दुवाकोटकी संरक्षक : त्रिपुरासुन्दरी भद्राक्षीदेवी

चाँगुनारायण नगरपालिका-२, दुवाकोटका सडकपेटीहरूमा उभिएर वरपर आफ्ना नजरहरू डुलाउँदा आज आधुनिक बस्ती पक्की सडक, घरका लहर र बढ्दो आधुनिक जीवनशैली देखिन्छ । तर, यही बदलिँदो वातावरणका बीचमा पनि केही यस्ता स्थानहरू पनि छन् जहाँ, अझै पनि प्राचीनतम् विश्वास र आस्था बाँचिरहेको छ । ती धेरै स्थानहरूमध्ये त्रिपुरासुन्दरी भद्राक्षीदेवीको पवित्र थलो पनि एक हो । आजको बदलिँदो समाज र सभ्यतामा धेरैका लागि यो एउटा देवीको मन्दिर हो । कसैका लागि मनोकामना पूरा गर्ने विश्वासको केन्द्र कसैका लागि कुल परम्पराको निरन्तरता र कसै-कसैका लागि दुवाकोटको परिचयसँग गाँसिएको धार्मिक स्थल पनि हो । तर, साँच्चै गहिरिएर हेर्ने हो भने यो ठाउँ केवल पूजा गर्ने स्थलमा मात्र सीमित हुँदैन । यसको वरिपरि कथा छ, किम्बदन्ती छ, स्थानीय स्मृति छ, पुराना संरचनाका संकेत छन् र पुस्तौंदेखि हस्तान्तरण भइरहेको आस्था र विश्वास पनि छ । अब यहाँ केही प्रश्नहरू अवश्य उब्जन्छन् । दुवाकोटकी त्रिपुरासुन्दरी भद्राक्षीदेवी को हुन् ? उनको यस स्थानमा सम्बन्ध कहिलेबाट सुरु भयो ? दुवाकोटको धार्मिक तथा सांस्कृतिक पहिचानमा यो स्थान कति महत्त्वपूर्ण छ ? त्रिपुरासुन्दरी भद्राक्षीदेवीलाई स्थानीयले शक्ति स्वरूपा देवीका रूपमा पूजा गर्छन् । देवीको नामसँगै मातेश्वर र ललिता योगिनीको परम्परा पनि जोडिएको छ । शक्ति र शिवको यस्तो सहअस्तित्व नेपाली धार्मिक परम्परामा अस्वाभाविक होइन । शक्तिबिना शिव अपूर्ण र शिवबिना शक्ति अधुरो भन्ने दार्शनिक मान्यताले नेपाली धार्मिक चेतनामा गहिरो स्थान बनाएको छ । दुवाकोट नामको उत्पत्तिलाई लिएर एउटा रोचक स्थानीय मान्यता रहिआएको छ, दुवाकोटको पुरानो नाम देवीकोट थियो र कालान्तरमा त्यही नाम परिवर्तन भएर दुवाकोट भएको हो । नामको व्युत्पत्तिलाई ऐतिहासिक रूपमा अन्तिम सत्य मानेर निष्कर्ष निकाल्नुअघि थप भाषिक र अभिलेखीय अनुसन्धान अत्यन्त आवश्यक छ । तर, स्थानीय स्मृतिमा यो कुराको स्मरण आफैंमा महत्त्वपूर्ण छ । किनकि कुनै ठाउँको नाम केवल अक्षरहरूको जोडमात्र होइन, त्यसले त्यहाँको भूगोल, संस्कृति र स्मृतिलाई पनि बोकेर हिँडेको हुन्छ । यही सन्दर्भमा स्वस्थानी व्रतकथामा आउने देवीकोटको प्रसंगलाई स्थानीय धार्मिक परम्पराले दुवाकोटसँग जोड्ने गरेको पाइन्छ । श्री स्वस्थानी व्रतकथामा सतीदेवीका अंग पतन भएका विभिन्न धार्मिक स्थलहरूमध्ये देवीकोटमा उनको घुँडा पतन भएको विश्वास गरिएको छ । यो कुरा धार्मिक आख्यान हो वा ऐतिहासिक भूगोलसँग सम्बन्धित तथ्य अनुसन्धानको छुट्टै प्रश्न हो । दुवाकोटवासीहरूले पुस्तौं पुस्तादेखि यही कुरालाई मान्दै र स्वीकार्दै आएका छन् । त्यसैले स्थानीय इतिहासको अध्ययनमा यो अत्यन्त महत्त्वपूर्ण छ । त्रिपुरासुन्दरी भद्राक्षीदेवीलाई स्थानीयवासीले शक्ति स्वरूपा देवीका रूपमा पूजा गर्छन् । देवीको नामसँगै मातेश्वर र ललिता योगिनीको परम्परा पनि जोडिएको छ । शक्ति र शिवको यस्तो सहअस्तित्व नेपाली धार्मिक परम्परामा अस्वाभाविक होइन । शक्तिबिना शिव अपूर्ण र शिवबिना शक्ति अधुरो भन्ने दार्शनिक मान्यताले नेपाली धार्मिक चेतनामा गहिरो स्थान बनाएको छ । स्थानीय जनविश्वासमा उनी दुवाकोटकी संरक्षक शक्ति भनेर पुजिन्छिन् । गाउँमा विपत्ति आउँदा कुनै नयाँ काम सुरु गर्दा, मनोकामना राख्दा वा विशेष पर्वमा भक्तजन देवीको शरणमा पुग्दछन् । मन्दिर ढुंगा र इँटाले बनेको हुन सक्छ तर देवीको मन्दिर मानिसको जनविश्वासले बाँचिरहेको हुन्छ । यही स्थानसँग बाह्र राशिको सम्बन्ध पनि जोडिएको छ । स्थानीय परम्पराअनुसार बाह्र राशिका प्रतीकहरूले यहाँ तपस्या गरी देवीबाट वरदान प्राप्त गरेको कथा रहिआएको छ । इतिहासका कथाहरू सबै पुस्तकमा लेखिन्छन् भन्ने हुँदैन । इतिहास माटोमुनि पनि लुकेको हुन्छ । कहिलेकाहीँ पुरानो इँटामा, ढुंगाको आकारमा, जीर्ण सत्तलको जगमा वा कुनै शिलालेखको केही अक्षरमा इतिहासले आफूलाई बचाएर राखेको हुन्छ । मन्दिर परिसरमा सत्तल र ढुंगेधारो निर्माणका क्रममा पुराना संरचनाका जग, इँटा, शिला, माटाका भाँडाका खपेटा, काठ तथा अभिलेखजस्ता सामाग्रीहरू भेटिएको विवरण प्रकाशित भएको छ । एउटा अभिलेखमा विसं. १९६४ वैशाख उल्लेख भएको छ । पुराना इँटाका आकार, निर्माण प्रविधि अभिलेखको लिपि मूर्तिकलाको शैली, काठको प्रकृति र उत्खनन्बाट प्राप्त वस्तुको वैज्ञानिक परीक्षण गरियो भने दुवाकोटको इतिहासका हराएका पानाहरू खुल्न सक्छन् । मन्दिरको संरक्षण र प्रचारप्रसार आजको पहिलो आवश्यकता हो । मन्दिरको संरक्षण गर्न सकेमात्र यहाँको जिउँदोजाग्दो इतिहासको संरक्षण हुन्छ । हिन्दू सभ्यता र जनविश्वासका लागि यो स्थानको विशेष महत्त्व रहेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

