Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त

राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मंगलबार भएको निर्वाचनमा नेपालले १८० मतमध्ये १७३ मत प्राप्त गर्दै एसिया–प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशमध्ये सबैभन्दा बढी मत हासिल गरेको हो। निर्वाचनपछि न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले वक्तव्य जारी गर्दै नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने सबै सदस्य राष्ट्रप्रति आभार व्यक्त गरेको छ। ‘बहुपक्षीयता, मानव अधिकार, अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेको नियममा आधारित अन्तर्राष्ट्रिय प्रणालीप्रतिको नेपालको प्रतिबद्धतामा विश्वास र भरोसा व्यक्त गर्नुभएकामा हामी संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रप्रति हार्दिक आभार व्यक्त गर्दछौँ’, नियोगको विज्ञप्तिमा भनिएको छ। नियोगले मानव अधिकार परिषद्को नयाँ कार्यकालका लागि निर्वाचित अन्य राष्ट्रलाई पनि बधाई दिएको छ। सन् २०२७–२०२९ कार्यकालका लागि ब्राजिल, बुरुन्डी, डोमिनिकन गणतन्त्र, जर्मनी, घाना, आयरल्यान्ड, जापान, जोर्डन, कुवेत, माल्दोभा, नाइजेरिया, युक्रेन, उरुग्वे र जाम्बिया निर्वाचित भएका छन्। नेपालले संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्र तथा अन्य साझेदारसँग नजिकबाट सहकार्य गर्दै मानव मर्यादाको संरक्षण, समावेशिताको प्रवर्द्धन, सामाजिक न्याय तथा सबैका लागि समान र न्यायोचित विकासलाई अघि बढाउने प्रतिबद्धता जनाएको छ। नेपाल यसअघि सन् २०१८–२०२० र २०२१–२०२३ गरी लगातार दुई कार्यकाल परिषद्को सदस्य भइसकेको छ। नयाँ निर्वाचनसँगै नेपालले सन् २०२७ जनवरी १ देखि तेस्रो कार्यकालका लागि परिषद्को सदस्यका रूपमा काम गर्नेछ। सन् २००६ मा स्थापना भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि काम गर्ने राष्ट्रसङ्घको प्रमुख अन्तरसरकारी निकाय हो। स्वीट्जरल्यान्डको जेनेभामा मुख्यालय रहेको परिषद्मा भौगोलिक प्रतिनिधित्वका आधारमा ४७ सदस्य राष्ट्र रहने व्यवस्था छ। सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसङ्घको महासभाबाट तीन वर्षका लागि निर्वाचित हुन्छन्। परिषद्ले सदस्य राष्ट्रहरूमा मानव अधिकारको अवस्थाको समीक्षा गर्ने, मानव अधिकार उल्लङ्घनसम्बन्धी विषयमा छलफल गर्ने, आवश्यक सिफारिस गर्ने तथा मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई प्रोत्साहन गर्दै आएको छ। विश्वव्यापी आवधिक समीक्षा प्रक्रियामार्फत सबै सदस्य राष्ट्रको मानव अधिकार अवस्थाको मूल्याङ्कनसमेत गरिन्छ। परिषद्मा नेपालको सदस्यताले अन्तर्राष्ट्रिय मानव अधिकार मञ्चमा नेपालको प्रतिनिधित्व थप सुदृढ गर्ने अवसर प्रदान गरेको छ। सदस्यका रूपमा नेपालले मानव अधिकार, मानव मर्यादा, समानता, समावेशिता, सामाजिक न्याय र अन्तर्राष्ट्रिय कानुनको सम्मानका विषयमा बहुपक्षीय संवाद तथा सहकार्यमा योगदान दिन सक्नेछ। यससँगै मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयन, आधारभूत स्वतन्त्रताको संरक्षण तथा मानव अधिकारका विश्वव्यापी मान्यताप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने जिम्मेवारी पनि नेपालमाथि रहनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दसैँअगाडि नै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति : ऊर्जामन्त्री श्रेष्ठ
ताजा खबरJust now

दसैँअगाडि नै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दसैँअगाडि नै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने बताएका छन् । मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा उनले निजी क्षेत्रलाई विद्युत् व्यापारमा प्रवेश गराउन आवश्यक... ...

रातोपाटी
बल्खुमा यात्रुलाई जबरजस्ती तान्ने र चालकलाई धम्क्याएर रकम असुल्ने ३ जना पक्राउ
ताजा खबरJust now

बल्खुमा यात्रुलाई जबरजस्ती तान्ने र चालकलाई धम्क्याएर रकम असुल्ने ३ जना पक्राउ

काठमाडौँ । काठमाडौँको बल्खुमा उपत्यका बाहिर जाने यात्रुहरूलाई दुःख दिने र चालकहरूसँग जबरजस्ती रकम माग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले उपत्यका बाहिर जाने लागेका यात्रुहरूलाई गाडीको सिट... ...

रातोपाटी
घरेलु हिंसा र ठगीको आरोप अस्वीकार गर्दै सुनारले भने, ‘१३ वर्ष पुरानो व्यक्तिगत विवाद उचालेर चरित्रहत्या गर्न खोजियो’
ताजा खबरJust now

घरेलु हिंसा र ठगीको आरोप अस्वीकार गर्दै सुनारले भने, ‘१३ वर्ष पुरानो व्यक्तिगत विवाद उचालेर चरित्रहत्या गर्न खोजियो’

काठमाडौँ । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि लगाइएका घरेलु हिंसा, आर्थिक लेनदेन तथा कूटनीतिक मर्यादाविपरीतका आरोपहरूको खण्डन गरेका छन्। संघीय संसदको संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकमा... ...

रातोपाटी
सांसदकाे प्रश्नमा  गिरीबहादुरको जबाफ– उनकै प्रस्तावमा बच्चा जन्मिएकाे हाे
ताजा खबरJust now

सांसदकाे प्रश्नमा गिरीबहादुरको जबाफ– उनकै प्रस्तावमा बच्चा जन्मिएकाे हाे

काठमाडौँ। साउदी अरबका लागि प्रस्तावित राजदूत गिरि बहादुर सुनारले आफू डिभोर्सी भएको दाबी गर्दै पीडित भनिएकी महिलाकै प्रस्तावमा बच्चा जन्मिएको बताएका छन्। बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा समिति सदस्यहरूले उनीमाथि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play