क्यानडासँग पराजित हुँदै सातौं स्थानमा झर्यो नेपाल, अब ओमानसँगको खेल निर्णायक

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार ओमानमा सम्पन्न खेलमा नेपाली टोली क्यानडासँग २४ रनले पराजित भएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ५६ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोली भने ४६ ओभरमा २३२ रन बनाएर अलआउट हुन पुग्यो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ८७ रनको योगदान गरे । यसैगरी, दीपेन्द्रसिंह ऐरीले २७, इसान पाण्डे र गुल्शन झाले समान २१, आसिफ शेखले २० र रोहित पौडेलले १८ रन बनाए । नेपालले अतिरिक्त रूपमा १४ रन पायो । हारसँगै नेपाली टोलीले जारी सिजनको लिग–२ प्रतियोगिता अंक तालिकाको छैटौं स्थानमा रहेर टुंग्याउन अर्को खेलको प्रतिक्षा गर्नुपर्ने भएको छ । आफ्नो अन्तिम खेलमा नेपाललाई हराएसँगै क्यानडा २९ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ । ३५ खेलबाट २८ अंक जोडेको नेपाल भने तालिकाको सातौं स्थानमा झरेको छ । नेपालले आफ्नो अन्तिम खेल सोमबार आयोजक ओमानसँग खेल्नेछ । उक्त खेलमा विजयी भए नेपाल ३० अंकसहित तालिकाको छैटौं स्थानमा उक्लनेछ । त्यसपछि नेपालले जारी लिग–२ प्रतियोगिता पनि छैटौं स्थानमै रहेर टुंग्याउने छ । तर, ओमानसँग पराजित भए नेपालको छैटौं बन्ने सपना समाप्त हुनेछ । शनिबार क्यानडाका लागि ओपनर ब्याट्सम्यान युवराज सामराले एक सय पाँच रन बनाएका थिए । उनले एक सय १७ बलको सामना गरी चार छक्का र ११ चौका हिर्काए । अर्का ओपनर आरोन जोन्सनले पनि ३६ रन जोडे । ओपनिङ विकेटका लागि सामरा र जोन्सनले ७२ रनको साझेदारी गरे । क्यानडासँग नेपाल पराजित क्यानडाका लागि चौथो नम्बरका ब्याट्सम्यान हर्ष थाकेरले पनि ३४ रन बनाए । सामरा र थाकेरले पनि ८८ रनको साझेदारी गरे । कप्तान हमजा तारिकले पनि ३० रन जोडे । नेपाली टोलीका लागि ललित राजवंशी एक्लैले चार विकेट लिए । उनले १० ओभरमा दुई मेडन राख्दै ३९ रन खर्चिए । कप्तानसमेत रहेका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिए । सन्दीपले ४८औँ ओभरमा लगातार दुई बलमा दुई विकेट लिएका थिए । दीपेन्द्रसिंह ऐरीले दुई विकेट हात पारे । रोहित पौडेलले पनि एक विकेट लिए । The post क्यानडासँग पराजित हुँदै सातौं स्थानमा झर्यो नेपाल, अब ओमानसँगको खेल निर्णायक appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

दसैँमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बडादसैँका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दसैँका समयमा औद्योगिक तथा व्यावसायिक गतिविधि कम हुने भए पनि घरपरिवार, धार्मिक स्थल, बजार तथा सार्वजनिक क्षेत्रमा विद्युत् खपतको प्रकृति फरक हुने भएकाले विद्युत् प्रणालीको सुरक्षित र भरपर्दो सञ्चालनलाई प्राधिकरणले प्राथमिकतामा राखेको छ । प्राधिकरणका ...

मुक्त कमैया बस्तीमा छैन दसैँको उत्साह
सन्तोष दहितदाङ, असोज ३१ गते । देशभर दसैँको रौनक छाएको छ । रोजगारीको सिलसिलामा गाउँबाट सहर, जिल्ला बाहिर र विदेश पुगेका नेपाली घर फर्किन थालेका छन् । गाउँघरमा दसैँको चहलपहल बढेको छ... ...

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक
बागलुङ । बाढीपहिरोले क्षति पुर्याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएपछि दसैँ मनाउन घर फर्किने यात्रुलाई सहज भएको छ । यही असोज ९... ...

इरफान पठान पोखराको क्रिकेट एम्बासडर
पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणलाई भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इरफान पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरेको छ । ...


