फूलपातीमै कांग्रेस सभापति गगन थापाको शपथग्रहण, अन्य पदाधिकारीको दसैंपछि

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले शनिबार फूलपातीका दिन शपथग्रहण गर्नुहुने भएको छ। पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाको शपथग्रहण दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने तय भएको हो। निर्वाचन समितिले यसअघि सबै पदाधिकारीको शपथग्रहण दसैंपछि गर्ने जनाएको थियो। तर, सभापति पदको मतगणना सम्पन्न भइसकेकाले थापाको शपथग्रहण भने फूलपातीमै गर्न लागिएको हो। गत असोज २३ गते भएको निर्वाचनअन्तर्गत सभापति पदको मतगणना सकिए पनि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको मतगणना र प्रमाणपत्र वितरण दसैंपछि मात्रै हुने भएको छ। कतिपय नेताहरू दसैं मनाउन जिल्ला गइसकेकाले सभापतिबाहेक अन्य पदाधिकारीको शपथग्रहण तथा नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि दसैंपछि मात्रै हुने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिनुभयो। यसपटकको महाधिवेशनमा सात हजार ३९२ मतदाताले मतदान गरेका थिए। कुल २२९ पदका लागि ७७ प्रकारका मतपत्र प्रयोग गरिएको थियो। झन्डै एक लाख ६२ हजार मतपत्रको गणना गर्न २५ वटा समूह बनाएर दिनरात काम गरिएको थियो। निर्वाचन समितिका अनुसार १४औँ महाधिवेशनको तुलनामा यसपटक मतगणना कार्य दोब्बरभन्दा बढी छिटो सम्पन्न भएको छ। मतगणना विवादरहित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको समितिले जनाएको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

नेपालमा नोभेम्बर १७ देखि आईसीसी एसिया सम्मेलन हुने
काठमाडौँ। नेपालमा आगामी नोभेम्बर १७ देखि २१, २०२६ सम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापन तथा आईसीसीको आयोजनामा सम्मेलन हुन... ...

सिद्धार्थ बैंकको मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’सञ्चालनमा ल्यायो
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो । मोबाइल बैंकिब एपको लगइन स्क्रिनमा उपलब्ध यस गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन् । ...

‘पाल्पा च्याम्पियन्स ट्रफी’ क्रिकेट ७ कात्तिकदेखि
प्रतियोगितामा जिल्लाका ६ क्लबको सहभागिता रहने छ । ...
हेटौंडाको ट्राफिक अस्तव्यस्तता, प्रहरीदेखि उपमहानगरपालिका जिम्मेवारी पन्छ्याउँदै
• हेटौंडामा सवारी चाप बढ्दै गए पनि ट्राफिक व्यवस्थापन र पूर्वाधारमा सुधार हुन सकेको छैन, जसले समस्या चुल्याएको छ। • स्थानीय सरकार र प्रहरीबीचको समन्वयको अभावले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ, र यसलाई समाधान गर्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता छ। • हेटौंडाको ट्राफिक व्यवस्थापन सुधार गर्न बुद्धचोक, सीमाचोक र बाइपास क्षेत्रको सवारी चाप अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिइएको ...


