एआईको बढ्दो मागसँगै सिंगापुरको निर्यातमा तीव्र वृद्धि

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित वस्तुको माग बढ्दा सिंगापुरको गैरतेल घरेलु निर्यात (एनओडीएक्स) सन् २०२६ को सेप्टेम्बरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.४ प्रतिशतले वृद्धि भएको छ । सिंगापुरको सरकारी निकाय इन्टरप्राइज सिंगापुरले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार, अगस्टमा पनि गैरतेल घरेलु निर्यात ४६.१ प्रतिशतले बढेको थियो। सेप्टेम्बरमा विद्युतीय सामग्रीको निर्यात १०७.६ प्रतिशतले बढेको छ । कृत्रिम बुद्धिमत्तासँग सम्बन्धित वस्तुको बलियो मागले यस वृद्धिलाई सहयोग पुर्याएको हो । यसैगरी, गैरविद्युतीय सामग्रीको निर्यात ५४.२ प्रतिशतले वृद्धि भएको छ। गैरतेल पुनःनिर्यात पनि सेप्टेम्बरमा अघिल्लो वर्षको तुलनामा ४७.८ प्रतिशतले बढेको छ। अगस्टमा यस्तो निर्यात ५३.२ प्रतिशतले वृद्धि भएको थियो । पुनःनिर्यातअन्तर्गत विद्युतीय सामग्रीको निर्यात ६४.२ प्रतिशत र गैरविद्युतीय सामग्रीको निर्यात २२.१ प्रतिशतले बढेको विवरणमा उल्लेख छ। यसैबीच, सिंगापुरको कुल वस्तु व्यापार सेप्टेम्बरमा ५०.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो महिना अगस्टमा यस्तो वृद्धि ४४.४ प्रतिशत थियो । सेप्टेम्बरमा निर्यात र आयात दुवैमा वृद्धि भएको इन्टरप्राइज सिंगापुरले जनाएको छ। रासस/सिन्ह्वा The post एआईको बढ्दो मागसँगै सिंगापुरको निर्यातमा तीव्र वृद्धि appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

बीरगञ्जमा डिजिटल मार्केटिङ तथा कन्टेन्ट क्रिएसनसम्बन्धी ६ दिने तालिम सम्पन्न
डिजिटल मार्केटिङ (सोसियल मिडिया मार्केटिङ तथा कन्टेन्ट क्रिएसन) सम्बन्धी ६ दिने तालिम बीरगञ्जमा समापन समारोहसहित सफलतापूर्वक सम्पन्न भएको छ। अक्टोबर ९ देखि १४ सम्म तालिम सञ्चालन गरिएको थियो। क्रिएटिभ स्किल्सका व्यवस्थापकीय निर्देशक तथा एनवाईईएफ बीरगञ्जका पूर्व अध्यक्ष राकेश शाहले यस्तो सीपमूलक तालिम आयोजना गरेकोमा रोबोटिक्स एसोसिएसन अफ नेपाल र कोड प्रोजेक्टप्रति आभार व्यक्त गरेका छन्। यस्ता तालिमलाई आफूले सधैँ सहयोग गर्ने र ...

Huawei’s AI and Digital Transformation Push Raises Questions Over Consumer Interests, Data Privacy and Internet Costs
Kathmandu, October 17, 2026 — Huawei is pushing Nepal’s Internet Service Providers (ISPs) to move beyond traditional internet connectivity and... ...

सम्पदा मात्र होइन, अब नेपाली चाडपर्व र जात्रामा रमाउन आउँछन् पर्यटक: होटल संघ नेपालका अध्यक्ष विनायक शाह
३१ असोज, काठमाडौं। पछिल्लो समय नेपाल आउने विदेशी पर्यटकहरू ऐतिहासिक सम्पदा हेर्नमा मात्र सीमित नभई नेपाली चाडपर्व, जात्रा र स्थानीय जीवनशैलीको प्रत्यक्ष अनुभव लिन आकर्षित हुन थालेका छन्। होटल संघ नेपालका अध्यक्ष विनायक शाहका अनुसार कोभिडपछि ‘एक्सपेरिमेन्टल टुरिजम’ (Experiential Tourism) को माग ह्वात्तै बढेको छ। दशैँमा टीका र पिंङ, तिहारमा देउसी-भैलो तथा रैथाने परिकार (जस्तै: […] The post सम्पदा मात्र होइन, ...


