हिरासतमुक्त भएपछि नेहा बोराले सुनाइन् आफ्नो अनुभव, 'पक्राउ परे' अभिजीत दीप्के

भारतमा भइरहेको युवाहरूको आन्दोलन क्रममा नियन्त्रणमा लिइएकी अखिल भारतीय विद्यार्थी सङ्घ (आइसा) की राष्ट्रिय अध्यक्ष नेहा बोरालाई शनिवार बिहान रिहा गरिएको छ। उनलाई शुक्रवार साँझ दिल्ली प्रहरीले 'लहराओ तिरङ्गा मार्च'का क्रममा हिरासतमा लिएको थियो।रिहा भएपछि नेहाले सामाजिक सञ्जाल एक्समार्फत् कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीप्केसहित हिरासतमा रहेका सबै प्रदर्शनकारीलाई रिहा गर्न माग गरेकी छन्। उनले लोकतन्त्र र संविधानका लागि लड्नुलाई अपराध बनाउन नसकिने बताएकी छन्।समाचार एजेन्सी एएनआईले नेहा हिरासतबाट बाहिर निस्कँदै गरेको भिडियो सार्वजनिक गरेको छ। भारतमा मोदीलाई चुनौती दिइरहेकी ऊर्जाशील जेन जी प्रदर्शनकारीदिल्लीमा देखिएको असन्तुष्टि निर्वाचन आयोगविरुद्ध मात्रै हो कि मोदी सरकारको कार्यशैलीविरुद्ध पनि बोरा र दीप्केलाई अक्टोबर १६ को साँझ हिरासतमा लिइएको थियो।नेहाका वकिल सुपन्त सिन्हाले रिहाइअघि भनेका थिए, "आरके पुरम प्रहरी चौकीमा नेहालाई गैरकानुनी रूपमा हिरासतमा राखिएको छ। वकिलसँग कुराकानी गर्नसमेत अनुमति दिइएको छैन।"सीजेपीकी लिगल हेड रत्ना सिंहले दिप्के पक्राउ परेको र उनलाई एसईएम अदालतमा पेस गरिने जानकारी दिएकी छन्। उनका अनुसार दिप्के अवस्थिति अझै खुल्न सकेको छैन र वकिललाई पनि भेट्न दिइएको छैन।"दिल्ली प्रहरीले अभिजीत र नेहा दुवैको हालको अवस्थिति तत्काल सार्वजनिक गर्नुपर्छ। कसैलाई पनि घण्टौँसम्म हिरासतमा राखेर उसको परिवार, वकिल वा सम्बन्धित व्यक्तिहरूलाई अवस्थिति र कानुनी स्थितिबारे जानकारी नदिनु हुँदैन। नेहा र अभिजीत कहाँ छन्? दिल्ली प्रहरीले यसको जवाफ दिनुपर्छ," उनले एक्समा लेखेकी थिइन्।हिरासतबाट निस्केपछि नेहाले के भनिन्?हिरासतबाट रिहा भएपछि नेले कानुनी व्यवस्थामाथि प्रश्न उठाउँदै आम नागरिकलाई अपराधीजस्तो व्यवहार गरिएको आरोप लगाइन्।उनले भनिन्, "आम नागरिकहरूसँग यस्तो व्यवहार गरिन्छ, मानौँ उनीहरू कुनै खतरनाक अपराधी हुन्।"नेहाका अनुसार आन्दोलनका क्रममा मानिसहरूलाई हिरासतमा लिएर रातभरि प्रहरी चौकीमा राख्ने र भोलिपल्ट मात्र रिहा गर्ने गरिएको छ। उनले प्रश्न गरिन्, "कुन कानुन वा आदेशअन्तर्गत हिरासतमा लिइएका मानिसहरूलाई रातभरि प्रहरी चौकीमा राख्न सकिन्छ?" दिल्लीको 'संसद् मार्च'पछि कक्रोच जनता पार्टीका संस्थापकले किन मागे माफीदिल्लीमा 'कक्रोच' प्रदर्शनमाथि प्रहरीको धरपकड, आफ्ना नेताहरूलाई नियन्त्रणमा लिइएको उक्त समूहको भनाइ साथै उनले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध महाभियोग लगाउन र एसआईआर प्रक्रिया रोक्न पनि माग गरिन्। अहिलेको दिल्लीमा जारी आन्दोलन चुनाव आयोगको कामकारबाही विरुद्ध लक्षित रहँदै आएको छ।नेहाले हिरासतमा रहँदा आफूलाई लामो समयसम्म वकिलसँग परामर्श गर्न नदिइएको पनि बताइन्। उनले भनिन्, "वकिलहरू पाँचदेखि छ घण्टासम्म मलाई भेट्ने कोसिसमा लागिरहे। कुनै किसिमले फोन सम्पर्क भएपछि मात्र उनीहरूलाई मसँग भेट्न अनुमति दिइयो।"पूर्वसूचना दिइएको थियो दिप्केलाईहिरासतमा लिनुअघि दिल्ली प्रहरीले सीजेपीका संस्थापक दीप्केलाई एउटा नोटिस दिँदै र्यालीमा सहभागी नहुन भनेको थियो। उक्त सूचनामा भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १६३ अन्तर्गत जारी निषेधाज्ञाबारे उल्लेख थियो।शनिबार साँझ 'लहराओ तिरङ्गा मार्च' हुने स्थानतर्फ जाने क्रममा प्रहरीले उनलाई हिरासतमा लिएको थियो। त्यस क्रममा उनले प्रहरीलाई आफूलाई पक्राउ गरिनुको कारणबारे प्रश्न गरेका थिए।"मैले अहिले कुन कानुन उल्लङ्घन गरेको छु? म एक्लै छु।" भारतको निर्वाचन आयोग फेरि विवादको केन्द्रमा किनभारतको शिक्षा मन्त्रालयमा किन कुनै मन्त्री टिक्दैनन् पश्चिम बङ्गालकी पूर्वमुख्यमन्त्री ममता बेनर्जी, दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल, तमिलनाडुका पूर्वमुख्यमन्त्री एमके स्टालिन र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसहित विपक्षी दलका नेताहरूले अभिजीत र नेहाको गिरफ्तारीबारे दिल्ली प्रहरीसँग जवाफ मागिरहेका छन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

