Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विदेशबाट पैसा पठाउन अब थप सहज, इसेवा मनी ट्रान्सफर र भिसाबीच रणनीतिक साझेदारी

विदेशबाट पैसा पठाउन अब थप सहज, इसेवा मनी ट्रान्सफर र भिसाबीच रणनीतिक साझेदारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
विदेशबाट पैसा पठाउन अब थप सहज, इसेवा मनी ट्रान्सफर र भिसाबीच रणनीतिक साझेदारी

काठमाडौं । इसेवा मनी ट्रान्सफर (ईएमटी) र विश्वव्यापी डिजिटल भुक्तानी सेवा प्रदायक भिसाबीच अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवालाई थप सहज र पहुँचयोग्य बनाउने उद्देश्यले रणनीतिक साझेदारी भएको छ। साझेदारीअन्तर्गत भिसाको विश्वव्यापी रकम स्थानान्तरण प्लेटफर्म ‘भिसा डाइरेक्ट’लाई इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स प्रणालीसँग एकीकृत गरिनेछ। यसबाट भिसा डाइरेक्टमा आबद्ध अन्तर्राष्ट्रिय साझेदारमार्फत विदेशबाट नेपालमा रकम पठाउन सहज हुने कम्पनीले जनाएको छ। यो सहकार्यले विदेशमा बसोबास तथा रोजगारी गरिरहेका नेपालीलाई स्वदेशमा रहेका परिवारका सदस्यसम्म रकम पठाउन थप सुविधाजनक माध्यम उपलब्ध गराउने अपेक्षा गरिएको छ। यसमार्फत सेवा उपलब्ध भएका बैंक खातामा तथा इसेवा वालेटमा रकम प्राप्त गर्न सकिनेछ। यद्यपि, रकम प्राप्त गर्ने माध्यम सम्बन्धित साझेदार, कारोबारको मार्ग र उपलब्ध सेवामा निर्भर हुनेछ। अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई नेपालको रेमिट्यान्स वितरण सञ्जालसँग जोड्ने यो सहकार्यले विदेशबाट पठाइएको रकम प्राप्त गर्ने प्रक्रियालाई थप सहज र लचिलो बनाउने लक्ष्य राखेको छ। इसेवा मनी ट्रान्सफरले आफ्नो आन्तरिक सञ्जाल प्रयोग गरी आबद्ध बैंक खाता तथा इसेवा वालेटमार्फत रेमिट्यान्स भुक्तानीको व्यवस्था मिलाउनेछ। साझेदारीबारे प्रतिक्रिया दिँदै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजेश कोइरालाले विदेशमा रहेका नेपालीका लागि रेमिट्यान्स सेवालाई सरल, छिटो र सहज पहुँचयोग्य बनाउनु कम्पनीको प्रमुख उद्देश्य रहेको बताउनुभयो। उहाँले भिसासँगको सहकार्यलाई अन्तर्राष्ट्रिय भुक्तानी सञ्जाल विस्तार गर्ने दिशामा महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्नुभयो। भिसाको विश्वव्यापी भुक्तानी क्षमतालाई इसेवा मनी ट्रान्सफरको विस्तृत रकम भुक्तानी सञ्जालसँग जोडेर विदेशमा रहेका नेपाली तथा नेपालमा रहेका उनीहरूका परिवारका लागि रकम पठाउने र प्राप्त गर्ने प्रक्रिया थप सहज बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ। भिसा डाइरेक्टको एकीकरणले डिजिटल रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउनुका साथै सीमापार रकम स्थानान्तरणलाई सहज र सुविधाजनक बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। कम्पनीका अनुसार भिसा डाइरेक्टमा आबद्ध साझेदारमार्फत नेपालमा रेमिट्यान्स पठाउने सेवा सञ्चालनमा आइसकेको छ। सेवा उपलब्धता, समर्थित रकम प्राप्त गर्ने माध्यम तथा सम्बन्धित कारोबारका सर्तहरू भने लागू हुनेछन्। नेपाल राष्ट्र बैंकबाट सन् २०१९ मा इजाजतपत्र प्राप्त इसेवा मनी ट्रान्सफर एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो। कम्पनीले अन्तर्राष्ट्रिय साझेदारहरूको सञ्जालमार्फत डिजिटल रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ। कम्पनीले नेपालभरका बैंक खाता, इसेवा वालेट तथा नगद भुक्तानी केन्द्रमार्फत रकम प्राप्त गर्न सकिने व्यवस्था उपलब्ध गराउँदै आएको छ। भिसा विश्वव्यापी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो। यसले २०० भन्दा बढी देश तथा क्षेत्रमा उपभोक्ता, व्यापारी, वित्तीय संस्था, व्यवसाय र सरकारबीच डिजिटल कारोबारलाई सहजीकरण गर्दै आएको छ। कम्पनीको ‘भिसा डाइरेक्ट’ प्लेटफर्मले योग्य कारोबारका लागि आबद्ध कार्ड, बैंक खाता तथा डिजिटल वालेटमा आन्तरिक र अन्तर्राष्ट्रिय रकम स्थानान्तरण गर्न सहयोग पुर्‍याउँछ। यसले व्यवसाय तथा वित्तीय संस्थालाई ग्राहकका लागि सहज र सुविधाजनक भुक्तानी सेवा उपलब्ध गराउन मद्दत गर्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दसैँअगाडि नै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति : ऊर्जामन्त्री श्रेष्ठ
ताजा खबरJust now

