नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो (फोटो फिचर)

काठमाडाैँ । शरदको नीलो आकाश, छत–छतबाट गुञ्जिने ‘चङ्गा चेट’ को आवाज र बजारको चहलपहल । हातैले बाँस र काठबाट बनाइएका लट्टाईदेखि मोटरले बेर्ने माँझासम्म । काठमाडौँ उपत्यकाको मौलिक दसैँ चङ्गा संस्कृतिको जीवन्त इतिहास हो । यतिबेला शरद ऋतुको आगमनसँगै काठमाडौंको आकाश नीलो र कञ्चन बनेको छ । बिहान–बेलुकी चिसो सिरेटो चले पनि दिउँसोको पारिलो घाम र मन्द बतासले उपत्यकावासीलाई आफ्नै घरको छततिर तानिरहेको छ । दसैँ शुरु भएसँगै उपत्यकाका आकाशमा रङ्गीबिरङ्गी चङ्गाहरूको नृत्य शुरु भएको छ भने तल शहरका प्राचीन गल्लीहरूमा चङ्गा, लट्टाई र माँझा किन्नेहरूको उल्लेख्य भीड लागेको छ । असन, इन्द्रचोक, भेडासिं, नयाँ बजार, पाटन तथा ठमेल आसपासका गल्लीहरूमा अहिले चङ्गा व्यापार उत्कर्षमा पुगेको छ । सडकपेटीमा लहरै झुन्ड्याइएका बाँसका अग्ला लट्टाई, टेबुलमा कलात्मक ढङ्गले सजाइएका काठका रङ्गीचङ्गी चक्रहरू र थरीथरीका रिलहरूले गल्लीहरूलाई नै उत्सवमय बनाएका छन् । यी केवल काठ र बाँसका लट्टाई होइनन्, पुस्तान्तरणको आत्मीय सम्झना हुन् । मोबाइल स्क्रिनमा हराइरहेको नयाँ पुस्तालाई खुला आकाशतर्फ डो¥याउने यो दशैँको सबैभन्दा जीवन्त उत्सव हो । परम्परा र आधुनिकताः मेसिनको रफ्तारमा माँझा पहिले–पहिले हातले घण्टौँ लगाएर लट्टाईमा धागो बेर्ने गरिन्थ्यो । तर आजभोलिको बजारमा प्रविधिको रोचक फड्को देख्न पाइन्छ । सडक किनारमै सानो विद्युतीय मोटर जडान गरिएको स्पुलिङ मेसिन राखेर द्रुत गतिमा रिलबाट लट्टाई र चक्कामा धारिलो माँझा भरिन्छ । धारिलो माँझाले हात नकाटोस् भनेर औँलामा सेतो मेडिकल टेप बेरेर धागोको गति मिलाइरहेका युवाहरू दिनरात ग्राहकको माग धान्न तल्लीन छन् । मिनेटमै सयौँ मिटर पक्का धागो भरिदिँदा ग्राहकहरू पनि लाइन बसेर आफ्नो पालो कुरिरहेका भेटिन्छन् । चन्द्र–सूर्यदेखि कार्टुनसम्मः चङ्गाको नयाँ कलेवर कागजी चङ्गाको मौलिक स्वाद अझै कायमै छ । रातो पृष्ठभूमिमा पहेँलो सूर्य भएको परम्परागत चङ्गासँगै यसपालि नेपालको राष्ट्रिय झण्डाका चन्द्र र सूर्य अंकित बैजनी चङ्गा युवाहरूको विशेष रोजाइमा परेको छ । अर्कोतर्फ, साना बालबालिकाहरूका लागि डोरेमोन, चील र चम्किला मेटालिक प्लास्टिकका चङ्गाहरू बजारमा थपिएका छन् । पानी वा शीतले नभिज्ने भएकाले अभिभावकहरू पनि साना नानीबाबुहरूका लागि यस्तै चङ्गा रोजिरहेका छन् । पुस्तान्तरणको खुशी र बाबुछोराको किनमेल सडकमा मोटरसाइकल र स्कुटर रोकेर आफ्ना छोराछोरीलाई चङ्गा छानिदिने बुबाहरू, हातमा गुलाबी चङ्गा र सानो सुन्तला लट्टाई समातेर खिलखिलाएर हाँस्ने सानी नानीहरू । यी दृश्यहरूले चङ्गा व्यापार केवल आर्थिक कारोबार मात्र नभएर पुस्तान्तरणको आत्मीय उत्सव भएको पुष्टि गर्छन् । आकाशमा चङ्गासँगै केवल धागो उड्दैन, उड्छ वर्षौंदेखिको नेपाली मनको उमङ्ग, हार्दिकता र दशैँको अनुपम उल्लास । बडादशैँको सबैमा हार्दिक मङ्गलमय शुभकामना । –न्युज एजेन्सी नेपाल तस्बिरहरुः अनुप प्रधान–न्युज एजेन्सी नेपाल
Read Complete Original Article
Published originally on टक्सार
Related News

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री
स्थानीय उत्पादनले माग नधान्ने हिमाली जिल्लाका गाउँसम्म खाद्यान्न पुर्याएर कम्पनीले अभाव र मूल्यवृद्धिको जोखिम घटाउने तयारी गरेको छ। ...

सुकुमबासीलाई जग्गा : अध्यादेशले देखायो आश, तर राजस्व तगारो
काठमाडौँ । सरकारले फेरि एकपटक भूमि ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकबाट सिफारिस भएको भएको उक्त अध्यादेश नेपाल राजपत्रमा मंगलबार प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो ।... ...

काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढ्यो
काठमाडौँ । बडादसैँ सुरु भएसँगै काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढेको छ । काठमाडौँको कलंकीस्थित खसीबजार, भक्तपुरको सल्लाघारी लगायतका स्थानमा खसी बोकाको खरिद बिक्री बढेको हो । उपत्यकामा नजिकका जिल्लाका... ...

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने
• कृति सेननले 'म्याडक फिल्म्स'को ब्यानरमा एक नयाँ हरर फिल्ममा काम गर्न सम्झौता गरेकी छिन्। • यो फिल्ममा कृति मुख्य भूमिकामा रहनेछिन् र यसमा हरर विधाको विशेषता हुनेछ। • म्याडक फिल्म्ससँगको यो सहकार्य कृतिको नवाैं हो र यसअघि उनले यस ब्यानरमा विभिन्न सफल फिल्महरूमा काम गरिसकेकी छन्। ...


