दशैं बिदामा पनि विशेष अदालत खुला रहने

<p>विजया दशमी, २०८३ को अवसरमा असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म विशेष अदालत बन्द रहने भएको छ । यद्यपि, केही अत्यावश्यक न्यायिक कार्यका लागि भने अदालत खुला रहनेछ ।<p>विशेष अदालतले सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३१ तथा म्यादसम्बन्धी कार्य, पक्राउ पुर्जी, जरुरी पक्राउ पुर्जी र थपसम्बन्धी कामका लागि अदालत खुला रहने जनाएको हो ।</p><p>अदालतका अनुसार घटस्थापना, शनिबार र विजयादशमीको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ ।</p><p>विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेद्वारा जारी सूचनामा सम्बन्धित सबैलाई उक्त व्यवस्थाबारे जानकारी गराइएको छ ।</p> </p>
Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

बाढी प्रभावित क्षेत्रमा विद्या भण्डारी
२७ असोज, काठमाडौं । बाढी प्रभावित क्षेत्रको अवलोकलन गर्न नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारी बेत्रावती पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी समेत रहेकी भण्डारीले बाढी प्रभावित क्षेत्र र फलाखू खोलामा बनेको बेलिब्रिजको अवलोकलन गरेकी छन् । १० भदौको बाढीले पुल बगाएको फलाखुमा बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । सडक विभाग र नेपाली सेनाले त्यहाँ बेलिब्रिज सञ्चालन… ...

तमोर नदी किनारमा फसेका अर्जुनको सकुशल उद्धार
धनकुटा नगरपालिका -८ स्थित तमोर नदीको किनारमा ढुंगामाथि फसेका एक व्यक्तिलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय युवाहरूको सहयोगमा सकुशल उद्धार गरिएको छ । ...




