बलिवुड अभिनेता इमरान खानलाई प्रहरीले किन दियो भारत छोड्न नोटिस ?

काठमाडौं । बलिउड अभिनेता इमरान खानलाई भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मुम्बईको अगस्त क्रान्ति मैदानमा भएको प्रदर्शनमा सहभागी भएपछि प्रहरीले इमरानलाई अक्टोबर २८ भित्र भारत छाड्न नोटिस दिएको हो । अमेरिकी राहदानी भएका इमरानमाथि भारतीय नागरिक नभई प्रदर्शनमा सहभागी भएको आरोपमा आप्रवासन कानुनअन्तर्गत कारबाही अघि बढाइएको बताइएको छ । इमरानका वकिलले विदेशमा बस्ने भारतीय मूलका नागरिकका लागि जारी गरिने ओसीआई कार्डधारकलाई प्रदर्शनमा सहभागी हुन कानुनले रोक नलगाएको दाबी गर्दै प्रहरीको निर्णयलाई अदालतमा चुनौती दिने बताएका छन् । इमरानले भने आफू मुम्बईको नागरिकका रूपमा प्रदर्शनमा सहभागी भएको र नागरिकको आवतजावत तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाइएको विषयमा प्रश्न उठाउन गएको बताएका थिए । मतदाता सूचीको विशेष पुनरावलोकनका क्रममा लाखौँ मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको विपक्षी दल तथा प्रदर्शनकारीहरूको आरोप छ । यही विषयलाई लिएर मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शन भएको थियो । The post बलिवुड अभिनेता इमरान खानलाई प्रहरीले किन दियो भारत छोड्न नोटिस ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

बानियाँ तेस्रो मतसहित कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा तेस्रो स्थान हासिल गर्दै उनी केन्द्रीय कार्यसमितिमा पुगेका हुन्।... ...

कोशी बाढीपीडित चार सय परिवारलाई राहत सामग्री प्रदान
बाढीपीडितलाई बाँडिएको राहतमा दाल, चामल, बेडसिट, ब्ल्याङ्केट, साबुन, कपडा, झुल, खानेपानी फिल्टरलगायत दैनिक उपभोगका सामग्री छन् । ...

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली चीन जाने
काठमाडौँ । आईएसएफ फुटबल वर्ल्ड कपको २९औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ । प्रतियोगिता असोज ३१ गतेदेखि कात्तिक ९ गते... ...

चितवनको भरतपुर फुटबल क्लब ‘चौथो ज्योतिपुञ्ज कप’को फाइनलमा
रामपुर नगरपालिका–७, किसानबारीस्थित खेलमैदानमा आयोजित सेमिफाइनलमा चितवनकै सूर्यपुर एफसी, कालिकालाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान पक्का गरेको हो । ...


