सांसद खगेन्द्र सुनारले भने : ‘आरोपमाथिको छानबिनमा सघाउन तयार छु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र राज्यले गर्ने छानबिनमा सहयोग गर्ने बताउनुभएको छ । एक महिलालाई अश्लील गालीगलौज गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । सुनारले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै आफूमाथि उठेका प्रश्नको जवाफ दिन तयार रहेको बताउनुभयो । उहाँले आवश्यक परे पार्टीको केन्द्रीय समितिबाट निलम्बित हुन र सांसद पदबाट समेत निलम्बनको सामना गर्न आफू तयार रहेको उल्लेख गर्नुभयो । “म जनताको बीचमा उठेका प्रत्येक प्रश्नको जवाफ दिन तयार छु । म जनताको कठघरामा सार्वजनिक ठाउँमा जतिबेला पनि उभिन तयार छु,” उहाँले भन्नुभएको छ, “राज्यले गरेको, पार्टीले गरेको सबै खालका छानबिनमा म सघाउन तयार छु ।” उहाँले आफूले कानुनविपरीत कुनै अपराध गरेको प्रमाणित भए कानुनी प्रक्रिया सामना गर्न तयार रहेको पनि बताउनुभयो । प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण आफूलाई निरन्तर निशाना बनाइएको उहाँको आरोप छ । पार्टीको कामका सिलसिलामा दाङमा रहनुभएका सुनारले आफूले अपराध गरेको प्रमाणित भए त्यहीँबाट हतकडी लगाएर जानसमेत आपत्ति नहुने बताउनुभयो । यद्यपि, सार्वजनिक भएको अडियो भने बनावटी भएको उहाँको दाबी छ । यसअघि सोमबार जनआस्थाले सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको भनिएको अडियोसहितको समाचार प्रकाशित गरेको थियो । उक्त सामग्री सार्वजनिक भएपछि रास्वपाका महामन्त्री विपिन आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै सुनारलाई सार्वजनिक पदमा रहेर औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको र छानबिन प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको थियो । बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुनारमाथि लागेका आरोपबारे छानबिन अघि बढिरहेका बेला उहाँले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News
![दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]](https://hamrakura.com/uploads/news/images/badri-roy.jpg)
दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]
सीजी ब्रान्डले घरायसी प्रयोजनका सामग्रीहरू किन्दा भारी मात्रामा उपहार लिएर बजारमा आएको जनाएको छ । ...

दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास
• जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवमाथि अनियमितताको आरोप र उनकी बहिनीको स्वास्थ्य बीमा विवरण फेला परेको छ। • यादवले बहिनीलाई एटेंडेंट भिसामा ल्याउन चाहेका थिए, तर दूतावासले भिसा नदिएपछि विद्यार्थी भिसामा ल्याएको बताइएको छ। • यादवले ४२ दिनको हाजिरी गरेको विषयमा छानबिन र कारबाहीको मागसहित उजुरी परेको छ, र पत्रकारलाई धम्की दिएको आरोप पनि छ। ...

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने
• सरकारले पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ, जसमा नेपाल सरकारको ४० प्रतिशत शेयर स्वामित्व रहनेछ। • प्रस्तावित कानूनी व्यवस्थाबाट पूर्वाधार क्षेत्रमा लगानी बढ्ने, स्थानीय तहको वित्तीय पहुँच सुदृढ हुने र सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। • विधेयक पारित भएमा नगर विकास कोष ऐन, २०५३ खारेज हुनेछ र सम्पूर्ण सम्पत्ति, दायित्व ...



