Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

Share:WhatsAppFacebookX (Twitter)Telegram
भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बनरहवाबाट प्रहरीले भन्सार छली गरी लुकाइछिपाइ राखिएका रु नौ लाख १८ हजार मूल्य बराबरका मोबाइलका डिस्प्ले तथा बडी प्यानल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गएराति खोजतलास गर्दा उक्त स्थानमा लुकाइछिपाइ राखिएका मोबाइलका पार्टपुर्जा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज जनाएको छ। प्रहरीका अनुसार बरामद सामग्रीमा विभिन्न ब्रान्डका मोबाइलका डिस्प्ले तथा बडी प्यानल रहेका छन्। ती सामग्रीको वैध भन्सार कागजात नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा भन्सार छली गरी मोबाइलका पार्टपुर्जा, इलेक्ट्रोनिक सामग्री तथा अन्य सामान भित्र्याउने गतिविधि बढेपछि प्रहरीले निगरानी र गस्तीलाई तीव्र बनाएको छ। बरामद सामग्रीको मूल्याङ्कन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरेको जनाएको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि शुक्रबार भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा सहयोग गर्न र शङ्कास्पद गतिविधिबारे तत्काल जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ। रासस The post भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

खगोलविद्हरूले पत्ता लगाए पहिलो हरित तारा: के कारणलले तारा हरियो हुन्छ?
प्रविधिJust now

खगोलविद्हरूले पत्ता लगाए पहिलो हरित तारा: के कारणलले तारा हरियो हुन्छ?

खगोलविद्हरूले पहिलो पटक वास्तविक हरियो ताराको पहिचान गरेका छन्। मृत ताराको अवशेषका रूपमा रहेको यो ताराले आफ्नो नजिकका ग्रहबाट चट्टानी पदार्थ तानेर खाइरहेको छ। वैज्ञानिकहरूका अनुसार यस प्रक्रियाले ताराको वायुमण्डलमा विभिन्न तत्त्व थपिँदा यसले हरियो रङको चमक दिन सक्छ। सूर्यजस्ता ताराको जीवन समाप्त भएपछि बन्ने अवशेषलाई ‘ह्वाइट ड्वार्फ’ भनिन्छ। नयाँ अध्ययनले यस्ता ताराहरू सेतो वा हल्का नीलो रङमा मात्र सीमित नहुने ...

टेक्नोलोजी खबर
नेपाल भर्सेज क्यानडा: एक खेल अगावै शीर्ष ६ पक्का गर्ने नेपालको सुनौलो अवसर
प्रविधिJust now

नेपाल भर्सेज क्यानडा: एक खेल अगावै शीर्ष ६ पक्का गर्ने नेपालको सुनौलो अवसर

३१ असोज, काठमाडौं। आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानको अल अमरात क्रिकेट मैदानमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि शीर्ष ६ मा स्थान सुरक्षित गर्न निकै महत्वपूर्ण मानिएको छ । तालिकामा ३४ खेलबाट २८ अङ्कसहित सातौं स्थानमा रहेको नेपाल क्यानडाभन्दा एक अङ्कले अगाडि छ […] The post नेपाल भर्सेज क्यानडा: ...

आइसिटी फ्रेम
भेराइजन र एरिक्सनद्वारा बाहिरी क्षेत्रमा विश्वकै पहिलो सिक्सजी परीक्षण कल गरेको दाबी
प्रविधिJust now

भेराइजन र एरिक्सनद्वारा बाहिरी क्षेत्रमा विश्वकै पहिलो सिक्सजी परीक्षण कल गरेको दाबी

भेराइजन र एरिक्सनले भेराइजनको व्यावसायिक नेटवर्क साइटबाट ७ गिगाहर्ज ब्यान्डमा स्ट्याण्डर्ड निर्धारण हुनुअघिको सिक्सजी परीक्षण कल गरेको विश्वमै पहिलो घटना भएको दाबी गरेका छन्। यो व्यावसायिक सिक्सजी सेवा सुरु गरिएको घोषणा नभई स्ट्याण्डर्ड निर्धारण हुनुअघिको अवधारणाको प्रमाण (प्रुफ अफ कन्सेप्ट) प्रदर्शन हो। आधिकारिक मापदण्डहरू अन्तिम रूप दिनुअघि विकासको चरणमा रहेका प्रारम्भिक सिक्सजी प्रविधिको परीक्षण गर्नु यसको उद्देश्य हो। एरिक्सनको सिक्सजी परीक्षण उपकरण ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play