न्यायाधीश बम हत्याका दोषी बाबु थापा सर्लाहीबाट पक्राउ

सर्लाही । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका फरार प्रतिवादी बाबु थापा पक्राउ परेका छन्। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थापालाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनलाई बुधबार राति सर्लाहीको बागमती नगरपालिका–स्थित मिलनचोकमा रहेको घरबाट पक्राउ गरिएको हो। थापा न्यायाधीश बमको हत्यामा दोषी ठहर भएपछि कैद सजाय भोगिरहेका थिए। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

बानियाँ तेस्रो मतसहित कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा तेस्रो स्थान हासिल गर्दै उनी केन्द्रीय कार्यसमितिमा पुगेका हुन्।... ...

कोशी बाढीपीडित चार सय परिवारलाई राहत सामग्री प्रदान
बाढीपीडितलाई बाँडिएको राहतमा दाल, चामल, बेडसिट, ब्ल्याङ्केट, साबुन, कपडा, झुल, खानेपानी फिल्टरलगायत दैनिक उपभोगका सामग्री छन् । ...

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली चीन जाने
काठमाडौँ । आईएसएफ फुटबल वर्ल्ड कपको २९औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ । प्रतियोगिता असोज ३१ गतेदेखि कात्तिक ९ गते... ...

चितवनको भरतपुर फुटबल क्लब ‘चौथो ज्योतिपुञ्ज कप’को फाइनलमा
रामपुर नगरपालिका–७, किसानबारीस्थित खेलमैदानमा आयोजित सेमिफाइनलमा चितवनकै सूर्यपुर एफसी, कालिकालाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान पक्का गरेको हो । ...


