Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बागलुङमा बोलेरोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

बागलुङमा बोलेरोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
बागलुङमा बोलेरोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–८ सुनारथोकमा बोलेरो पिकअपको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार दिउँसो करिब ३ः५० बजे ढोरपाटनबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ज ४९०४ नम्बरको बोलेरो पिकअपले सडक पार गर्दै गरेका स्थानीय अंकित विकका छोरा रिकोस विकलाई ठक्कर दिएको हो। सडकमा खेलिरहेका बालक गाडी आएको देखेपछि दौडिएर सडक पार गर्ने क्रममा दुर्घटनामा परेका थिए। पिकअपको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको थियो। अस्पतालमा साँझ ६ बजे पुर्‍याइएका बालकलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। उनको शव अस्पतालकै शवगृहमा राखिएको छ। घटनास्थल ढोरपाटन प्रहरी चौकीबाट करिब एक किलोमिटर पश्चिममा पर्छ। दुर्घटनाबारे जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक आशिक क्षेत्रीको नेतृत्वमा ढोरपाटन प्रहरी चौकीबाट चार जना र प्रहरी नायब निरीक्षक सुदीप भट्टराईको नेतृत्वमा ट्राफिक प्रहरीसहित छ जनाको टोली इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट घटनास्थलमा खटिएको थियो। दुर्घटनामा संलग्न बोलेरो पिकअप र चालक हिमाल विकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दिल्ली प्रहरीले ककरोच पार्टीका संस्थापक अभिजित दीपकेलाई बनायो ‘बेपत्ता’
ताजा खबरJust now

दिल्ली प्रहरीले ककरोच पार्टीका संस्थापक अभिजित दीपकेलाई बनायो ‘बेपत्ता’

भारतको ककरोच जनता पार्टी (सीजेपी) ले आफ्ना संस्थापक नेता अभिजित दीपकेलाई दिल्ली प्रहरीले अज्ञात स्थानमा लगेको दाबी गरेको छ।  सीजेपीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘दिल्ली प्रहरीले अभिजित दीपकेलाई अज्ञात स्थानमा लगेको छ। उनीसँग हाम्रो सम्पर्क टुटेको छ। उनलाई आफ्ना वकिलहरूसँग कुरा गर्न अहिलेसम्म अनुमति दिइएको छैन। यो सरकारले युवा... ...

नेपालखबर
जाडोयाममा युक्रेनका लाखौँ नागरिक फेरि विस्थापित हुने जोखिममा
ताजा खबरJust now

जाडोयाममा युक्रेनका लाखौँ नागरिक फेरि विस्थापित हुने जोखिममा

काठमाडाैँ । रुसको आक्रमणपछि घर फर्किएका लाखौँ युक्रेनी नागरिक आगामी जाडोयाममा पुनः विस्थापित हुन सक्ने जोखिममा रहेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार... ...

रातोपाटी
१० बजे १० समाचार :  राष्ट्रपतिले जारी गरे अध्यादेश, प्रचण्ड–माधव हेरेको हेर्‍यै
ताजा खबरJust now

१० बजे १० समाचार : राष्ट्रपतिले जारी गरे अध्यादेश, प्रचण्ड–माधव हेरेको हेर्‍यै

काठमाडौँ। आज मिति २०८३ साल असोज महिनाको ३० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- मन्त्रिपरिषद्का... ...

रातोपाटी
एनपीएलमा ‘डीआरएस आउँदै’
ताजा खबरJust now

एनपीएलमा ‘डीआरएस आउँदै’

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले तेस्रो सिजनको एनपीएलमा ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) लागु गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play