Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/कोरलानाकाबाट भित्रिएका ‘इभी’ गन्तव्यमा पुर्याउनै सकस, बिवाईडीका मात्रै २००० बढी गाडी मुस्ताङमा रोकिए

कोरलानाकाबाट भित्रिएका ‘इभी’ गन्तव्यमा पुर्याउनै सकस, बिवाईडीका मात्रै २००० बढी गाडी मुस्ताङमा रोकिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोरलानाकाबाट भित्रिएका ‘इभी’ गन्तव्यमा पुर्याउनै सकस, बिवाईडीका मात्रै २००० बढी गाडी मुस्ताङमा रोकिए

यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी (इभी) नेपाल भित्रिएको छ। यसरी कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी भने गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमा राखिएका छन् । शुक्रबार साँझदेखि सडक सञ्चालन भए पनि सडक सहज नभएकाले कोरलानाकाबाट नेपाल भित्रिएका विद्यतीय सवारीसाधनहरु अझै गन्तव्यतर्फ प्रस्थान गर्न सकेका छैनन्। उक्त सडक पूर्ण रूपमा सहज नभएको जनाउँदै सम्बन्धित प्रतिनिधिहरूले गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमै रोकिन पुगेको हो। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका अनुसार कोरलानाकाको खुला पठार र न्हेचुङस्थित मुस्ताङ भन्सार यार्डमा करिब दुई हजार बढी विद्युतीय सवारी पार्किङ गरी राखिएको छ। कोरलास्थित बिओपीका इन्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार कोरलानाकाको दशगजा क्षेत्रमा विभिन्न कम्पनीका दुई हजार बढी र भन्सार यार्डमा २०० बढी विद्युतीय गाडी पार्किङमा रहेको जानकारी दिए। “कोरलानाका क्षेत्रमा भन्सार जाँच पास भइसकेपछि स्थानीय चालकले भन्सार कार्यालयसम्म ल्याइपुर्याउँछन्, त्यसपछि कम्पनीकै चालकले विद्युतीय गाडी झार्ने गर्छन्”, सशस्त्र प्रहरी निरीक्षक धितालले भने, “नाकामा राखिएका गाडी भन्सार जाँचपासपछि तल पठाउन सहजीकरण गरेका छौँ ।” त्यसैगरी कोरलानाबाट भन्सार जाँचपास गरी जोमसोम झारिएका करिब पाँच सय बढी विद्युतीय सवारी जोमसोमका दुई पार्किङस्थलमा व्यवस्थापन गरिएको छ । अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालन भए पनि सडकको अवस्था अझै नाजुक रहेकाले जोमसोम झरेका विद्युतीय सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्न नसकेको बिवाईडी कम्पनीको खरिदकर्ता साइमेन्स इङ्कका प्रतिनिधि दीपक बुढाथोकीले जानकारी दिए। उनका अनुसार भारी वर्षाले सडक अवरुद्ध भएयता कोरलानाकाबाट भित्रिएका बिवाइडी कम्पनीका विभिन्न मोडलका २००० बढी गाडी मुस्ताङमा रोकिएको बताए। कम्पनीबाट कोरलानाकाबाट भित्रिएका विद्युती गाडी गन्तव्यतर्फ छुटाउन आएका उनले साना गाडीलाई गन्तव्यमा पठाउन अझै समस्या भएकाले जोमसोममै राखिएको उनको भनाइ छ। जोमसोम बसपार्क र भन्सार कार्यालयको जोमसोममा रहेको पार्किङस्थलमा भित्रिएका गाडीहरु थन्क्याइएको उनले उल्लेख गरे। असोज ११ गतेअघि बिवाइडी कम्पनीका गाडी करिब ४५० जति गन्तव्यमा पठाइएको भए पनि त्यसपछि भित्रिएका गाडी बेनी–जोमसोम सडक असहजताले गर्दा गन्तव्यमा पठाउन समस्या भएको उनले जानकारी दिए । साइमेक्स इङ्कले रसुवा र तातोपानी नाका बन्द भएपछि करिब तीन हजार बढी विद्युतीय गाडी कोरलानाकाबाट भित्र्याउने योजना रहेको उनको भनाइ छ । प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सोमबारसम्म कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका ६०० बढी कन्टेनर जिल्लाबाट गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् । यसैगरी जिल्लामा रोकिएका कन्टेनरहरु बाहिरिएसगै कोरलानाकामा मालवस्तु ढुवानी गर्न केही खाली कन्टेनर उकालो लागेको उनले जानकारी दिए। रासस The post कोरलानाकाबाट भित्रिएका ‘इभी’ गन्तव्यमा पुर्याउनै सकस, बिवाईडीका मात्रै २००० बढी गाडी मुस्ताङमा रोकिए appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामरा’का निगरानीमा
प्रविधिJust now

भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामरा’का निगरानीमा

भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ। भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ ओटा नयाँ सिसी क्यामरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सिसी क्यामेराको निगरानीमा राखिएको छ। यसअघि जडान भएका पुराना काम गर्ने २०४ सिसी क्यामरालाई समेत यसै प्रणालीअन्तर्गत ल्याउनेगरी जडान भइरहेको छ। यससँगै ६२२ वटा क्यामेरा महानगरभित्र जडान हुने भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

टेक्नोलोजी खबर
आईपीयू महासभामा जलवायुजन्य विपद् र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी प्रस्ताव पारित
प्रविधिJust now

आईपीयू महासभामा जलवायुजन्य विपद् र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी प्रस्ताव पारित

२८ असोज, काठमाडौं। अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३ औँ महासभामा जलवायुजन्य विपद् सम्बोधन तथा उत्थानशीलता अभिवृद्धि र अपाङ्गता भएका व्यक्तिको अधिकार तथा सशक्तीकरणसम्बन्धी प्रस्ताव पारित भएका छन्। तान्जानियाको अरुसामा अक्टोबर ५ देखि ९ (असोज १९ देखि २३) सम्म आयोजित महासभामा नेपालले प्रस्तुत गरेको हिमालय क्षेत्र तथा अन्य जलवायु संवेदनशील क्षेत्रमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता […] The post आईपीयू महासभामा जलवायुजन्य ...

आइसिटी फ्रेम
एनटीटी डाटाले जापानमा एन्थ्रोपिकका लागि ५०० मेगावाटको डाटा सेन्टर निर्माण गर्नेबारे छलफल गर्दै
प्रविधिJust now

एनटीटी डाटाले जापानमा एन्थ्रोपिकका लागि ५०० मेगावाटको डाटा सेन्टर निर्माण गर्नेबारे छलफल गर्दै

एनटीटी डाटा ग्रुप अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ‘एन्थ्रोपिक’ का लागि ओसाका प्रिफेक्चरमा डाटा सेन्टर निर्माण गर्ने सम्बन्धमा अन्तिम चरणको छलफलमा जुटेको उद्योग क्षेत्रका स्रोतहरूलाई उद्धृत गर्दै ‘निक्केई’ ले रिपोर्ट गरेको छ। प्रस्तावित यस सुविधाको लागत १ ट्रिलियन जापानी येनसम्म पुग्न सक्ने र यसको विद्युत खपत क्षमता ५०० मेगावाटसम्म हुने अनुमान गरिएको छ। यो प्रस्तावित संरचना जापानमा एन्थ्रोपिकको पहिलो समर्पित डाटा सेन्टर ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play