ओमानविरुद्ध नेपाल ११३ रनले विजयी

काठमाडौं । बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी शृङ्खलामा लगातार दोस्रो जित हासिल गरेको छ। मंगलबार अल अमेरतस्थित मिनिस्ट्री टर्फ–१ क्रिकेट मैदानमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो। नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भयो। ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाउनुभयो। जय ओडेराले २५ रन बनाउनुभयो। ओमान एक समय १२ ओभरमा ४१ रन बनाउँदा ६ विकेट गुमाएर कठिन अवस्थामा पुगेको थियो। त्यसपछि कप्तान शुक्ला र ओडेराले ८३ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गर्नुभयो। तर, नेपाली बलरले अन्य ब्याटरलाई टिक्न नदिएपछि ओमानले ठूलो हार बेहोर्नुपर्यो। नेपालका नन्दन यादवले ६ ओभरमा १२ रन खर्चेर तीन विकेट लिनुभयो। कप्तान सन्दीप लामिछानेले नौ ओभरमा २८ रन दिएर तीन विकेट लिनुभयो। दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक विकेट लिनुभयो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाउनुभयो। ६७ बल सामना गर्नुभएका उहाँले तीन चौका र एक छक्का प्रहार गर्नुभयो। करण केसीले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै १६ बलमा अविजित ४० रन बनाउनुभयो। उहाँले ४९औँ ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गर्नुभयो भने अन्तिम ओभरमा शाह फैसललाई पनि छक्का प्रहार गर्नुभयो। नेपालका लागि अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पाण्डेले समान ३७ तथा दीपेन्द्रसिंह ऐरीले २२ रन बनाउनुभयो। ओमानका शाह फैसल, शकील अहमद र करण सोनाभालेले दुई–दुई विकेट लिनुभयो भने हस्नेन शाहले एक विकेट लिनुभयो। यस जितसँगै लिग–२ को अंकतालिकामा छैटौँ स्थानमा रहेको नेपालको ३४ खेलबाट २८ अंक पुगेको छ। ओमान भने ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ। नेपालले अब आगामी शनिबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगरबस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन्। उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चार थान ४१ सिटे र तीन थान ३६... ...

‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’
कर्णाली। हिन्दुहरूको महान् पर्व दसैँ तथा तिहारको अवसर छ। रोजगारी तथा कामको सिलसिलामा स्वदेश तथा विदेशका गएका सबै नेपालीहरू राष्ट्रिय पर्व मनाउन घर फर्कँदैछन् । लामो समयदेखि परिवार, आफन्तजन र... ...

जर्मनी र बेलायतका विदेशमन्त्रीद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउन माग
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेपछि जर्मनी र बेलायतका विदेशमन्त्रीले युक्रेनमाथि रुसको आक्रमणको जवाफमा मस्कोमाथि थप प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका छन्। जर्मन विदेशमन्त्री जोहान... ...

सामाजिक सञ्जलामा वाक स्वतन्त्रताको नाममा बेथिति
चितवन। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको जनाउँदै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय मानवअधिकार आयोगद्वारा नेपाल पत्रकार महासङ्घ चितवनसँगको सहकार्यमा आज यहाँ आयोजित अभिव्यक्ति स्वतन्त्रताको अवस्थाको विषयक छलफलमा सहभागीहरुले सामाजिक... ...


