Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बाढीपीडितलाई मासिक १५ हजार राहत, बढीमा ६ महिनासम्म उपलब्ध गराइने

बाढीपीडितलाई मासिक १५ हजार राहत, बढीमा ६ महिनासम्म उपलब्ध गराइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीपीडितलाई मासिक १५ हजार राहत, बढीमा ६ महिनासम्म उपलब्ध गराइने

काठमाडौं । सरकारले गत भदौमा आएको बाढीबाट क्षतिग्रस्त निजी आवासका प्रभावित परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म मासिक आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। होल्डिङ सेन्टरमा नबसी निजी रूपमा अस्थायी बसोबासको व्यवस्था गर्न चाहने परिवारलाई बढीमा ६ महिनासम्म राहत रकम उपलब्ध गराइने भएको हो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चार जनासम्म सदस्य भएका परिवारलाई प्रतिमहिना १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। चार जनाभन्दा बढी सदस्य भएका परिवारलाई भने थप प्रत्येक सदस्यबापत मासिक दुई हजार रुपैयाँ प्रदान गरिनेछ। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार प्रभावित परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि तत्काल राहतस्वरूप उक्त रकम उपलब्ध गराइनेछ। यसैगरी, मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी नदीमा आएको बाढीबाट अति प्रभावित गोरखाका तीन गाउँपालिका र धादिङको एक गाउँपालिकाका दुई वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। निर्णयअनुसार गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। त्यस्तै, धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नम्बर १ र २ पनि संकटग्रस्त क्षेत्र घोषित भएका छन्। यसैगरी, २०८३ असोज ८ देखि ११ गतेसम्म भएको वर्षाका कारण आएको बाढी तथा पहिरोबाट अति प्रभावित बागलुङका थप दुई स्थानीय तहलाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। मन्त्रिपरिषद्ले गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। सरकारको यस निर्णयले बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई अस्थायी आवास र दैनिक जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

नेपालमा नोभेम्बर १७ देखि आईसीसी एसिया सम्मेलन हुने
ताजा खबरJust now

नेपालमा नोभेम्बर १७ देखि आईसीसी एसिया सम्मेलन हुने

काठमाडौँ। नेपालमा आगामी नोभेम्बर १७ देखि २१, २०२६ सम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापन तथा आईसीसीको आयोजनामा सम्मेलन हुन... ...

रातोपाटी
सिद्धार्थ बैंकको मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’सञ्चालनमा ल्यायो
ताजा खबरJust now

सिद्धार्थ बैंकको मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’सञ्चालनमा ल्यायो

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो । मोबाइल बैंकिब एपको लगइन स्क्रिनमा उपलब्ध यस गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन् । ...

कर्पोरट खबर
हेटौंडाको ट्राफिक अस्तव्यस्तता, प्रहरीदेखि उपमहानगरपालिका जिम्मेवारी पन्छ्याउँदै
ताजा खबरJust now

हेटौंडाको ट्राफिक अस्तव्यस्तता, प्रहरीदेखि उपमहानगरपालिका जिम्मेवारी पन्छ्याउँदै

• हेटौंडामा सवारी चाप बढ्दै गए पनि ट्राफिक व्यवस्थापन र पूर्वाधारमा सुधार हुन सकेको छैन, जसले समस्या चुल्याएको छ। • स्थानीय सरकार र प्रहरीबीचको समन्वयको अभावले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ, र यसलाई समाधान गर्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता छ। • हेटौंडाको ट्राफिक व्यवस्थापन सुधार गर्न बुद्धचोक, सीमाचोक र बाइपास क्षेत्रको सवारी चाप अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिइएको ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play