भोटेकोसी बाढीबाट १२ हजारभन्दा बढीले रोजगारी गुमाए, ५६८ व्यावसायिक फर्म तथा कम्पनी प्रत्यक्ष प्रभावित

काठमाडौं । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण १२ हजारभन्दा बढीले रोजगारी गुमाएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। बाढीबाट ५६८ व्यावसायिक फर्म तथा कम्पनी प्रत्यक्ष प्रभावित हुँदा १२ हजार १०० जनाले रोजगारी गुमाएको महासंघको अध्ययनले देखाएको हो। महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘देशको वर्तमान आर्थिक अवस्था र निजी क्षेत्रको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बाढीबाट भएको व्यावसायिक क्षतिसम्बन्धी अध्यक्षको प्रतिवेदन सार्वजनिक गरेको हो। बाढीपछि प्रभावित क्षेत्रको आर्थिक तथा सामाजिक अवस्थाबारे अध्ययन गरेको महासंघले प्राकृतिक विपद्का कारण निजी क्षेत्रका व्यवसाय तथा रोजगारीमा गम्भीर असर परेको निष्कर्ष निकालेको छ। गत १० भदौमा रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीलाई ‘हिमाली सुनामी’का रूपमा उल्लेख गर्दै महासंघले यसबाट भएको व्यावसायिक क्षतिको विवरण प्रतिवेदनमार्फत सार्वजनिक गरेको हो। महासंघको अध्ययनले बाढी प्रभावित क्षेत्रको आर्थिक गतिविधि पुनः सञ्चालन गर्न तथा रोजगारीका अवसर पुनःस्थापित गर्न आवश्यक पहल गर्नुपर्ने देखाएको छ। The post भोटेकोसी बाढीबाट १२ हजारभन्दा बढीले रोजगारी गुमाए, ५६८ व्यावसायिक फर्म तथा कम्पनी प्रत्यक्ष प्रभावित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले वार्षिक बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशमा तीन दिने अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सरकारद्वारा सञ्चालित शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन... ...

चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ
चितवन । जिल्ला प्रहरी कार्यालयले जिल्लाका मुख्य सडक, बसपार्क तथा भित्री क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । लागूऔषध, विस्फोटक पदार्थ तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्ने र चाडपर्वका समयमा... ...

लास्कविरुद्ध बारकोलाको उत्कृष्ट ह्याट्रिक, लिभरपुल तालिकाको दोस्रो स्थानमा
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार सम्पन्न रोमाञ्चक तथा उच्च गोलको प्रतिस्पर्धामा इंग्लिस क्लब लिभरपुलले अस्ट्रियन क्लब लास्कलाई ६-३ गोल अन्तरले पराजित गरेको छ । ब्राड्ली बारकोलाको उत्कृष्ट ह्याट्रिकको सहयोगमा... ...

दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
रुपन्देही । भीम अस्पताल भैरहवाले दसैँ बिदाको समयमा पनि बहिरङ्ग सेवा (ओपिडी) बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने जनाएको छ । अस्पतालले सूचना जारी गर्दै यही असोज ३१ देखि आगामी... ...


