Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बूढीगण्डकी बाढी पनि 'भोटेकोशीकै प्रकृतिको', तर सम्भावित ठूलो क्षति कसरी टर्‍यो

बूढीगण्डकी बाढी पनि 'भोटेकोशीकै प्रकृतिको', तर सम्भावित ठूलो क्षति कसरी टर्‍यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
बूढीगण्डकी बाढी पनि 'भोटेकोशीकै प्रकृतिको', तर सम्भावित ठूलो क्षति कसरी टर्‍यो

EPA/Shutterstock जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको प्रारम्भिक अध्ययनले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीको कारण पनि भदौ १० गतेको विनाशकारी भोटेकोशी-त्रिशूली बाढीमा जस्तै हिमपहिरो रहेको देखाएको छ। भूउपग्रहबाट प्राप्त थप तस्बिरहरू अध्ययन गरेर पहिरो र बाढीको कारणबारे विस्तृत प्रतिवेदन तयार गर्ने कार्य भइरहेको केन्द्रका वरिष्ठ जलविज्ञानविज्ञ विनोद पराजुलीले बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।"करिब ५,००० मिटरकै आसपासमा रहेको हिमक्षेत्रबाटै हिउँ समेत रहेको 'पर्मफ्रस्ट'(जमेको जमिन)को ठूलो क्षेत्र खसेको देखिन्छ। तल आउँदा यसले पहिरो पनि निम्त्याएको देखिन्छ," पराजुलीले भने। "त्यसकारण बूढीगण्डकी बाढीको रसुवा-भोटेकोशी बाढीसँग धेरै समानता छ भन्न मिल्छ।" बाढीमा घरबार गुमाएका मानिसले मासिक राहत पाउने के गर्नुपर्छ पहिरो आउँदा कसरी सुरक्षित रहने त्यसो भए उस्तै प्रकृतिको बूढीगण्डकी बाढीमा भोटेकोशी-त्रिशूली बाढीको जस्तो ठूलो मानवीय र भौतिक क्षति कसरी टर्‍यो त? विज्ञहरूले यसबारे कैयौँ सम्भावनाहरू औँल्याएका छन्।भोटेकोशी-त्रिशूली बाढीमा १,४०० जनाभन्दा धेरै मानिसको मृत्यु भएको पुष्टि भइसकेको छ भने अझै हराइरहेका ५,००० जनाभन्दा धेरैको अवस्था भएका छन्। बूढीगण्डकीको बाढीमा पाँच जना सम्पर्कविहीन भएको अधिकारीहरूले बताएका छन्।भोटेकोशीको तुलनामा बाढीको वेग 'निकै कम' RSS विज्ञहरूका अनुसार बूढीगण्डकी बाढीको वेग भोटेकोशी-त्रिशूली बाढीको तुलनामा निकै कम थियो।इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकस्थित विपद् अध्ययन केन्द्रका कार्यकारी निर्देशक वसन्तराज पराजुलीका अनुसार बूढीगण्डकीमा पहिरोले केही समय खोला थुनिएर बाढीको वेग कम घटाइदिएकाले पनि केही हदसम्म क्षति कम भएको हो।"पानीभन्दा पनि लेदो धेरै भएको कारणले केही बिस्तारै बगेर बूढीगण्डकीका तल्लो तटीय क्षेत्रमा असर गर्न नसकेको हो," अधिकारी भन्छन्।विज्ञहरूले बाढीसँगै आएको लेदो, ढुङ्गा, बालुवा र अन्य चट्टानी कणहरूको मात्रा पनि बूढीगण्डकीको तुलनामा भोटेकोशीमा धेरै रहेको बताएका छन्।