दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्न रोक, तीन नयाँ स्थल तोकिए

काठमाडौं । भारतको केन्द्र सरकारले राजधानी नयाँदिल्लीस्थित जन्तरमन्तरलाई निर्धारित प्रदर्शन स्थलको सूचीबाट हटाएको छ । सरकारले ३३ वर्षअघि जन्तरमन्तरलाई विरोध प्रदर्शन गर्ने स्थानका रूपमा तोकेको थियो । अब प्रदर्शन तथा धर्नाका लागि रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदानलाई निर्धारित स्थल तोकिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । गृह मन्त्रालयले विरोध प्रदर्शन तथा धर्नाका लागि वैकल्पिक स्थान पहिचान गर्न गठन गरेको समितिको सिफारिसका आधारमा यी तीन स्थान तोकिएको बताइएको छ । यद्यपि, ती स्थानमा प्रदर्शन आयोजना गर्ने प्रक्रिया र नियमसम्बन्धी संशोधित मानक सञ्चालन कार्यविधि छुट्टै जारी गरिने जनाइएको छ । हालको आदेशमा विस्तृत नियम समावेश गरिएको छैन । जन्तरमन्तरमा प्रदर्शन गर्न रोक लगाइएपछि कक्रोच जनता पार्टीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रिया रोक्नुपर्ने मागसहित सोमबार प्रदर्शनको अनुमति मागेको थियो । तर प्रहरीले अनुमति दिन अस्वीकार गरेको थियो । यसअघि उक्त पार्टीले राष्ट्रिय योग्यता प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै जुन २० देखि जुलाई २५ सम्म जन्तरमन्तरमा प्रदर्शन गरेको थियो । ३६ दिनसम्म चलेको प्रदर्शनमा अभियन्ता सोनम वाङचुक पनि अनशनमा बसेका थिए । धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जुलाई २५ मा प्रदर्शन अन्त्य गरिएको थियो । जन्तरमन्तरलाई प्रदर्शन स्थलको सूचीबाट हटाउनुको आधिकारिक कारण सार्वजनिक गरिएको छैन । तर, संसद् भवनबाट करिब डेढ किलोमिटर मात्रै टाढा रहेकाले सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हुन सक्ने अनुमान गरिएको छ । जुन–जुलाईमा भएको प्रदर्शनका क्रममा सहभागीहरू संसद् भवननजिक पुगेपछि उनीहरूलाई रोक्न प्रवेशद्वार बन्द गर्नुपरेको विवरण पनि सार्वजनिक भएको थियो । जन्तरमन्तरमा पुनः प्रदर्शन गर्न विपक्षी दलहरूले पनि तयारी गरिरहेको बताइएको छ । राहुल गान्धीसहित विपक्षी नेताहरूले त्यहाँ धर्ना दिने तयारी गरेको विवरणमा उल्लेख छ । रामलीला मैदान संसद् भवनबाट करिब तीनदेखि चार किलोमिटर टाढा छ भने बुराडी र सीबीडी मैदान राजधानीका अन्य क्षेत्रमा पर्छन् । यसअघि अक्टोबर ९ मा भारतको सर्वोच्च अदालतले पनि जन्तरमन्तरको विकल्पमा ठूलो क्षेत्रफल भएका प्रदर्शन स्थल खोज्नुपर्ने धारणा राखेको थियो । अदालतले पानी, शौचालय र स्वास्थ्य उपचारजस्ता आधारभूत सुविधा उपलब्ध हुने स्थानको आवश्यकता औँल्याएको थियो । The post दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्न रोक, तीन नयाँ स्थल तोकिए appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News
![दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]](https://hamrakura.com/uploads/news/images/badri-roy.jpg)
दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]
सीजी ब्रान्डले घरायसी प्रयोजनका सामग्रीहरू किन्दा भारी मात्रामा उपहार लिएर बजारमा आएको जनाएको छ । ...

दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास
• जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवमाथि अनियमितताको आरोप र उनकी बहिनीको स्वास्थ्य बीमा विवरण फेला परेको छ। • यादवले बहिनीलाई एटेंडेंट भिसामा ल्याउन चाहेका थिए, तर दूतावासले भिसा नदिएपछि विद्यार्थी भिसामा ल्याएको बताइएको छ। • यादवले ४२ दिनको हाजिरी गरेको विषयमा छानबिन र कारबाहीको मागसहित उजुरी परेको छ, र पत्रकारलाई धम्की दिएको आरोप पनि छ। ...

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने
• सरकारले पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ, जसमा नेपाल सरकारको ४० प्रतिशत शेयर स्वामित्व रहनेछ। • प्रस्तावित कानूनी व्यवस्थाबाट पूर्वाधार क्षेत्रमा लगानी बढ्ने, स्थानीय तहको वित्तीय पहुँच सुदृढ हुने र सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। • विधेयक पारित भएमा नगर विकास कोष ऐन, २०५३ खारेज हुनेछ र सम्पूर्ण सम्पत्ति, दायित्व ...



