रोबर्ट हल र माइकल वुडफर्डलाई यो वर्ष अर्थशास्त्रतर्फ नोबेल पुरस्कार

Reuters अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार रोबर्ट हल र माइकल वुडफर्डलाई प्रदान गरिने भएको छ।नोबेल पुरस्कार समितिले उनीहरूले गरेको "समष्टिगत आर्थिक स्थायित्वका लागि सूक्ष्म आर्थिक धरातल" सम्बन्धी अर्थशास्त्रीय अनुसन्धान र समष्टिगत अर्थतन्त्रका मोडेलहरू निर्माण गरेकाले पुरस्कृत गर्ने निर्णय गरिएको जनाएको छ।नोबेल समितिले विभिन्न छ विधामा पुरस्कार दिँदै आएको छ।गत साता सोमवारदेखि विभिन्न विधाका विजेताको नाम घोषणा गर्ने क्रम सुरु भएको थियो। यससँगै सबै विधाका विजेताहरूको नाम टुङ्गो लागेको छ। नोबेल पुरस्कार के हो, यसलाई किन विशेष मानिन्छनोबेल शान्ति पुरस्कार: के यी ६ जना सबैभन्दा विवादित विजेताहरू हुन्? सन् १९६९ देखि अहिलेसम्म गरेर नोबेल समितिले ५८ पटक अर्थशास्त्रतर्फ विभिन्न व्यक्ति र संस्थालाई तिनको योगदानको सम्मानार्थ पुरस्कृत गर्ने घोषणा गरेको छ। अहिलेसम्म पुरस्कृत हुनेमध्ये सन् २०१९ का विजेता एस्टेर डुफ्लो सबैभन्दा कम उमेरका व्यक्ति हुन्। उनी त्यतिबेला ४६ वर्षका थिए। सन् २००७ मा पुरस्कार घोषणा हुँदा लिओनिड हर्विच ९० वर्षका थिए। उनी यो विधामा पुरस्कृत हुने वृद्धतम व्यक्ति हुन्।यो वर्षका अरू विजेता को हुन् Getty Images नवनीतम नावी पिल्ले नोबेल शान्ति पुरस्कार पाउने २१औँ महिला हुन् चिकित्साशास्त्र : अमेरिकी मनोविद् तथा स्नायुविद् कार्ल डाइसरोथ अनि उनका जर्मन सहकर्मीहरू पिटर हेगेमान अनि गेयोर्ग नागेललाई अप्टोजेनेटिक्सको क्षेत्रमा महत्त्वपूर्ण गरेको कामका लागि भौतिकशास्त्र : बेल्जिअममा जन्मिएका र अमेरिकामा प्राध्यापन गर्ने फ्रान्सिस हाल्सनलाई 'आइसक्यूब न्यूट्रिनो अब्जर्भेटरी' स्थापना गर्न निर्णायक योगदान पुर्याएर अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रिनोहरू पत्ता लगाएकाले रसायनशास्त्र : फ्रान्सेली वैज्ञानिक अन्री बी कगान र जापानका केन्सो सोआईलाई प्राणीहरूमा विद्यमान रासायनिक असमतारूपको रहस्य पत्ता लगाएकाले साहित्य : क्यानडाकी एन कार्सनलाई "शास्त्रीय परम्परासँगको रोचक संवादमार्फत् समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने उनका साहसिक र नवीन कृतिहरूका लागि" कार्सनलाई शान्ति : दक्षिण अफ्रिकाकी नवनीतम नावी पिल्लेलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन प्रवर्धन गर्न योगदान पुर्याएकाले यसअघि अर्थशास्त्रतर्फ नोबेल पुरस्कार कसकसलाई दिइएको थियो सन् २०२५ : "नवप्रवर्तनबाट उत्प्रेरित आर्थिक वृद्धिको व्याख्या गरेकाले" जोएल माकर, फिलिप एगिअन र पीटर हाउइटलाई सन् २०२४: अमेरिकाका डारोन एसिमोग्लु, साइमन जोन्सन र जेम्स रोविन्सनलाई कुनै देशहरू किन धनी र कुनै देशहरू किन गरिब छन् भन्ने विषयमा अनुसन्धान गरेकाले २०२३: क्लाउडिया गोल्डिनलाई श्रमबजारमा महिलाले पुर्याएको योगदानबारे विशिष्ट अध्ययन गरेकाले २०२२ः बेन बेर्नाकेलाई डग्लस डाइअमन्ड र फिलिप डिब्भिगलाई ब्याङ्क तथा वित्तीय सङ्कटबारे गरिएको अनुसन्धानका लागि२०२१: डेभिड कार्डलाई श्रम अर्थशास्त्रको क्षेत्रमा पुर्याएको योगदानका लागि, तथा डी एन्ग्रेस्ट र गुइडो डब्ल्यू इम्बेन्सलाई कारण सम्बन्धहरूको विश्लेषणमा पद्धतिगत योगदानका लागि२०२०: पोल मिल्ग्रोम र रोबर्ट बी विल्सनलाई लिलामी सिद्धान्तमा सुधार र नयाँ लिलामी ढाँचाको विकासका लागि २०१९ः अभिजित बनर्जी, एस्टेर डुफ्लो र मिखाइल क्रेमरलाई विश्वव्यापी गरिबी निवारणसम्बन्धी प्रयोगात्मक शैलीका लागि"२०१८ः विलियम डी नोर्डहाउसलाई जलवायु परिवर्तनलाई दीर्घकालीन बृहत् आर्थिक विश्लेषणमा एकीकृत गर्ने कार्यका लागि, तथा पोल रोमरलाई दीर्घकालीन म्याक्रोइकोनोमिक विश्लेषणको एकीकृत प्राविधिक विकास गर्ने कार्यका लागि२०१७ः रिचर्ड थ्यालरलाई व्यवहारवादी अर्थशास्त्रमा उनको योगदानको लागि२०१६ः ओलिभर हार्ट र ब्याङ्ट थोलस्ट्रौमलाई करार सिद्धान्तमा उनीहरूले पुर्याएको योगदानका लागि२०१५ः एङ्गस डीटनलाई खपत, गरिबी र कल्याणबारे उनको विश्लेषणका लागि कसले गर्छ निर्णय Getty Images नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ। उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्वीडनको स्टक्होममा प्रदान गरिन्छ।नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ। त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँचसदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ।प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा १ करोड १० लाख स्वीडिश क्रोनर पाउँछन्।यदि एकभन्दा बढी विजेता भएमा उक्त रकम उनीहरूबीच भाग लगाइन्छ। उक्त रकम पाउनका लागि उनीहरूले एउटा मन्तव्य दिनुपर्छ।नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ। उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ। हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो। सडक अवरुद्ध भएपछि यहाँ उत्पादित स्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ। उक्त सडक सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो ...

तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
तनहुँ। तनहुँको भिमाद नगरपालिका-०५ शीतलमार्गस्थित भित्री सडक-खण्डमा मोटरसाइकलको ठक्करबाट एक तीन वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका अन्दाजी तीन वर्षीय स्वरूप गैरे रहेका छन्। मंगलबार बिहान करिब ८:५० बजे... ...

इजरायलका लागि प्रस्तावित राजदुत कर्णको कार्ययोजना : कुटनीतिक भ्रमण र श्रमिकको हित प्राथमिकतामा
काठमाडौं । इजरायलका लागि प्रस्तावित नेपाली राजदुत सुरेशकुमार कर्णले इजरायलसँगको द्विपक्षीय सम्बन्धलाई थप गतिशील बनाउँदै त्यहाँ कार्यरत नेपाली श्रमिकको हित रक्षाका लागि ठोस कार्ययोजना अघि सार्नुभएको छ । मंगलवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उहाँले कुटनीतिक भ्रमण, श्रम लागत न्युनिकरण र प्रविधिमा आधारित सेवा प्रवाहलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राख्नुभएको हो । प्रस्तावित राजदुत कर्णले सन् १९६० मा ...

एआई प्रयोग गरेर काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरियो : रास्वपा सांसद सुनार
रास्वपा सांसद खगेन्द्र सुनार भन्छन् : हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ । आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन् । एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् । ...


