Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/निर्यात प्रतिस्पर्धा बढाउन आजबाटै तयारीमा जुट्न माग सरकारी नीति कार्यान्वयन र निजी क्षेत्रसँग सहकार्य गर्न व्यवसायीको आग्रह

निर्यात प्रतिस्पर्धा बढाउन आजबाटै तयारीमा जुट्न माग सरकारी नीति कार्यान्वयन र निजी क्षेत्रसँग सहकार्य गर्न व्यवसायीको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
निर्यात प्रतिस्पर्धा बढाउन आजबाटै तयारीमा जुट्न माग सरकारी नीति कार्यान्वयन र निजी क्षेत्रसँग सहकार्य गर्न व्यवसायीको आग्रह

काठमाडौं । नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि सिर्जना हुन सक्ने चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सरकार र निजी क्षेत्रले तत्कालै तयारी थाल्नुपर्नेमा निर्यात व्यवसायीहरूले जोड दिएका छन्। स्तरोन्नतिको समयावधि थपिए पनि त्यसलाई तयारीका लागि उपलब्ध अतिरिक्त समयका रूपमा उपयोग गर्दै निर्यात प्रवद्र्धन, उत्पादनको गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको पहुँच विस्तार गर्नुपर्ने उनीहरूको भनाइ छ । निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को आयोजना तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा बिहीबार ललितपुरको कुपण्डोलस्थित होटल हिमालयनमा आयोजित ‘नेपालको एलडीसी स्तरोन्नति : निर्यातमुखी उद्यमका चुनौती र अवसर’ विषयक राष्ट्रिय संवादमा सहभागी सरकारी अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूले यस्तो धारणा राखेका हुन् ।नेपालले एलडीसीबाट स्तरोन्नति हुने समयावधि थप गर्न तीन वर्षको समय माग गरेको सन्दर्भमा सहभागीहरूले तयारीलाई पछि सार्नेभन्दा अहिलेबाटै योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताए। उनीहरूले निर्यात प्रवद्र्धन र औद्योगिक विकासका लागि सरकारले अघि सारेका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिए । कार्यक्रममा नीति निर्माणमा मात्र सीमित नभई कार्यान्वयनलाई प्राथमिकता दिन, निजी क्षेत्रले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न तथा निर्यातमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरिएको थियो। विशेषगरी साना तथा मझौला निर्यातमुखी उद्यमको क्षमता विकास, उत्पादन लागत घटाउने, उत्पादकत्व बढाउने र गुणस्तर सुधार गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सहभागीहरूको निष्कर्ष थियो । परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत निकाय महाशाखाका प्रमुख एवं सहसचिव कृष्णप्रसाद ढकालले निजी क्षेत्रलाई सुदृढ बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनु सरकारको प्राथमिकता रहेको बताए । परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीतिक महाशाखाका प्रमुख मणिरत्न शर्माले विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले निर्यात प्रवद्र्धनका लागि कार्ययोजना बनाएर काम गरिरहेको जानकारी दिँदै स्तरोन्नतिका चुनौती सामना गर्न समयमै तयारी गर्नुपर्ने बताए । निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले स्तरोन्नतिपछि नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा सामना गर्न सक्ने चुनौतीलाई ध्यानमा राखेर उत्पादन लागत न्यूनीकरण, गुणस्तर सुधार, उत्पादकत्व वृद्धि र प्रतिस्पर्धात्मक क्षमता विकासमा जोड दिए । उनले नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता बढाउनु आवश्यक रहेको बताए । अन्तर्राष्ट्रिय श्रम संगठनको एलडीसी स्तरोन्नति परियोजनाका राष्ट्रिय परियोजना संयोजक प्रकाश शर्माले स्तरोन्नतिलाई चुनौतीका रूपमा मात्र नभई अवसरका रूपमा लिनुपर्ने बताउँदै त्यसका लागि तयारी तत्काल सुरु गर्नुपर्ने धारणा राखे । फिनका वरिष्ठ उपाध्यक्ष देवानन्द सरावगीले स्तरोन्नतिको समयावधि थपिए पनि तयारीमा ढिलाइ गर्न नहुने बताए । अहिलेबाटै योजनाबद्ध रूपमा काम गर्न सके मात्र थपिएको समयको सदुपयोग हुने उनको भनाइ थियो । खुला छलफल तथा अन्तरक्रियात्मक सत्रमा सहभागीहरूले निर्यात क्षेत्रका विद्यमान समस्या, सम्भावना र आगामी कार्यदिशाबारे विचार आदानप्रदान गरेका थिए। छलफलबाट सरकारी नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सरकार र निजी क्षेत्रबीच समन्वय, निर्यात उद्यमीको क्षमता विकास तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारका लागि तत्काल पहल गर्नुपर्ने निष्कर्ष निकालिएको थियो । नेपालको एलडीसी स्तरोन्नतिसम्बन्धी चुनौती र अवसरबारे साझा धारणा निर्माण गर्दै निर्यात क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रले संयुक्त रूपमा अघि बढ्नुपर्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको फिनका कार्यकारी निर्देशक रामसुदन तिमल्सिनाले बताए । The post निर्यात प्रतिस्पर्धा बढाउन आजबाटै तयारीमा जुट्न माग सरकारी नीति कार्यान्वयन र निजी क्षेत्रसँग सहकार्य गर्न व्यवसायीको आग्रह appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

अन्तरजातीय विवाह गर्ने २ जोडीले पाए एकएक लाख प्रोत्साहन रकम
ताजा खबरJust now

अन्तरजातीय विवाह गर्ने २ जोडीले पाए एकएक लाख प्रोत्साहन रकम

मुगुको : मुगुको छायाँनाथ रारा नगरपालिकाले अन्तरजातीय विवाहलाई जोड दिनुहोस्। जातीय विभेद र छुवाछूत न्यूनीकरण सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले नगरपालिकाले थप जनही एक लाख लाखका दरले कुल तीन लाख उपलब्ध गराए हो। छायाँनाथ रारा नगरपालिका नगरपालिका ऐन, २०८० बमोजिम आयोजित कार्यक्रममा नगरपालिकाले एक–एक लाखको चेक हस्तान्तान्त देखाएको छ । आर्थिक सहयोग प्राप्त… ...

अन्नपूर्णपोष्ट
चेपाङलाई खाद्यान्न सहयोग
ताजा खबरJust now

चेपाङलाई खाद्यान्न सहयोग

चितवन । यहाँका चेपाङ समुदायलाई भरपुरका समाजसेवी विनोद ढकालले खाद्यान्न वितरण गरेका छन् । उनले कालिका नगरपालिका–१० बेत्राङस्थित ग्रामीण बस्तीका ४२ परिवारलाई आज खाद्यान्न वितरण गरेका हुन् । ढकालले एक परिवारलाई... ...

रातोपाटी
१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
ताजा खबरJust now

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ १. पेट्रोलियम पदार्थको मूल्य यथावत नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री... ...

रातोपाटी
‘भक्तपुरलाई नमुना जिल्ला बनाउँछौँ’
ताजा खबरJust now

‘भक्तपुरलाई नमुना जिल्ला बनाउँछौँ’

भक्तपुर, असोज २९ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शिक्षा, स्वास्थ्य, पर्यटन र योगका आधारमा भक्तपुरलाई नमुना जिल्ला बनाउने बताउनुभएको छ ।सूर्यविनायक नगरपालिकालाई आज... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play