Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मलेसियामा जन्मदर ४.५ प्रतिशतले घट्यो, प्रजनन दर प्रतिमहिला १.५ मा झर्दा ‘वृद्ध समाज’को जोखिम

मलेसियामा जन्मदर ४.५ प्रतिशतले घट्यो, प्रजनन दर प्रतिमहिला १.५ मा झर्दा ‘वृद्ध समाज’को जोखिम

10/17/2026, 10:33:57 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मलेसियामा जन्मदर ४.५ प्रतिशतले घट्यो, प्रजनन दर प्रतिमहिला १.५ मा झर्दा ‘वृद्ध समाज’को जोखिम

काठमाडौँ । मलेसियामा सन् २०२५ मा जीवित शिशुको जन्मदरमा ४.५ प्रतिशतले गिरावट आएको छ। मलेसियाको तथ्याङ्क विभाग द्वारा सार्वजनिक गरिएको ‘भाइटल स्टाटिस्टिक्स’ प्रतिवेदन अनुसार गत वर्ष मुलुकभर ३ लाख ९६ हजार १७५ जना शिशु जन्मिएका छन्। यो सङ्ख्या अघिल्लो वर्ष अर्थात् सन् २०२४ को तुलनामा १८ हजार ७४३ ले कम हो। सन् २०२४ मा मलेसियामा ४ लाख १४ हजार ९१८ जीवित शिशु जन्मिएका थिए। अर्कोतर्फ, सोही अवधिमा मृत्यु हुनेको सङ्ख्या भने ०।४ प्रतिशतले बढेर १ लाख ९९ हजार ८०७ पुगेको छ। सन् २०२४ मा कुल १ लाख ९८ हजार ९९२ जनाको मृत्यु भएको थियो। विभागका अनुसार शिशु जन्मदरमा आएको गिरावटसँगै प्रति एक हजार जनसङ्ख्या बराबरको कुल जन्मदर ९क्रुड बर्थ रेट० पनि १२।२ बाट झरेर ११।६ मा सीमित भएको छ। समुदायगत विवरण हेर्दा मलय समुदायमा जन्मदर सबैभन्दा उच्च देखिएको छ, जहाँ प्रति एक हजारमा १४।९ शिशु जन्मिएका छन्। यसको विपरीत, चिनियाँ मूलका नागरिकहरूमा जन्मदर सबैभन्दा न्यून प्रति एक हजारमा ५।० मात्र रहेको छ। मृत्युदरतर्फ भने भारतीय मूलका नागरिकहरूमा प्रति एक हजारमा ८।२ का दरले उच्च मृत्युदर देखिएको छ भने ‘अन्य बुमिपुत्र’ समुदायमा यो दर सबैभन्दा कम ९५।७० रहेको छ। पछिल्लो तथ्याङ्कले मलेसिया तीव्र गतिमा ‘वृद्ध समाज’ ९एजिङ सोसाइटी० तर्फ उन्मुख भइरहेको देखाएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सन् २०२५ मा मुलुकको कुल प्रजनन दर ९टीएफआर० प्रतिमहिला १।५ मा झरेको छ। यो दर जनसङ्ख्या यथास्थितिमा कायम राख्न आवश्यक मानिने प्रतिस्थापन दर ९२।१० भन्दा निकै कम हो। अघिल्लो वर्ष यो दर १।६ रहेको थियो। विशेषगरी चिनियाँ समुदायका महिलाहरूको प्रजनन दर सन् २०२४ को ०।९ बाट अझै ओरालो लाग्दै सन् २०२५ मा ०।७ मा झरेको छ, जसलाई जनसाङ्ख्यिक दृष्टिकोणले निकै चिन्ताजनक मानिएको छ। प्रान्तगत रूपमा तेरेंगानुमा प्रजनन दर प्रतिमहिला २।५ रहँदा औद्योगिक राज्य पेनाङमा भने यो दर १।१ मा खुम्चिएको छ। बढ्दो महँगी, बालबच्चा हुर्काउन लाग्ने चर्को आर्थिक भार तथा वृत्तिविकासका कारण युवा पुस्ताले सन्तान जन्माउन ढिलाइ गर्ने वा नजन्माउने प्रवृत्ति बढेको मलेसियाली समाजशास्त्रीहरूको विश्लेषण छ। जन्मदर निरन्तर घट्दै जाँदा र ज्येष्ठ नागरिकहरूको अनुपात बढ्दै जाँदा आगामी दशकमा देशले गम्भीर श्रमशक्ति अभाव, पेन्सन प्रणालीमा दबाब र आर्थिक शिथिलताको सामना गर्नुपर्ने चेतावनी विज्ञहरूले दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

क्यानाडाविरुद्ध नेपाल मैदानमा, कमजोर बलिङ प्रदर्शन, एक दिवसीय मान्यतालाई कायम राख्न जित्नै पर्ने
ताजा खबरJust now

क्यानाडाविरुद्ध नेपाल मैदानमा, कमजोर बलिङ प्रदर्शन, एक दिवसीय मान्यतालाई कायम राख्न जित्नै पर्ने

ओमानको मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ । ...

हाम्राकुरा
तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका
ताजा खबरJust now

तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

काठमाडौं । दसैँका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहका अनुसार... ...

रातोपाटी
गृहमन्त्री गुरुङद्वारा हनुमानढोकामा तलेजु भवानी र कुमारीको दर्शन
ताजा खबरJust now

गृहमन्त्री गुरुङद्वारा हनुमानढोकामा तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं। दसैंको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै जीवित देवी कुमारीको दर्शन गरेका छन्। गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्रमा पुगी तलेजु भवानीको पूजा गरेका हुन्। उनले सर्वसाधारणसँगै लामबद्ध भएर कुमारीको दर्शन गरेका थिए। नेपालीहरूको महान् पर्व बडादसैंअन्तर्गत फूलपातीका दिन विभिन्न शक्तिपीठहरूमा पूजा आराधना तथा दर्शन गर्ने परम्परा रहिआएको छ। सोही ...

नेपालन्युज
‘उपभोक्ता आफैँ सचेत भए बजार सुध्रिन्छ'
ताजा खबरJust now

‘उपभोक्ता आफैँ सचेत भए बजार सुध्रिन्छ'

काठमाडौँ । बडादसैँका बेला बजारमा खाद्यवस्तुको खपत उच्च हुने गर्छ । बजारमा अखाद्य वस्तुको मिसावट, गुणस्तरहीन सामग्रीको बिक्री–वितरण र उपभोक्ता ठगिने क्रम पनि बढ्ने जोखिम रहन्छ । चाडपर्वलक्षित बजार अनुगमन, बजारको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play