Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/हवाई हमला भएपछि साउदी विमानस्थलको अवस्था

हवाई हमला भएपछि साउदी विमानस्थलको अवस्था

Share:WhatsAppFacebookX (Twitter)Telegram
हवाई हमला भएपछि साउदी विमानस्थलको अवस्था

साउदी अरबको रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई हमलाहरूमा परी कैयौँ मानिसहरूको मृत्यु भएको साउदी अधिकारीहरूले बताएका छन्।साउदी सेनाका प्रवक्ताका अनुसार आइतवार उक्त विमानस्थलमा फेरि क्षेप्यास्त्र हमला हुँदा एक जनाको मृत्यु भयो भने ११ जना घाइते भए।सो हमलामा यात्रुहरू बस्ने एउटा हलमा आगलागी पनि भयो। मृत्यु हुने व्यक्ति पाकिस्तानी नागरिक भएको बताइएको छ।अघिल्लो दिन सोही विमानस्थलमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको थियो अनि ३०० जनाभन्दा बढी मानिस घाइते भएका थिए।यमनको हूथी विद्रोही समूहले ती आक्रमणहरू आफूले गरेको दाबी गरेको छ। उक्त समूहले यात्रुहरूलाई साउदी विमानस्थल र हवाईमार्ग प्रयोग नगर्न चेतावनी दिएको छ।हूथी समूहले साउदी अरबलाई लक्ष्य गरी बलिस्टिक र क्रूज क्षेप्यास्त्रहरू तथा ड्रोनहरू प्रहार गरेको जनाएको छ।यो भिडिओ शनिवार हवाई हमला भएपछि विमानस्थलमा खिचिएको हो। साउदी अरबको विमानस्थलमा गरिएको हमलामा विदेशी नागरिकसहित कम्तीमा १२ जनाको मृत्यु, सयौँ घाइते साउदीको राजधानीमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुथी विद्रोहीको दाबी ड्रोन हमलापछि साउदी अरेबियाले गर्‍यो मुख्य तेल पाइपलाइन बन्द बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
ताजा खबरJust now

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

मुस्ताङ। हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो। सडक अवरुद्ध भएपछि यहाँ उत्पादित स्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ। उक्त सडक सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो ...

नेपालन्युज
तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
ताजा खबरJust now

तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

तनहुँ। तनहुँको भिमाद नगरपालिका-०५ शीतलमार्गस्थित भित्री सडक-खण्डमा मोटरसाइकलको ठक्करबाट एक तीन वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका अन्दाजी तीन वर्षीय स्वरूप गैरे रहेका छन्। मंगलबार बिहान करिब ८:५० बजे... ...

रातोपाटी
इजरायलका लागि प्रस्तावित राजदुत कर्णको कार्ययोजना : कुटनीतिक भ्रमण र श्रमिकको हित प्राथमिकतामा
ताजा खबरJust now

इजरायलका लागि प्रस्तावित राजदुत कर्णको कार्ययोजना : कुटनीतिक भ्रमण र श्रमिकको हित प्राथमिकतामा

काठमाडौं । इजरायलका लागि प्रस्तावित नेपाली राजदुत सुरेशकुमार कर्णले इजरायलसँगको द्विपक्षीय सम्बन्धलाई थप गतिशील बनाउँदै त्यहाँ कार्यरत नेपाली श्रमिकको हित रक्षाका लागि ठोस कार्ययोजना अघि सार्नुभएको छ । मंगलवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उहाँले कुटनीतिक भ्रमण, श्रम लागत न्युनिकरण र प्रविधिमा आधारित सेवा प्रवाहलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राख्नुभएको हो । प्रस्तावित राजदुत कर्णले सन् १९६० मा ...

हिमालय टाइम्स
एआई प्रयोग गरेर काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरियो : रास्वपा सांसद सुनार
ताजा खबरJust now

एआई प्रयोग गरेर काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरियो : रास्वपा सांसद सुनार

रास्वपा सांसद खगेन्द्र सुनार भन्छन् : हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ । आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन् । एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play