Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ललितपुरमा खुल्यो इटालियन शैलीको प्रिमियम जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’

ललितपुरमा खुल्यो इटालियन शैलीको प्रिमियम जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’

Share:WhatsAppFacebookX (Twitter)Telegram
ललितपुरमा खुल्यो इटालियन शैलीको प्रिमियम जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’

काठमाडौं। नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) का अध्यक्ष सञ्जय अग्रवालले ललितपुरको सानेपामा इटालियन शैलीबाट प्रेरित प्रिमियम जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’ को उद्घाटन गरेका छन्। आइतबार आयोजित समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी अग्रवालले नेपालमा अन्तर्राष्ट्रिय पाककला, सीप र उद्यमशीलताको विस्तारले नेपाल–इटाली सम्बन्धलाई थप मजबुत बनाउन सक्ने बताए। मोनिका टापरिया र विपिन अटलले स्थापना गरेको ‘नट्स एन्ड स्कूप’ ले इटालियन जेलाटो बनाउने परम्परागत शैली र आधुनिक नवप्रवर्तनलाई संयोजन गर्दै नेपाली बजारमा प्रिमियम स्वादको अनुभव उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ। ब्रान्डले २० भन्दा बढी स्वादका जेलाटो उपलब्ध गराएको छ। व्यावसायिक जेलाटो उत्पादनमा प्रयोग हुने इटालियन उपकरण, उच्च गुणस्तरका कच्चा पदार्थ तथा इटालीस्थित जेलाटो युनिभर्सिटीबाट विशेष तालिम प्राप्त संस्थापकहरूको अनुभवलाई उत्पादनको मुख्य विशेषताका रूपमा प्रस्तुत गरिएको छ। कार्यक्रममा अध्यक्ष अग्रवालले नेपाल र इटालीबीचको सहकार्य परम्परागत व्यापारमा मात्र सीमित नरहेको उल्लेख गर्दै उद्यमशीलता, लगानी, व्यावसायिक साझेदारी, पर्यटन तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा समेत सम्भावना विस्तार भइरहेको बताए। नेपाल–इटाली चेम्बर अफ कमर्सले दुई देशबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढ बनाउन व्यापार र लगानी प्रवद्र्धनसँगै सीप, प्रविधि र नवप्रवर्तनको आदानप्रदानमा जोड दिँदै आएको छ। अन्तर्राष्ट्रिय अनुभव र विशेषज्ञतालाई नेपाली बजारमा भित्र्याउने यस्ता उद्यमले स्थानीय व्यवसायको विकास तथा दुई देशका नागरिकबीचको सम्बन्ध विस्तारमा योगदान पुर्‍याउन सक्ने अग्रवालको भनाइ छ। ‘नट्स एन्ड स्कूप’ का संस्थापकहरूले ग्राहकको प्रतिक्रिया, उत्पादनसम्बन्धी अनुसन्धान र इटालीमा थप व्यावसायिक तालिममार्फत आफ्ना उत्पादन तथा सेवालाई निरन्तर परिष्कृत गर्दै लैजाने प्रतिबद्धता जनाएका छन्। संस्थापकहरूका अनुसार उद्घाटनकै दिन २०० भन्दा बढी ग्राहकले सानेपास्थित आउटलेट भ्रमण गरेका थिए। सानेपाबाट सेवा सुरु गरेको ‘नट्स एन्ड स्कूप’ ले नेपालमा प्रिमियम जेलाटोको विशिष्ट गन्तव्यका रूपमा स्थापित हुने लक्ष्य राखेको छ। The post ललितपुरमा खुल्यो इटालियन शैलीको प्रिमियम जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]
ताजा खबरJust now

दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]

सीजी ब्रान्डले घरायसी प्रयोजनका सामग्रीहरू किन्दा भारी मात्रामा उपहार लिएर बजारमा आएको जनाएको छ । ...

हाम्राकुरा
दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास
ताजा खबरJust now

दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास

• जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवमाथि अनियमितताको आरोप र उनकी बहिनीको स्वास्थ्य बीमा विवरण फेला परेको छ। • यादवले बहिनीलाई एटेंडेंट भिसामा ल्याउन चाहेका थिए, तर दूतावासले भिसा नदिएपछि विद्यार्थी भिसामा ल्याएको बताइएको छ। • यादवले ४२ दिनको हाजिरी गरेको विषयमा छानबिन र कारबाहीको मागसहित उजुरी परेको छ, र पत्रकारलाई धम्की दिएको आरोप पनि छ। ...

नेपालबहस
पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने
ताजा खबरJust now

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने

• सरकारले पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ, जसमा नेपाल सरकारको ४० प्रतिशत शेयर स्वामित्व रहनेछ। • प्रस्तावित कानूनी व्यवस्थाबाट पूर्वाधार क्षेत्रमा लगानी बढ्ने, स्थानीय तहको वित्तीय पहुँच सुदृढ हुने र सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। • विधेयक पारित भएमा नगर विकास कोष ऐन, २०५३ खारेज हुनेछ र सम्पूर्ण सम्पत्ति, दायित्व ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play