Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/'ब्रेकिङ ब्याड'का अभिनेता आरजे मिटीको ३४ वर्षको उमेरमा निधन

'ब्रेकिङ ब्याड'का अभिनेता आरजे मिटीको ३४ वर्षको उमेरमा निधन

Share:WhatsAppFacebookX (Twitter)Telegram
'ब्रेकिङ ब्याड'का अभिनेता आरजे मिटीको ३४ वर्षको उमेरमा निधन

Getty Images 'ब्रेकिङ ब्याड'मा लागुऔषधका बादशाह वाल्टर ह्वाइटका विद्रोही छोराको भूमिका निर्वाह गरेसँगै उनी चर्चित बनेका थिए अमेरिकी अभिनेता आरजे मिटीको ३४ वर्षको उमेरमा निधन भएको छ। ड्रामा सिरिज 'ब्रेकिङ ब्याड'मा लागुऔषधका बादशाह वाल्टर ह्वाइटका विद्रोही छोराको भूमिका निर्वाह गरेसँगै उनी निकै चर्चित भएका थिए।"हामी अत्यन्त दुःखका साथ यो जानकारी गराउन बाध्य भएका छौँ कि प्रिय अभिनेता, परोपकारी तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका प्रबल समर्थक आरजे मिटीको निधन भएको छ," उनका प्रतिनिधिले बीबीसीलाई भने।उनको निधन टेक्ससमा भएको हो। उनको मृत्युको कारण खुलाइएको छैन।सेरेब्रल पाल्सीबाट पीडित मिटीले एमी पुरस्कार जित्न सफल ड्रामा सिरिजमा वाल्टर ह्वाइट जुनियरको भूमिका निर्वाह गर्न आफ्नै जीवनका अनुभवहरूको सहारा लिएका थिए। उक्त अभिनयका निम्ति उनले सन् २०१४ मा स्क्रिन एक्टर्स गिल्ड अवार्ड जितेका थिए। भारतीय अभिनेता नाना पाटेकरको निधन : विशिष्ट शैली र जीवन्त अभिनयको सम्झना'तपाईँले नेटफ्लिक्स हेर्दा त्यसले तपाईँको जासुसी गरिरहेको हुन्छ' 'षड्यन्त्रको आशङ्का छैन'उनका प्रतिनिधि शान रेलीले बीबीसीलाई दिएको वक्तव्यमा भनिएको छ, "मिटीले यस भूमिकामा मौलिकता ल्याएका थिए र अपाङ्गतासम्बन्धी जागरूकताका निम्ति एउटा मञ्च तयार गरेका थिए।"उनले परोपकारी तथा सामुदायिक पहलहरूलाई सहयोग गर्न 'द मिटी फाउन्डेशन' पनि स्थापना गरेका रेलीले भनेका छन्।ब्राउनस्विल प्रहरी विभागले बीबीसीलाई दिएको वक्तव्यमा उनको निधनको पुष्टि गरिएको छ।त्यसमा मृत्युको कारण अहिलेसम्म पत्ता नलागेको र अनुसन्धान जारी रहेको उल्लेख गरिएको छ। प्रहरीका अनुसार, घटनामा कुनै षड्यन्त्रकोआशङ्का भने छैन।ब्रेकिङ ब्याड Getty Images ब्रेकिङ ब्याडलाई धेरैले २१औँ शताब्दीकै उत्कृष्ट अमेरिकी टेलिभिजन शृङ्खलाहरूमध्येको ठान्छन् 'ब्रेकिङ ब्याड' सन् २००८ देखि २०१३ सम्म पाँच सीजन प्रसारण भएको थियो।भिन्स गिलिगनले निर्माण गरेको यस एन्टी-हिरो ड्रामाले प्राइमटाइम एमी पुरस्कारका लागि ५८ वटा मनोनयन प्राप्त गरेको थियो र १६ वटा पुरस्कार जितेको थियो। त्यसमा सन् २०१३ र २०१४ मा उत्कृष्ट ड्रामा सिरिजका उपाधि पनि समावेश छ।यसलाई धेरैले २१औँ शताब्दीकै उत्कृष्ट अमेरिकी टेलिभिजन शृङ्खलाहरूमध्येको ठान्छन्।उक्त सिरिजमा ब्रायन क्र्यान्स्टनले न्यु मेक्सिकोको एक माध्यमिक विद्यालयमा रसायनशास्त्र पढाउने शिक्षकको भूमिका निर्वाह गरेका छन्। क्यान्सर भएको पत्ता लागेपछि उनी आफ्नो परिवारको पालनपोषण गर्न अपराधको संसारमा प्रवेश गर्छन्।उनी उक्त अँध्यारो संसारमा जति गहिरिँदै जान्छन्, त्यति नै आफ्नो छोरासँगको दूरी बढ्दै जान्छ। सिरिजका अधिकांश भागमा वाल्टर जुनियरले हल्काफुल्का शैलीमा आफ्नो असन्तुष्टि व्यक्त गरिरहन्छन्। भारतमा नयाँ 'वेबसिरिज'ले जन्मायो वैवाहिक बलात्कारबारे बहस'हरर विरोधाभास': कसरी डर जगाउने चलचित्रले तपाईँको तनाव कम गर्न सक्छन् 'द हलिऊड रिपोर्टर'सँगको एउटा कुराकानीमा उक्त सिरिजको प्रमुख पात्रमध्येको जेसी पिङ्कम्यानको भूमिका निर्वाह गर्ने आरोन पलले मिटीको निधनबाट आफू निकै दुःखी भएको बताएका छन्।"तिम्रो निकै याद आउने छ," उनले भनेका छन्।सिरिजमा उनको काकाको भूमिका निर्वाह गर्ने डिन नोरिसले सामाजिक सञ्जालमा लेखेका छन्, "आरजेले मेरो छोराको भूमिका मात्र निर्वाह गरेका थिएनन्। छायाङ्कन स्थलमा म सधैँ एउटा सानो बच्चाको जस्तै उनको हेरचाह गर्थेँ।"उनले लेखेका छन्, "उनी अत्यन्तै मायालु युवा थिए र उनको निकै याद आउने छ।"मिटीको अभिनययात्रालुइजियानामा हुर्किएका उनी सन् २००५ मा आफ्नी कान्छी बहिनीको अभिनय करिअरलाई सहयोग गर्न लस एन्जलस गएका थिए। त्यसैबेला उनले उक्त महत्त्वपूर्ण भूमिकाका लागि अडिशन दिएका थिए।त्यसअघि उनले लस एन्जलसमा आफ्नो पहिलो अडिशन क्यालिफोर्नियाको मेथाम्फेटामिनविरोधी जनचेतनामूलक विज्ञापनका लागि दिएको बताएका थिए। हिन्दी फिल्म शोलेको ५० वर्ष, किन यसको अझै चर्चा गर्छन् दर्शकप्रतिभाशाली भारतीय चलचित्रकर्मी गुरु दत्तको वियोगान्त जीवन यसै महिनाको सुरुतिर एउटा पोडकास्टमा उनले भनेका छन्, "अब ब्रेकिङ ब्याडका लागि दिएको अडिशनको कुरा गरौँ। मेरो विचारमा यो सिरिज अहिले पनि मेथाम्फेटामिनविरुद्धको एउटा सन्देश हो, किनकि यसको अन्त्य कसैका लागि पनि सुखद हुँदैन।"मिटीका पर्दामा देखिएका अन्य कामहरूमा हाना मोन्टाना, स्विच्ड एट बर्थ, वेस्टह्याम्पटन र उनको पछिल्लो चलचित्र टकिङ टु स्ट्रेन्जर्स समावेश छन्।टकिङ टु स्ट्रेन्जर्स यसै वर्षको सुरुतिर रिलिज भएको थियो।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

