भोटेकोशी बाढीपीडितका लागि रेडक्रसले बनाउने भयो दुई हजार घर

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि दुई हजार आवास निर्माण गर्ने भएको छ। रेडक्रसले एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने गरी सहमति गरेको हो। नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीका अनुसार आवास निर्माणका लागि बिहीबार पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको भवन विभाग र रेडक्रसबीच सम्झौता भएको छ। सम्झौताअनुसार बाढीबाट घर गुमाएका परिवारलाई अस्थायी आवास, स्थायी घर निर्माण र भाडा सहायतामार्फत राहत उपलब्ध गराइनेछ। घर पूर्ण रूपमा बगाएका करिब पाँच हजार लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराउने सहमति पनि भएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार दशैँलगत्तै आवास निर्माण तथा सहायता कार्यक्रमको कार्ययोजना तयार गरिनेछ। सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्थायी आवास र स्थायी घर निर्माणको काम अघि बढाइनेछ। ‘रसुवा र भोटेकोशी बाढीबाट प्रभावित लाभग्राहीलाई लक्षित गरी एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने सम्झौता गरेका छौँ,’ अध्यक्ष भण्डारीले भन्नुभयो, ‘घर बगाएका करिब पाँच हजार लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराउने सहमति पनि भएको छ। यो सहमति तत्काल कार्यान्वयनमा जानेछ।’ सम्झौताअनुसार आवास निर्माणको नेतृत्व भवन विभागले गर्नेछ भने नेपाल रेडक्रस सोसाइटीले निर्माण कार्य अघि बढाउनेछ। आवश्यक जग्गा उपलब्ध भएपछि कार्यक्रम कार्यान्वयन प्रक्रिया सुरु गरिने अध्यक्ष भण्डारीले बताउनुभयो। भवन विभाग र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबीच भएको सम्झौताले बाढीबाट घरबार गुमाएका परिवारलाई सुरक्षित बसोवासको व्यवस्था गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्थित पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ। यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले गाउँ जोड्ने सडक र पदमार्ग क्षतिग्रस्त बनाएको छ... ...
नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी
नारायणगढ । चितवनको भरतपुर महानगरपालिका-१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा खुट्टा धुने क्रममा बुधबार डुबेका तीन जनामध्ये बेपत्ता दुई जनाको आज पनि खोजी जारी छ । नदीमा डेबेका एक बालिकाको... ...

रकम ठगी गर्ने एक जना बिचौलिया पक्राउ
पर्सा। प्रहरीले रकम ठगी गर्ने एक जना बिचौलियालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज भन्सार कार्यालयहरूबाट लिलाम बिक्री हुने सवारीसाधन तथा घरायसी प्रयोजनका सरसामान कम मूल्यमा उपलब्ध गराइदिने... ...

जडीबुटीको भरमा उपल्लो डोल्पाको जीविका, संरक्षण र बजारीकरणमा चुनौती
• उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा जडीबुटी संकलन स्थानीयवासीहरूको आम्दानीको प्रमुख स्रोत बनेको छ, जसले खाद्यान्न, शिक्षा र घरायसी खर्चमा सहयोग पुर्याउँछ। • जडीबुटी संकलनमा कठिनाइ र चुनौतीहरू छन्, जस्तै भौगोलिक विकटता, प्रतिकूल मौसम र उचित मूल्यको अभाव, जसले संकलकहरूको लाभमा असर पार्छ। • जडीबुटीको संरक्षण र व्यवस्थापनमा ध्यान नदिए भविष्यमा जीविकोपार्जनमा समस्या आउन सक्ने भएकाले स्थानीयस्तरमा स्पष्ट नियम र ...