जलविज्ञानविज्ञ पराजुलीले पनि बूढीगण्डकीमा कालो माटो धेरै देखिएको बताए। बुढीगण्डकी थुनिँदा पनि 'भूकम्पीय हलचल' मापन, के अझै खतरा बाँकी छ भदौको बाढी '१० करोड घनमिटर आयतनको हिमचट्टानका कारण', नयाँ अध्ययनका अरू निष्कर्ष के यसअघिका अध्ययनहरूले भोटेकोशी-त्रिशूली बाढीको औसत वेग १०० किलोमिटर प्रतिघण्टा रहेको देखाएका थिए। बूढीगण्डकी बाढीको वेग ४० देखि ५० किलोमिटर प्रतिघण्टा रहेको प्रारम्भिक अध्ययनहरूले देखाएका छन्। यद्यपि बाढी आरम्भ भएको समय यकिन नभएका कारण यसको वास्तविक वेग पहिचान गर्ने प्रयास भइरहेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ। विपद् अध्ययन केन्द्रका कार्यकारी निर्देशक अधिकारी पनि बाढीको वेग कम भएका कारण मानवीय क्षति कम भएको ठान्छन्। बूढीगण्डकीमा कति थियो पानी RSS विज्ञहरूका अनुसार अर्को कारण भोटेकोशी-त्रिशूली नदीको तुलनामा बूढीगण्डकीको माथिल्लो तटीय क्षेत्रमा निकै कम मात्र बस्ती छ।भोटेकोशी बाढीमा मृतक, बेपत्ता र विस्थापित मानिसहरूको प्रारम्भिक सङ्ख्या १५,००० जति रहेको विभिन्न सरकारी अध्ययनहरूले देखाएका छन्। बूढीगण्डकी नदीको माथिल्लो तटीय क्षेत्रमा करिब १,५०० देखि २,००० मात्रै "जोखिममा" रहेको विवरणहरू आएका छन्।"जोखिममा तुलनात्मक रूपमा कम बस्ती र जनसङ्ख्या थियो भन्न पनि मिल्छ," पराजुली भन्छन्।विपद् अध्ययन केन्द्रका अधिकारीका अनुसार बूढीगण्डकीको बाढी भोटेकोशी-त्रिशूली बाढीजस्तो अग्लो ठाउँसम्म नपुगेकाले पनि असर कम भएको हो। "बाढीको उद्गम समान भए पनि तल आउँदाको प्रकृति फरक छ। बूढीगण्डकीको नदी किनारमा पनि बस्तीहरू त छन् तर त्यसले असर गर्ने ठाउँमा चाहिँ बस्ती कम भएको हो," अधिकारी भन्छन्।"रसुवामा सीमानाका भएको र बाढी सुरु भएको माथिल्लो क्षेत्रमै बस्तीहरू भएका कारण असर गर्‍यो।" बाढी र पहिरोले बिथोलेका सडकमा चाडपर्वका बेला लाखौँ मानिसको आवतजावत कसरी होला भोटेकोशी र त्रिशूली नदीमा बगेर भारत पुगेको शव पहिचानमा ट्याटू कसरी सहयोगी बन्यो बूढीगण्डकी बाढीमा भोटेकोशीको तुलनामा पानीको मात्रा एकचौथाइ मात्रै थियो। भोटेकोशी-त्रिशूली बाढीपछि भएका प्रारम्भिक अध्ययनहरूले उक्त बाढीमा २०० करोड घनमिटर पानी रहेको देखाएका थिए।तर बूढीगण्डकीको बाढीमा ५० लाख घनमिटर मात्रै पानी रहेको प्रारम्भिक आकलनहरूले देखाएको विभागका वरिष्ठ जलविज्ञानविज्ञ पराजुली बताउँछन्।"बूढीगण्डकीको पानीको आयतन एकचौथाइजस्तै सानो देखिन्छ," उनले भने।भोटेकोशीमा उत्पन्न प्रकोपले सिकाएको पाठ RSS बूढीगण्डकी नदीमा बाढी आएको पूर्वसूचना सरकारी र गैरसरकारी दुवै क्षेत्रबाट भदौको बाढीभन्दा प्रभावकारी रूपमा प्रवाह भएको अधिकारी र जानकारहरू बताउँछन्।तिब्बत हुँदै रसुवामा भोटेकोशीमा आएको बाढीमा माथिल्लो क्षेत्रका मापनकेन्द्रहरू नै बगाएका कारण पूर्वसूचनामा केही ढिलाइ भएको अधिकारीहरूले यसअघि बताएका थिए। तर बूढीगण्डकीमा बाढी आएको क्षेत्रमा पूर्वसूचना सङ्कलन गर्ने केन्द्रहरू पर्याप्त नभए पनि समयमै पूर्वसूचना पठाउन सकिएको र भदौ १० को बाढीमा भन्दा अझै स्पष्ट रूपमा "सुरक्षित र अग्लो स्थानमा जान" सूचना पठाइएको पराजुली बताउँछन्।"