Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/पाँच हजार रुपैयाँमा ३० एमबीपीएसको प्याकेजका लागि नियामक निकायबाट स्वीकृति लिएको नेपाल टेलिकमको भनाई

पाँच हजार रुपैयाँमा ३० एमबीपीएसको प्याकेजका लागि नियामक निकायबाट स्वीकृति लिएको नेपाल टेलिकमको भनाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाँच हजार रुपैयाँमा ३० एमबीपीएसको प्याकेजका लागि नियामक निकायबाट स्वीकृति लिएको नेपाल टेलिकमको भनाई

नेपाल टेलिकमले हालै जारी गरेको रू ४,९९९ बराबरको ३० एमबीपीएसको प्याकेज नियामक निकायबाट स्वीकृति लिएरनै ल्याएको जानकारी गराएको छ। कम्पनीले आज प्रेस विज्ञप्ती प्रकाशित गर्दै हालै जारी गरेको रू ४,९९९ बराबरको ३० एमबीपीएसको प्याकेजको सम्बन्धमा तथ्य भन्दा फरक रुपमा समाचारहरु प्रकाशित/प्रशारित भइरहेकोमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीका प्रवक्ता डा. कमल लामिछानेकाअनुसार, नेपाल दूरसञ्चार प्राधिकरणको २०८३ असोज ३० गतेको इन्टरनेट सेवा प्रदायकहरुले प्राप्त गरेको अनुमति पत्रको सर्त विपरित काम गरेको भन्ने सम्बन्धमा जारी प्रेस विज्ञप्तिलाई आधार मानी उक्त भ्रमपूर्ण समाचार सम्प्रेषण भएको पाइएको हो। तर, नेपाल टेलिकमले विगत देखि निरन्तर रुपमा सञ्चालन गर्ने प्याकेजहरु स्वीकृतिको लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने गरेको उल्लेख गरेको छ। कम्पनीले २०८३ असोज ३० गते अफरको रुपमा सञ्चालनमा ल्याएको प्याकेजको सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी गराई सकिएको र उक्त प्याकेज कम्पनीले विद्यार्थी अफरको रुपमा यसअघि प्राधिकरणलाई जानकारी गराई सञ्चालनमा ल्याएको अफर समेत भएको दाबी गरेको छ। “अतः विभिन्न सञ्चार माध्यमा आएका ३० एमबीपीएसको एफटीटीएच प्याकेज, रु. ४,९९९ वरावरको सस्तो प्याकेजको स्वीकृति र सञ्चालनका वारेमा कुनै भ्रममा नपर्नु हुन सरोकारवाला सबैमा अनुरोध छ,” प्रवक्ता लामिछानेले भनेका छन्, “नेपाल टेलिकमले नेपाल सरकारको स्वीकृत नीति एवं कानुनको परिधिभित्र रही कार्य गरिरहेको र कानुन पालनामा सदाझै प्रतिवद्ध रहेको समेत जानकारी गराइन्छ।” The post पाँच हजार रुपैयाँमा ३० एमबीपीएसको प्याकेजका लागि नियामक निकायबाट स्वीकृति लिएको नेपाल टेलिकमको भनाई appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

अमेजनले प्रो सदस्यता सहित नयाँ बी पर्सनल एआई डिभाइसहरु लन्च गर्यो
प्रविधिJust now

अमेजनले प्रो सदस्यता सहित नयाँ बी पर्सनल एआई डिभाइसहरु लन्च गर्यो

अमेजनले दुई नयाँ मोडेलहरू सहित बी पर्सनल एआई उपकरण पुन: लन्च गरेको छ। जसमा एउटा पहिरनयोग्य र क्रेडिट कार्ड आकारको भ्वाइस रेकर्डर समावेश छ, जसले एआई ग्याजेट बजारमा आफ्नो पछिल्लो कदमलाई चिन्ह लगाउँछ। गत वर्ष अमेजनद्वारा अधिग्रहण गरिएको, बी भ्वाइस नोटहरु र एआई अन्तरक्रियाहरू रेकर्ड गर्ने ह्यान्डहेल्ड डिभाइस हो। नयाँ दायरामा ७५ डलरमा बी फ्रन्टियर समावेश छ, जुन नाडीमा ब्याण्डको रूपमा लगाउन ...

टेक्नोलोजी खबर
के विवादमा परेको हो नेपाल टेलिकमको ४,९९९ रुपैयाँको इन्टरनेट प्याकेज ? यस्तो छ कम्पनीको जवाफ
प्रविधिJust now

के विवादमा परेको हो नेपाल टेलिकमको ४,९९९ रुपैयाँको इन्टरनेट प्याकेज ? यस्तो छ कम्पनीको जवाफ

काठमाडौं । नेपाल टेलिकमले ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराएको ३० एमबीपीएसको एफटीटीएच इन्टरनेट प्याकेज नियामक निकायलाई जानकारी गराएर सञ्चालनमा ल्याइएको स्पष्ट पारेको छ ।प्याकेजको स्वीकृति र सञ्चालनसम्बन्धी विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथ्यसँग मेल नखाने भन्दै कम्पनीले आपत्ति जनाएको हो । नेपाल टेलिकमले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त प्याकेजका सम्बन्धमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख ...

आइसिटी समाचार
मेटाले सार्वजनिक गर्यो म्याक कम्प्युटरमा चल्ने ओपन वेट एआई मोडेल
प्रविधिJust now

मेटाले सार्वजनिक गर्यो म्याक कम्प्युटरमा चल्ने ओपन वेट एआई मोडेल

मेटाले अमेरिकामा उपलब्ध औपन वेट अर्थात् खुला तौलका एआई मोडेलमध्ये सबैभन्दा सक्षम मोडेल भएको दाबी गर्दै ‘म्युज स्पार्क ओपन’ सार्वजनिक गरेको छ। यो मोडेल म्याक कम्प्युटरमा चल्ने गरी तयार पारिएको छ। मेटाले बिहीबार सार्वजनिक गरेको मूल्याङ्कन नतिजाअनुसार नयाँ मोडेलमा ८१६ अर्ब प्यारामिटर र १० लाख टोकनको कन्टेक्स्ट विन्डो रहेको छ। कम्पनीले यो मोडेलले अन्य लोकप्रिय खुला तौलका मोडेलभन्दा राम्रो प्रदर्शन गर्ने ...

टेक्नोलोजी खबर
एनपीएल २०२६: टोलीमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, आईसीसीका ५ अनिवार्य सर्त लागू
प्रविधिJust now

एनपीएल २०२६: टोलीमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, आईसीसीका ५ अनिवार्य सर्त लागू

३१ असोज, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा अब प्रत्येक टोलीले अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने भएका छन्। क्यान सचिव पारस खड्काका अनुसार आईसीसीको स्वीकृतिसँगै mandatory NOC, एन्टी करप्सन, अम्पायरिङ र अस्वीकृत क्रिकेटमा प्रतिबन्धसम्बन्धी ५ वटा कडा सर्त लागू गरिएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) […] The post एनपीएल २०२६: टोलीमा ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play