Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मलेसियाका लागि प्रस्तावित राजदुत चुडामणि खरेलविरुद्ध रास्वपा सांसदको आर्थिक अनियमितताको आरोप

मलेसियाका लागि प्रस्तावित राजदुत चुडामणि खरेलविरुद्ध रास्वपा सांसदको आर्थिक अनियमितताको आरोप

10/14/2026, 11:55:57 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मलेसियाका लागि प्रस्तावित राजदुत चुडामणि खरेलविरुद्ध रास्वपा सांसदको आर्थिक अनियमितताको आरोप

काठमाडाैँ । मलेसियाका लागि नेपाल सरकारद्वारा प्रस्तावित राजदुत चुडामणि खरेलमाथि संसदीय सुनुवाई समितिमा गम्भीर आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वका प्रश्नहरू उठेका छन् । समितिको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले खरेलविरुद्ध ठगी, सार्वजनिक जग्गामा चलखेल र म्यानपावर व्यवसायीसँगको अनुचित सम्बन्धबारे प्रमाणसहित प्रश्न उठाएका हुन। मलेसियाका लागि प्रस्तावित राजदुत खरेलको सुनुवाई प्रक्रिया निकै पेचिलो बनेको छ । समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरिरहँदा उनीमाथि विभिन्न विवादित विषयमा प्रश्नको ओइरो लागेको हो । सांसद खत्रीले झापाका स्थानीयसँग अनुदान दिलाउने भन्दै लाखौँ रूपैयाँ लिएको, सामाजिक सञ्जालमा समेत पीडितलाई ब्लक गरेको र पोखराको सार्वजनिक जग्गा मिलाइदिने भन्दै करोडौँ रकम असुल गरेको जस्ता गम्भीर आरोप लगाए । सांसद खत्रीले खरेलले केही म्यानपावर व्यवसायीबाट राजदूतको पदमा काम गरिदिने प्रलोभन देखाएर रकम लिएको र तिनै व्यवसायीले उपलब्ध गराएको सवारी साधन प्रयोग गर्दै आएको दाबीसमेत गरे । यतिमात्र होइन, विभिन्न संघसंस्थामा काम गर्दा उनको नाममा लाखौँ रूपैयाँ बेरुजु रहेको र तराई–मधेसका जग्गा प्रकरणमा समेत उनको संलग्नता देखिएको भन्दै खत्रीले यस्ता विवादित व्यक्तिलाई किन राजदुतका लागि अनुमोदन गर्ने भनी प्रश्न गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधकिृतमा कवि फुयाँल नियुक्त
ताजा खबरJust now

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधकिृतमा कवि फुयाँल नियुक्त

फुयाँलले यसअघि सन नेपाल लाइफ इन्स्योरेन्समा वरष्ठि नायब प्रमुख कार्यकारी अधकिृत र आईएमई लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधकिृतका रूपमा काम गिरसकेका छन् । ...

कान्तिपुर
झिझिया नृत्यबारे बहस
ताजा खबरJust now

झिझिया नृत्यबारे बहस

जीवछ यादवलहान, असोज २८ गते । मधेसको मिथिला भाषाभाषीको बाहुल्यता रहेको क्षेत्रमा दसैंको समयमा प्रस्तुत गरिने झिझिया नृत्यलाई लोकनृत्यको रुपमा लिइने गरिन्छ । यो लोकनृत्य संस्कृतिको स... ...

गोरखापत्र
पोखरा–दुबई उडान : वर्ष दिनको टिकट बुकिङ खुला
ताजा खबरJust now

पोखरा–दुबई उडान : वर्ष दिनको टिकट बुकिङ खुला

पोखरा।फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ। सुरुमा ६ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो। फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई–पोखरा–दुबई उडान सुरुवातमै उत्साहजनक रहेपछि फ्लाई दुबईले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play