Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/काठमाडौँका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दसैँअघि सकिने

काठमाडौँका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दसैँअघि सकिने

10/13/2026, 2:25:50 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौँका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दसैँअघि सकिने

काठमाडाैँ । काठमाडौँका सडकमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र सडक आवागमनलाई सुरक्षित बनाउने उद्देश्यले सडक डिभिजन काठमाडौंले रोड मार्किङ तथा ट्राफिक संकेत निर्माणको काम तीव्र पारेको छ । दिउँसो सवारीसाधनको चाप बढी हुने भएकाले सडकमा थर्मोप्लास्टिक पेन्टिङसहितका सडक चिह्न निर्माणको काम रातिको समयमा भइरहेको हो । सडक डिभिजन काठमाडौँकी इन्जिनियर श्रीयंका रौनियारकाअनुसार सडक डिभिजन काठमाडौंअन्तर्गतका सडकमा राति ९ बजेदेखि बिहान ५–६ बजेसम्म रोड मार्किङको काम भइरहेको छ । कामका लागि राति ८ बजेदेखि नै आवश्यक तयारी शुरु गरिने गरिएको छ र हाल सिंहदरबार आसपासका क्षेत्रमा सडक चिह्न निर्माण भइरहेको जानकारी दिइन् । उनकाअनुसार कालिमाटी क्षेत्रमा पनि जेब्रा क्रसिङ बनाउने काम जारी छ । साथै, करिब ६ किलोमिटर सडकमा एज लाइन बनाउने काम पनि हाल सम्पन्न भइसकेको छ । सडकको प्रकृति र सुरक्षालाई ध्यानमा राख्दै एज लाइनमा पहेँलो रङ तथा सेन्टर लाइन र जेब्रा क्रसिङमा सेतो रङको थर्मोप्लास्टिक पेन्ट प्रयोग भइरहेको उनले जानकारी दिइन् । स्पष्ट सडक चिह्नले चालकलाई लेन पहिचान गर्न तथा पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्न सहयोग पुग्ने रौनियारले बताइन् । उनकाअनुसार सडक डिभिजन काठमाडौंले मुख्य सडकमा दसैँअघि नै रोड मार्किङको काम सक्ने र त्यसपछि अन्य सडकमा समेत कामलाई निरन्तरता दिने लक्ष्य राखेको छ । काठमाडौँका सडकमा ट्राफिक संकेत, सडक मार्किङ तथा अन्य सडक सुरक्षा पूर्वाधार निर्माणका लागि सडक डिभिजन काठमाडौँले के.ए.एम.÷रुवी÷अयान जेभीसँग ठेक्का सम्झौता गरिसकिएको छ । सम्झौताअनुसार उक्त आयोजनाका लागि भ्याटसहित ७ करोड १५ लाख ५३ हजार २८३ रुपैयाँको बोलपत्र स्वीकृत भएको छ । सम्झौताअनुसार २०८३ असार २६ गतेदेखि शुरु भएको आयोजनाको काम २०८३ चैत २५ गतेसम्म सम्पन्न गर्नुपर्नेछ । सडकमा आवश्यक ट्राफिक संकेत, लेन चिह्न, जेब्रा क्रसिङ तथा अन्य सडक सुरक्षा संरचना निर्माण भएपछि सवारीसाधन र पैदलयात्रीको आवागमन थप व्यवस्थित हुने रौनियारले बताइन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

प्रतिनिधिसभामा मधेसी दलितको प्रतिनिधित्वबारे रास्वपासँग जेनजीको प्रश्न
ताजा खबरJust now

प्रतिनिधिसभामा मधेसी दलितको प्रतिनिधित्वबारे रास्वपासँग जेनजीको प्रश्न

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको प्रतिनिधित्व नभएको विषय उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग प्रश्न गरेका छन् । उनले संविधानमा समानता र समावेशिताको... ...

रातोपाटी
युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा
ताजा खबरJust now

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

खार्तुम । अफ्रिकी देश सुडानमा जारी युद्ध र एल निनोका कारण उत्पन्न खडेरीले भोकमरीको जोखिम बढाएको छ । खाद्य सुरक्षा तथा सङ्कटको अनुगमन गर्ने अन्तर्राष्ट्रिय निकायले देशका डार्फर र कोर्दोफान क्षेत्रमा... ...

रातोपाटी
परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट
ताजा खबरJust now

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

काठमाडौँ, असोज २७ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा अनिल सुकलालले भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबी... ...

गोरखापत्र
इमरान खानको पार्टी खारेजविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा पीटीआई
ताजा खबरJust now

इमरान खानको पार्टी खारेजविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा पीटीआई

पाकिस्तान– जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले आफूले शासन गर्दै आएको खैबर पख्तुनख्वा प्रान्तको सत्ता संघीय सरकारले आफ्नो नियन्त्रणमा लिएको निर्णयलाई अदालतमा चुनौती दिने तयारी गरेको छ । पीटीआईका केन्द्रीय सूचना सचिव शेख वकास अक्रमले अलजजिरासँग कुरा गर्दै आइतबार लागू गरिएको संकटकालीन व्यवस्था र गभर्नर शासनविरुद्ध मंगलबार अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको बताएका छन् । उनका अनुसार ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play