Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको घटनास्थलमै मृत्यु

स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको घटनास्थलमै मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको घटनास्थलमै मृत्यु

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–८, मोतीपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ। बुधबार बिहान करिब ११ बजे सिन्धुरेघारीबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ क २८७८ नम्बरको मुन लाइट एकेडेमीको स्कुल बसले घरअगाडि सडकछेउमा खेलिरहेकी स्थानीय महिमा चौधरीलाई ठक्कर दिएको थियो। चन्द्रपुर नगरपालिका–८, मोतीपुर निवासी सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमाको बसको ठक्करबाट टाउकोको पछाडिपट्टि चोट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाको कमान्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालिकाको शव पोस्टमार्टमका लागि चन्द्रपुर सरकारी अस्पताल पठाएको जनाएको छ। दुर्घटनामा संलग्न स्कुल बस जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको छ। बस चालक चन्द्रपुर नगरपालिका–४ निवासी करिब ४५ वर्षीय कान्छा राईलाई पनि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

रोजगारी र लगानी बढाउन यूएनडीपीको दुई पहल
ताजा खबरJust now

रोजगारी र लगानी बढाउन यूएनडीपीको दुई पहल

काठमाडाैँ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले विकासशील देशमा लगानी बढाउन र रोजगारी सिर्जना गर्न दुई विश्वव्यापी पहल सुरु गरेको छ। आगामी १५ वर्षमा एक अर्ब २० करोड युवा श्रम... ...

रातोपाटी
सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्र
ताजा खबरJust now

सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्र

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि पत्र पठाएको छ । मन्त्रालयले भूमि व्यवस्था, सहकारी,... ...

रातोपाटी
साउदी अरबका लागि प्रस्तावित राजदूतलाई सांसदले भने- नाम फिर्ता लिनुस्
ताजा खबरJust now

साउदी अरबका लागि प्रस्तावित राजदूतलाई सांसदले भने- नाम फिर्ता लिनुस्

साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारलाई संसदीय समितिमा रहेका सत्तारुढ रास्वपा र प्रतिपक्षी दलका सांसदहरूले नाम फिर्ता लिन सुझाव दिएका छन् । ...

कान्तिपुर
सङ्गठित अपराधमा दाबी नपुगेका मुद्दामा मिलापत्रको बाटो खुल्यो
ताजा खबरJust now

सङ्गठित अपराधमा दाबी नपुगेका मुद्दामा मिलापत्रको बाटो खुल्यो

जुम्ला । शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु भएको हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा जुम्लामा प्रभावकारी बन्दै गएको छ । बितेका पाँच महिनामा यहाँका २२० जनाले घरमै राहदानी पाएका छन् । जिल्ला... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play