क्यानाडाविरुद्ध नेपाल मैदानमा, कमजोर बलिङ प्रदर्शन, एक दिवसीय मान्यतालाई कायम राख्न जित्नै पर्ने
ओमानको मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ । ...
_52AEWNi67y.jpg)
तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका
काठमाडौं । दसैँका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहका अनुसार... ...

गृहमन्त्री गुरुङद्वारा हनुमानढोकामा तलेजु भवानी र कुमारीको दर्शन
काठमाडौं। दसैंको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै जीवित देवी कुमारीको दर्शन गरेका छन्। गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्रमा पुगी तलेजु भवानीको पूजा गरेका हुन्। उनले सर्वसाधारणसँगै लामबद्ध भएर कुमारीको दर्शन गरेका थिए। नेपालीहरूको महान् पर्व बडादसैंअन्तर्गत फूलपातीका दिन विभिन्न शक्तिपीठहरूमा पूजा आराधना तथा दर्शन गर्ने परम्परा रहिआएको छ। सोही ...

‘उपभोक्ता आफैँ सचेत भए बजार सुध्रिन्छ'
काठमाडौँ । बडादसैँका बेला बजारमा खाद्यवस्तुको खपत उच्च हुने गर्छ । बजारमा अखाद्य वस्तुको मिसावट, गुणस्तरहीन सामग्रीको बिक्री–वितरण र उपभोक्ता ठगिने क्रम पनि बढ्ने जोखिम रहन्छ । चाडपर्वलक्षित बजार अनुगमन, बजारको... ...


