहेका थिए, तर दूतावासले भिसा नदिएपछि विद्यार्थी भिसामा ल्याएको बताइएको छ। • यादवले ४२ दिनको हाजिरी गरेको विषयमा छानबिन र कारबाहीको मागसहित उजुरी परेको छ, र पत्रकारलाई धम्की दिएको आरोप पनि छ। ...

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने
• सरकारले पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ, जसमा नेपाल सरकारको ४० प्रतिशत शेयर स्वामित्व रहनेछ। • प्रस्तावित कानूनी व्यवस्थाबाट पूर्वाधार क्षेत्रमा लगानी बढ्ने, स्थानीय तहको वित्तीय पहुँच सुदृढ हुने र सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। • विधेयक पारित भएमा नगर विकास कोष ऐन, २०५३ खारेज हुनेछ र सम्पूर्ण सम्पत्ति, दायित्व ...



