डीडीसीको घिउ र याक चिज अब दुबईमा

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) को एक हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुगेको छ । दशैँ र तिहारलाई लक्षित गरी नेपाली दुग्धजन्य उत्पादन दुबई पठाइएको जनाइएको छ । यसअघि पठाइएको एक हजार ५०० किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि थप उत्पादन पठाइएको रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए । उनका अनुसार दुबईमा मातृभूमि जनरल ट्रेडिङ एलएलसीमार्फत सोनापुर, मुराक्काबात र सालाह अल दिन मेट्रो स्टेसनस्थित तीन स्थानबाट नेपाली उत्पादन बिक्री हुँदै आएको छ । डीडीसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेले बजारको माग र प्रतिक्रियाका आधारमा निर्यात विस्तार गर्ने योजना रहेको बताए । विदेशी बजारलाई लक्षित गरी घिउको प्याकेजिङमा नेपाली, अङ्ग्रेजी र अरबी भाषा प्रयोग गरिएको छ । The post डीडीसीको घिउ र याक चिज अब दुबईमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

न्युजिल्यान्ड भ्रमणका लागि भारतीय टोली घोषणा
काठमाडौं । भारतीय पुरुष क्रिकेट टोलीको छनोट समितिले बिहीबार न्युजिल्यान्ड भ्रमणका लागि एकदिवसीय र टेस्ट टोली घोषणा गरेको छ । न्युजिल्यान्डविरुद्ध भारतले पाँच एकदिवसीय र दुई टेस्ट खेल्नेछ । पाँच खेलको... ...

कान्तिपुर एक्सप्लेनर: राष्ट्रसंघको मानवअधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित भयो, यो किन महत्त्वपूर्ण ?
नेपालले सन् २०२७–२०२९ कार्यकालका लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा १८० मध्ये १७३ मत प्राप्त गरेको छ । यसलाई नेपालको कूटनीतिक र मानवअधिकार क्षेत्रको उपलब्धि कति मान्न सकिन्छ ? ...

दिल्ली प्रहरीद्वारा नेहा बोरासहितका प्रदर्शनकारी पक्राउ
नयाँ दिल्ली । दिल्ली प्रहरीले अल इन्डिया स्टुडेन्ट्स एसोसिएशन (आइसा) की प्रमुख नेहा बोरालाई पक्राउ गरेको छ। उनलाई बिहीबार दिल्लीको मण्डी हाउस क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। हिरासतमा लिइनुअघि नेहा बोरा र... ...

आज दिनभरका प्रमुख २० समाचार: एनपीएललाई औपचारिक मान्यतादेखि मधेस सरकारबाट एमालेको समर्थन फिर्तासम्म
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- नेपाल प्रिमियर लिग (एनपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को औपचारिक मान्यता दिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको तेस्रो संस्करणलाई आइसीसीले औपचारिक मान्यता दिएको जानकारी दिएको हो । आइसीसीले मान्यता ...


