फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

<p>काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक गरिएको छ । आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘आ बाट आमा २’ को ट्रेलर सोमबार एक विशेष समारोहकाबीच सार्वजनिक गरिएको हो ।<p>सार्वजनिक ट्रेलर तथा प्रचार सामग्रीमा पारिवारिक प्रेम, चाडबाडको रौनकता, सम्बन्धको मिठास र विछोडका भावनात्मक पक्षहरूलाई समेटिएको देख्न सकिन्छ । विजया दशमीको अवसर पारेर ‘आ बाट आमा २’ यहीँ असोज ३० गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउँदैछ ।</p><p>फिल्ममा पल शाह, मलिका महत र बिपना थापाको अलावा रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ ।</p><p>चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको फिल्ममा लेखक रोशन भट्ट र चन्द्र पन्त हुन् भने संवाद लेखन रोशन भट्टले गरेका हुन् ।फिल्मका कार्यकारी निर्माता करण सिंह हुन् । नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ भने फिल्मलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ ।पारिवारिक र सामाजिक विषयवस्तुमा केन्द्रित चलचित्रले दर्शकलाई आमा र सन्तानबीचको गहिरो सम्बन्ध र दशैँको माहोलसँग जोड्ने विश्वास निर्माण पक्षले लिएको छ । </p> </p>
Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

बाढी प्रभावित क्षेत्रमा विद्या भण्डारी
२७ असोज, काठमाडौं । बाढी प्रभावित क्षेत्रको अवलोकलन गर्न नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारी बेत्रावती पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी समेत रहेकी भण्डारीले बाढी प्रभावित क्षेत्र र फलाखू खोलामा बनेको बेलिब्रिजको अवलोकलन गरेकी छन् । १० भदौको बाढीले पुल बगाएको फलाखुमा बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । सडक विभाग र नेपाली सेनाले त्यहाँ बेलिब्रिज सञ्चालन… ...

तमोर नदी किनारमा फसेका अर्जुनको सकुशल उद्धार
धनकुटा नगरपालिका -८ स्थित तमोर नदीको किनारमा ढुंगामाथि फसेका एक व्यक्तिलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय युवाहरूको सहयोगमा सकुशल उद्धार गरिएको छ । ...




