कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छिन्। महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो स्थानमा रहँदा निमा गिरी ३ हजार ९०६ मत प्राप्त गरी तेस्रो भएकी छन् । त्यस्तै कुसुमदेवी थापा ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौँ स्थानमा रहेर निर्वाचित भएकी छिन् । विनिता खड्का विजेता भए पनि उनीमाथि अदालतमा मुद्धा रहेकाले अहिलेलाई उनलाई निर्वाचन समितिले निर्वाचित घोषित नगर्ने भएको छ । निर्वाचित हुनेमा अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल छन्। प्राप्त मतपरिणामअनुसार विनिता खड्काले २ हजार ८६६, अनिता देवकोटाले २ हजार ८५३, रीता सेन ओलीले २ हजार ७००, सृजना अधिकारीले २ हजार ६५८ र मुना भुसालले २ हजार ५१४ मत प्राप्त गरेकी छिन्। त्यस्तै, गीता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रीता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुनका लागि ३६ उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुलातर्फका केन्द्रीय सदस्यहरूको मतगणना गरिएको हो। The post कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

विपद्का घटनामा मानवीय र भौतिक क्षति
काठमाडौँ । विभिन्न प्रकृतिका १६ वटा विपद्का घटनामा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । विपद्का कारण आठ वटा चौपायामा क्षति पुगेको छ भने करिब... ...

१२ बजे १२ समाचार : सरकार बदलिने क्रमसँगै दायित्वको भारी थपिँदै, कुन सडक कस्तो अवस्थामा छन् ?
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. कुन सडक कस्तो अवस्थामा छन् ? हिन्दु धर्मावलम्बीहरूको चाड बडादसैँ सुरु... ...

पहाडी भूभागमा हल्का वर्षा, तराईमा मौसम मुख्यतया सफा रहने
गोरखापत्र अनलाइन काठमाडौँ, असोज २७ गते । नेपाल मौसम विज्ञान विभागका अनुसार बिहीबारसम्म देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।विभागका अनुसार हाल देशमा पश्चिमी वायु र मनसुनी वा... ...

जुम्लामा २२९ मुद्दा फछ्र्योट
जुम्ला, २७ असोजः जिल्ला अदालतले एक वर्षको अवधिमा विभिन्न प्रकृति २२९ वटा मुद्दा फछ्र्योट गरेको छ । आर्थिक वर्ष २०८२÷८३ मा अदालतमा ३०८ मुद्दा दर्ता भएकामध्ये २२९ वटा फछ्र्योट भएको जिल्ला... ...


