सिद्धार्थ बैंकको मोबाइल एपमा ‘एनपीएल क्रिकेट च्यालेन्ज’, रन र विकेटबाट लोयल्टी पोइन्ट पाइने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ। यसमार्फत ग्राहक तथा क्रिकेटप्रेमीले मोबाइलमै क्रिकेट गेम खेलेर सिद्धार्थ लोयल्टी पोइन्ट आर्जन गर्न सक्नेछन्। बैंकले एनपीएलसँगको सहकार्यलाई डिजिटल बैंकिङसँग जोड्दै ग्राहकलाई मनोरञ्जनसँगै पुरस्कार प्राप्त गर्ने अवसर प्रदान गर्न यो गेम सुरु गरेको जनाएको छ। मोबाइल बैंकिङ एपको लगइन स्क्रिनमा उपलब्ध गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन्। गेम खेल्दा एनपीएलका आठ टोलीमध्ये आफूलाई मनपर्ने टोली छनोट गरी ब्याटिङ तथा बलिङ गर्न सकिनेछ। गेममा ब्याटिङ गर्दा बनाएको प्रत्येक रनबापत एक सिद्धार्थ लोयल्टी पोइन्ट र बलिङ गर्दा लिएको प्रत्येक विकेटबापत ६ पोइन्ट प्राप्त हुनेछ। सिद्धार्थ बैंकमा बचत खाता भएका ग्राहकले गेम खेलेर आर्जन गरेका पोइन्ट ‘सिद्धार्थ रिवार्ड्स’ प्लेटफर्ममार्फत रिडिम गर्न सक्नेछन्। बैंकमा खाता नभएका प्रयोगकर्ताले पनि गेम खेल्न र पोइन्ट संकलन गर्न पाउनेछन्। तर, संकलित पोइन्ट रिडिम गर्न भने सिद्धार्थ बैंकमा बचत खाता खोली मोबाइल बैंकिङ सेवा लिनुपर्नेछ। बैंकका अनुसार यस पहलको उद्देश्य क्रिकेटको लोकप्रियतालाई डिजिटल बैंकिङसँग जोड्दै ग्राहकको सहभागिता बढाउनु र बैंकिङ अनुभवलाई थप रोचक बनाउनु हो। यससम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दिल्ली प्रहरीले ककरोच पार्टीका संस्थापक अभिजित दीपकेलाई बनायो ‘बेपत्ता’
भारतको ककरोच जनता पार्टी (सीजेपी) ले आफ्ना संस्थापक नेता अभिजित दीपकेलाई दिल्ली प्रहरीले अज्ञात स्थानमा लगेको दाबी गरेको छ। सीजेपीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘दिल्ली प्रहरीले अभिजित दीपकेलाई अज्ञात स्थानमा लगेको छ। उनीसँग हाम्रो सम्पर्क टुटेको छ। उनलाई आफ्ना वकिलहरूसँग कुरा गर्न अहिलेसम्म अनुमति दिइएको छैन। यो सरकारले युवा... ...

जाडोयाममा युक्रेनका लाखौँ नागरिक फेरि विस्थापित हुने जोखिममा
काठमाडाैँ । रुसको आक्रमणपछि घर फर्किएका लाखौँ युक्रेनी नागरिक आगामी जाडोयाममा पुनः विस्थापित हुन सक्ने जोखिममा रहेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार... ...

१० बजे १० समाचार : राष्ट्रपतिले जारी गरे अध्यादेश, प्रचण्ड–माधव हेरेको हेर्यै
काठमाडौँ। आज मिति २०८३ साल असोज महिनाको ३० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- मन्त्रिपरिषद्का... ...

एनपीएलमा ‘डीआरएस आउँदै’
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले तेस्रो सिजनको एनपीएलमा ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) लागु गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाए । ...


