Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/स्विडिस टेलिकम अपरेटर टेलियाले ९०० कर्मचारी कटौती गर्ने

स्विडिस टेलिकम अपरेटर टेलियाले ९०० कर्मचारी कटौती गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्विडिस टेलिकम अपरेटर टेलियाले ९०० कर्मचारी कटौती गर्ने

स्विडिस टेलिकम अपरेटर टेलियाले आफ्नो काम गर्ने तरिकामा पुनर्संरचना गर्ने योजना बनाएको छ। यसअन्तर्गत सञ्चालनलाई स्थानीयकरण गर्नुका साथै ९०० कर्मचारी कटौती गरिनेछ। कम्पनीले यसबाट वार्षिक १ अर्ब स्विडिस क्रोनर (एसईके) कुल बचत गर्ने लक्ष्य राखेको छ। टेलियाले आफ्नो साझा प्रविधि एकाइबाट मुख्य रूपमा करिब २२० पद सम्बन्धित देशका एकाइमा स्थानान्तरण गर्ने योजना बनाएको छ। साथै, कम्पनीका सबै एकाइमा गरी ९०० पद कटौती गरिनेछ। यस कटौतीमा स्थायी कर्मचारी र स्रोत परामर्शदाता दुवै पर्नेछन्। कम्पनीले सञ्चालन खर्च पनि थप घटाउनेछ। कम्पनीका अनुसार सन् २०२४ को डिसेम्बरदेखि ग्राहककेन्द्रित सञ्चालन मोडेल लागू गर्ने काम भइरहेको छ। यसअन्तर्गत सञ्चालन प्रक्रिया सरल बनाउने र संगठनात्मक जटिलता घटाउने काम गरिएको छ। कम्पनीले भनेको छ, “यसले ग्राहक सन्तुष्टि बढाउन, वित्तीय कार्यसम्पादन सुधार गर्न, विशेषगरी नगद प्रवाह बढाउन योगदान दिएको छ। साथै, यसले कम्पनीलाई उद्योगका उत्कृष्ट प्रतिभाका लागि थप आकर्षक कार्यस्थल बनाएको छ।” टेलिकम्स डटकमका अनुसार अब कम्पनीले समूहको रणनीति, लक्ष्य निर्धारण, सुशासन र कार्यसम्पादनको अनुगमनमा ध्यान केन्द्रित गर्नेछ। साझा प्रविधि एकाइले भने सुरक्षा र टेलिभिजन सेवाजस्ता क्षेत्रमा आवश्यक स्रोत र विशेषज्ञता कायम राख्नेछ। यी क्षेत्रमा कामको ठूलो परिमाण र साझा स्रोतको उपयोगबाट फाइदा लिन सकिने कम्पनीको भनाइ छ। यस पुनर्संरचनाले सन् २०२६ का लागि कम्पनीले तय गरेको वित्तीय लक्ष्यमा असर नपर्ने अपेक्षा गरिएको छ। ती लक्ष्यमा समान आधारमा सेवा राजस्व र समायोजित ब्याज, कर, मूल्यह्रास तथा परिशोधनअघिको आम्दानी (ईबीआईटीडीए) मा वृद्धि, स्पेक्ट्रम र लिजबाहेकको पुँजीगत खर्च (क्यापेक्स) तथा स्वतन्त्र नगद प्रवाह समावेश छन्। टेलियाले सन् २०२६ को चौथो त्रैमासिकमा पुनर्संरचनाका लागि करिब ६० करोड स्विडिस क्रोनर खर्च लाग्ने अनुमान गरेको छ, जसको प्रभाव नगद प्रवाहमा मुख्यतया सन् २०२७ मा देखिनेछ। टेलियाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत प्याट्रिक होफबाउरले भने, “हामी भविष्यको टेलिया निर्माण गर्दैछौँ। अहिलेसम्मका प्रयासले हामीलाई सही दिशामा अघि बढाएका छन्। थप स्थानीयकरण गर्नु भनेको परिणाम दिने काममा अझ बढी ध्यान केन्द्रित गर्नु हो। प्रस्तावित स्थानीयकरण र पद कटौतीको काम डिसेम्बर ३१ सम्ममा पूरा हुने अपेक्षा गरिएको छ। The post स्विडिस टेलिकम अपरेटर टेलियाले ९०० कर्मचारी कटौती गर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

