जलवायु सम्मेलनमा हिमालको मुद्दा सशक्त रूपमा उठाइने : परराष्ट्रमन्त्री शिशिर खनाल

<p>काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप) मा नेपालले पर्वतीय क्षेत्रका समस्या र हिमनदी पग्लिने जोखिमलाई प्रमुख एजेन्डाका रूपमा सशक्त ढङ्गले उठाउने बताएका छन् ।<p>शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री खनालले अस्ट्रेलिया, तुभालु र फिजीद्वारा आयोजित ‘प्यासिफिक प्री–कोप’ मा सहभागिता जनाउँदै जलवायु परिवर्तनका कारण टापु राष्ट्रहरू मात्र नभई नेपालजस्ता हिमाली मुलुकहरू पनि उत्तिकै जोखिमको अग्रपंक्तिमा रहेको विषय अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरिएको जानकारी दिए । यसअघि समुद्री सतह वृद्धि (सी–लेभल राइज) को विषय मात्र प्राथमिकतामा पर्ने गरेकोमा यस पटक प्री–कोपको अन्तिम घोषणापत्रमै हिमनदी पग्लिने (ग्लेसियर एन्ड आइस मेल्ट्स) मुद्दालाई औपचारिक रूपमा समावेश गराउन नेपाल सफल भएको उनले बताए ।</p><p>मन्त्री खनालले आगामी कोप सम्मेलनमा नेपालका मुख्य तीन एजेन्डा रहने प्रस्ट पारे । उनका अनुसार विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा बढी हुन नदिन विकसित राष्ट्रहरूबाट स्पष्ट र दृढ प्रतिबद्धता खोजिनेछ । यसैगरी, जटिल र लामो प्रक्रियाको सट्टा विपद्ग्रस्त राष्ट्रहरूले सजिलै पाउन सक्ने अनुदानमा आधारित तथा भरपर्दो (प्रेडिक्टेबल) जलवायु वित्त प्रणाली स्थापना हुनुपर्ने विषयलाई प्राथमिकता दिइनेछ । साथै समुद्री सतह वृद्धि हुनुको मुख्य स्रोत नै हिमनदी पग्लिनु भएकाले जलवायु संकटलाई टुक्राटुक्रामा नभई समग्र पर्यावरण (इकोसिस्टम) को दृष्टिकोणबाट हेरिनुपर्ने नेपालको अडान रहनेछ ।</p><p>यसैबीच, हालै भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोको विपद्पछि अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमार्फत ‘लस एण्ड ड्यामेज फण्ड’ मा अधिकतम सीमा २० मिलियन अमेरिकी डलरको दाबी पेस गरिएको परराष्ट्रमन्त्री खनालले जानकारी दिए । विपद्का बेला लामो प्रशासनिक झन्झटविना तुरुन्तै स्रोत परिचालन (र्यापिड डिस्पर्समेन्ट) हुनुपर्ने मान्यतासहित दाबी पेस गरिएको र आगामी कोप सम्मेलनअगावै यसबारे सकारात्मक घोषणा आउनेमा सरकार आशावादी रहेको उनले बताए ।</p> </p>
Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

देशको अवस्थाप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, राष्ट्रिय एकता र सुशासनमा जोड
पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमा पूर्व राजा शाहले प्राकृतिक विपद्का कारण सर्वसाधारणले भोग्नुपरेको पीडा, देशको वर्तमान राजनीतिक अस्थिरता तथा खस्कँदो आर्थिक-सामाजिक अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्। भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको भीषण बाढी तथा अविरल वर्षाका कारण ठुलो जनधनको क्षति भएको उल्लेख गर्दै उनले शोकलाई ...

नेपालका लागि भारतको नयाँ राजदूतमा सुधाकर दलेला नियुक्त
नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला नियुक्त भएका छन्। भारतीय विदेश मन्त्रालयले दलेला नेपालका लागि राजदूत नियुक्त भएको शुक्रबार जनाएको हो। ‘सुधाकर दलेला जो मन्त्रालयमा सचिव हुनुहुन्छ, नेपालका लागि भारतको आगामी राजदूत नियुक्त हुनुभएको छ,’ विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ। उनले चाँडै आफ्नो पदभार ग्रहण गर्ने विदेश मन्त्रालयले जनाएको छ। यसअघि राजदूत रहेका नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्किएपछि उनको ठाउँमा भारतले दलेलालाई ...

दसैंमा युरिक एसिड भएका बिरामीले के खाने, के नखाने ?
दसैं भन्नेबित्तिकै मासुका परिकार, मिठोमसिनो र आफन्तसँगको जमघट सम्झिन्छौं । वर्षभरि जे–जस्तो खाए पनि दसैंमा त मीठो खाने, रमाइलो गर्ने भन्ने धेरैको सोच हुन्छ । यो समय अरू बेलाभन्दा बढी मासुसँगै बियर वा अन्य मदिरा पिउनेहरू पनि हुन्छन् । सामान्य दिनमा खानपानमा विशेष ध्यान दिनेहरू समेत दसैंको बेला अलि बढी नै खान्छन् । आखिर, चाडपर्वमा… ...


