सुदूरपश्चिममा प्रतिपक्षीको बहिष्कारबीच ३७ अर्ब ७० करोडको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ । प्रदेशसभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएसँगै करिब तीन महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो । आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरे । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको छलफल सुरु हुनुअघि नै विवाद चर्किएपछि त्यसयत प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो । बजेट विवाद समाधान गर्न सत्ताको नेतृत्वकर्ता दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बजेट संशोधन तथा विवादित विषयको छानबिन गर्न र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमत भएपछि प्रक्रिया अगाडि बढेको थियो । यहाँ बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भइ प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रहेको छ । सङ्घीय रोयल्टी बाँडफाँटवापत प्राप्त हुने रु सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ अर्ब छ करोड ३३ लाख, आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने नौ अर्ब ६५ करोड, ससर्त अनुदानबाट प्राप्त हुने छ अर्ब तीन करोड ५८ लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने ३८ करोड ८० लाख र विशेष अनुदानबाट रु ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान रहेको छ । The post सुदूरपश्चिममा प्रतिपक्षीको बहिष्कारबीच ३७ अर्ब ७० करोडको बजेट पारित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

विपद्का घटनामा मानवीय र भौतिक क्षति
काठमाडौँ । विभिन्न प्रकृतिका १६ वटा विपद्का घटनामा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । विपद्का कारण आठ वटा चौपायामा क्षति पुगेको छ भने करिब... ...

१२ बजे १२ समाचार : सरकार बदलिने क्रमसँगै दायित्वको भारी थपिँदै, कुन सडक कस्तो अवस्थामा छन् ?
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. कुन सडक कस्तो अवस्थामा छन् ? हिन्दु धर्मावलम्बीहरूको चाड बडादसैँ सुरु... ...

पहाडी भूभागमा हल्का वर्षा, तराईमा मौसम मुख्यतया सफा रहने
गोरखापत्र अनलाइन काठमाडौँ, असोज २७ गते । नेपाल मौसम विज्ञान विभागका अनुसार बिहीबारसम्म देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।विभागका अनुसार हाल देशमा पश्चिमी वायु र मनसुनी वा... ...

जुम्लामा २२९ मुद्दा फछ्र्योट
जुम्ला, २७ असोजः जिल्ला अदालतले एक वर्षको अवधिमा विभिन्न प्रकृति २२९ वटा मुद्दा फछ्र्योट गरेको छ । आर्थिक वर्ष २०८२÷८३ मा अदालतमा ३०८ मुद्दा दर्ता भएकामध्ये २२९ वटा फछ्र्योट भएको जिल्ला... ...