आफूखुशी शुल्क बढाउने १४ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणले तिरायो जरिवाना, स्वीकृति नलिई लागू गरिएका प्याकेज र शुल्क तत्काल बन्द गर्न निर्देशन
प्रविधिJust now

आफूखुशी शुल्क बढाउने १४ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणले तिरायो जरिवाना, स्वीकृति नलिई लागू गरिएका प्याकेज र शुल्क तत्काल बन्द गर्न निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्रका शर्तविपरीत काम गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै इन्टरनेट (इमेलसहित) सेवा सञ्चालन गर्न अनुमति पाएका सेवा प्रदायकले अनुमतिपत्रका सर्त तथा प्रचलित कानुनअनुसार सेवा सञ्चालन नगरेको निरीक्षण तथा जाँचबुझ प्रतिवेदनका आधारमा जरिवाना गर्ने निर्णय गरिएको जनाएको छ। दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम ती ...

टेक्नोलोजी खबर
नयाँ लाइसेन्स प्रणालीमा प्राविधिक समस्या, यातायात कार्यालयको सेवा अवरुद्ध
प्रविधिJust now

नयाँ लाइसेन्स प्रणालीमा प्राविधिक समस्या, यातायात कार्यालयको सेवा अवरुद्ध

काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र प्रणालीको सर्भरमा प्राविधिक समस्या उत्पन्न भएपछि यातायात व्यवस्था कार्यालयको सेवा प्रवाह अवरुद्ध भएको छ ।यातायात व्यवस्था कार्यालयले आज एक अत्यन्त जरुरी सूचना जारी गर्दै नयाँ सर्भरमा समस्या देखिएकाले सेवा सञ्चालन गर्न नसकिएको जनाएको छ ।कार्यालयका अनुसार सर्भरको समस्या समाधान हुना साथ अवरुद्ध सेवा पुनः सञ्चालन गरिनेछ । सेवा कहिलेदेखि नियमित हुन्छ भन्नेबारे भने सूचनामा ...

आइसिटी समाचार
बाढीले जलविद्युत् आयोजना र वितरण लाइनमा क्षति, पुन:स्थापनामा जुट्यो प्राधिकरण
प्रविधिJust now

बाढीले जलविद्युत् आयोजना र वितरण लाइनमा क्षति, पुन:स्थापनामा जुट्यो प्राधिकरण

काठमाडौं । बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोलामा आएको बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मर्मत तथा पुन:स्थापनाको काम तीव्र बनाएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठका अनुसार बाढीबाट क्षति पुगेको विद्युत् प्रणाली मर्मत गरी धार्चे गाउँपालिकाबाहेकका सबै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुन: सञ्चालनमा ल्याइएको छ ।खोर्लाबेंसीदेखि माथिल्लो क्षेत्रमा सडक ...

आइसिटी समाचार
दूरसञ्चार प्राधिकरणको निर्देशन विपरित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
प्रविधिJust now

दूरसञ्चार प्राधिकरणको निर्देशन विपरित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना

२७ असोज, काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन र स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा बेच्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । प्राधिकरणबाट जारी अनुमतिपत्रका सर्तविपरीत काम गरेको निरीक्षण तथा जाँचबुझका क्रममा पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम ती सेवा प्रदायकलाई जरिवाना गर्ने निर्णय गरिएको प्राधिकरणले मंगलबार […] The post दूरसञ्चार प्राधिकरणको ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play