विश्वभर १३० सशस्त्र द्वन्द्व जारी, दोस्रो विश्वयुद्धयताकै गम्भीर संकटको चेतावनी
विश्वभर सशस्त्र द्वन्द्वको संख्या र जटिलता बढ्दै जाँदा अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले विश्व दोस्रो विश्वयुद्धपछि सबैभन्दा गम्भीर द्वन्द्वको अवस्थाबाट गुज्रिरहेको चेतावनी दिएको छ । संस्थाकी अध्यक्ष मिर्याना स्पोलजारिकका अनुसार... ...

यी पाँच प्रदेशमा आज वर्षाको सम्भावना
काठमाण्डु –देशका केही स्थानमा बुधबार वर्षाको सम्भावना छ । पाँचवटा प्रदेशका केही भूभाागमा हल्का वर्षाको सम्भावना रहेको हो । मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली भूभागका साथै वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना […] ...

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
काठमाडौं । नवरात्रको चौथो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गा मध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ...

धानबारीमा मृत भेटियो कोशी टप्पुको ‘सानो दाह्रे’ हात्ती
मंगलबार दिउँसो आरक्षको सीमावर्ती क्षेत्रनजिकै धानबारीमा वयस्क हात्ती मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय गाईघाटका प्रमुख गजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ...