दसैँअगाडि नै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दसैँअगाडि नै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने बताएका छन् । मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा उनले निजी क्षेत्रलाई विद्युत् व्यापारमा प्रवेश गराउन आवश्यक... ...

रातोपाटी
बल्खुमा यात्रुलाई जबरजस्ती तान्ने र चालकलाई धम्क्याएर रकम असुल्ने ३ जना पक्राउ
ताजा खबरJust now

बल्खुमा यात्रुलाई जबरजस्ती तान्ने र चालकलाई धम्क्याएर रकम असुल्ने ३ जना पक्राउ

काठमाडौँ । काठमाडौँको बल्खुमा उपत्यका बाहिर जाने यात्रुहरूलाई दुःख दिने र चालकहरूसँग जबरजस्ती रकम माग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले उपत्यका बाहिर जाने लागेका यात्रुहरूलाई गाडीको सिट... ...

रातोपाटी
घरेलु हिंसा र ठगीको आरोप अस्वीकार गर्दै सुनारले भने, ‘१३ वर्ष पुरानो व्यक्तिगत विवाद उचालेर चरित्रहत्या गर्न खोजियो’
ताजा खबरJust now

घरेलु हिंसा र ठगीको आरोप अस्वीकार गर्दै सुनारले भने, ‘१३ वर्ष पुरानो व्यक्तिगत विवाद उचालेर चरित्रहत्या गर्न खोजियो’

काठमाडौँ । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि लगाइएका घरेलु हिंसा, आर्थिक लेनदेन तथा कूटनीतिक मर्यादाविपरीतका आरोपहरूको खण्डन गरेका छन्। संघीय संसदको संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकमा... ...

रातोपाटी
सांसदकाे प्रश्नमा  गिरीबहादुरको जबाफ– उनकै प्रस्तावमा बच्चा जन्मिएकाे हाे
ताजा खबरJust now

सांसदकाे प्रश्नमा गिरीबहादुरको जबाफ– उनकै प्रस्तावमा बच्चा जन्मिएकाे हाे

काठमाडौँ। साउदी अरबका लागि प्रस्तावित राजदूत गिरि बहादुर सुनारले आफू डिभोर्सी भएको दाबी गर्दै पीडित भनिएकी महिलाकै प्रस्तावमा बच्चा जन्मिएको बताएका छन्। बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा समिति सदस्यहरूले उनीमाथि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play