सुदूरपश्चिममा आजै बजेट पारित गर्ने तयारी
ताजा खबरJust now

सुदूरपश्चिममा आजै बजेट पारित गर्ने तयारी

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा मंगलबार बजेट पारित गर्ने तयारी गरिएको छ । बजेट पारित गर्ने विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएपछि कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने... ...

रातोपाटी
काठमाडौंका सडकमा राति रोड मार्किङ, दशैँअघि मुख्य सडकको काम सक्ने लक्ष्य
ताजा खबरJust now

काठमाडौंका सडकमा राति रोड मार्किङ, दशैँअघि मुख्य सडकको काम सक्ने लक्ष्य

काठमाडौं । काठमाडौंका सडकमा ट्राफिक व्यवस्थापन सहज र सडक आवागमन सुरक्षित बनाउन सडक डिभिजन काठमाडौंले रोड मार्किङ तथा ट्राफिक संकेत निर्माणको काम तीव्र पारेको छ । दिउँसो सवारीसाधनको चाप बढी हुने भएकाले डिभिजनले सडकमा थर्मोप्लास्टिक पेन्टिङसहितका चिह्न निर्माणको काम रातिको समयमा गरिरहेको छ । सडक डिभिजन काठमाडौंकी इन्जिनियर श्रीयंका रौनियारका अनुसार सडकमा रोड मार्किङको काम […] ...

लोकपथ
विदेशी नागरिकको निगरानी प्रभावकारी बनाउँदै अध्यागमन
ताजा खबरJust now

विदेशी नागरिकको निगरानी प्रभावकारी बनाउँदै अध्यागमन

भक्तपुर : नेपालमा विदेशी नागरिक कहाँ बस्छन्, कति समय बस्छन् र उनीहरूको आवागमनको अभिलेख कसरी राख्ने भन्ने विषयमा गृह मन्त्रालय संवेदनशील देखिएको छ। विदेशी नागरिकको सुरक्षा र सम्भावित आपराधिक गतिविधि नियन्त्रणमा अध्यागमन विभागले सूचना प्रणाली (एफएनएमाइएस)को विकास गरेको छ। विदेशी नागरिकको विवरण संकलन, अभिलेख व्यवस्थापन र सुरक्षा निगरानीलाई प्रभावकारी बनाउने कार्… ...

अन्नपूर्णपोष्ट
अर्थमन्त्री स्वर्णिम वाग्ले थाइल्याण्ड प्रस्थान
ताजा खबरJust now

अर्थमन्त्री स्वर्णिम वाग्ले थाइल्याण्ड प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्याण्डको राजधानी ब्याङ्कक प्रस्थान गरेका छन् । विश्वभरका अर्थमन्त्री सहभागी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play