यदि यो घटना भोटेकोशीभन्दा अगाडि भएको थियो भने क्षति बढी हुन सक्थ्यो। नागरिकहरूले पनि भोटेकोशी बाढीको सम्झना आयो र भाग्यौँ भन्नुभएको छ," पराजुली भन्छन्।"पक्की पुलहरू बगाउने तहको बाढी सानो होइन। त्यहाँ मानवीय क्षति हुन सक्थ्यो। अहिले पूर्वसूचनालाई गम्भीर रूपमा लिएर विश्वास गरेको देखियो।" हिमनदी र हिमताल विस्फोट भएर उत्पन्न हुने विपद्‌बाट कसरी जोगिने धेरैजसो 'दशैँका सामान रसुवामा बगे', बचेका 'कोरलामा अड्किए' बूढीगण्डकीमा पहिले सानो बाढी दुई पटक आएको र तेस्रो पटक ठूलो बाढी आएको हुनाले मानिसहरूलाई सुरक्षित स्थानमा जान समय पनि पर्याप्त भएको हुन सक्ने अधिकारीहरूले बुझाइ छ। विपद् अध्ययन केन्द्रका कार्यकारी निर्देशक रसुवामा नेपालतर्फ नै हिमपहिरो आए पनि नेपालतर्फ बस्ती नभएको र चीनतर्फ फर्किएको स्थानमा हिमपहिरो गएका कारण नेपालमा थाहा पाउन समय लागेको बताउँछन्।"जतिखेर थाहा पाइयो त्यसपछि भाग्ने समय कम भयो। तर त्यो घटनाले बाढी आउँदा भाग्नुपर्छ भन्ने सिकायो। बूढीगण्डकीमा माथिबाट ठूलो बाढी आउँदै छ भनेर स्थानीय मानिसहरूलेले लाइभ समेत गरेर सूचना दिएपछि यता पनि ठूलो बाढी आउन सक्छ है भनेर मानिसहरू सचेत भएको पनि देखियो," अधिकारी भन्छन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री
ताजा खबरJust now

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री

स्थानीय उत्पादनले माग नधान्ने हिमाली जिल्लाका गाउँसम्म खाद्यान्न पुर्‍याएर कम्पनीले अभाव र मूल्यवृद्धिको जोखिम घटाउने तयारी गरेको छ। ...

कान्तिपुर
सुकुमबासीलाई जग्गा : अध्यादेशले देखायो आश, तर राजस्व तगारो
ताजा खबरJust now

सुकुमबासीलाई जग्गा : अध्यादेशले देखायो आश, तर राजस्व तगारो

काठमाडौँ । सरकारले फेरि एकपटक भूमि ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकबाट सिफारिस भएको भएको उक्त अध्यादेश नेपाल राजपत्रमा मंगलबार प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो ।... ...

रातोपाटी
काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढ्यो
ताजा खबरJust now

काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढ्यो

काठमाडौँ । बडादसैँ सुरु भएसँगै काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढेको छ । काठमाडौँको कलंकीस्थित खसीबजार, भक्तपुरको सल्लाघारी लगायतका स्थानमा खसी बोकाको खरिद बिक्री बढेको हो । उपत्यकामा नजिकका जिल्लाका... ...

रातोपाटी
अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने
ताजा खबरJust now

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने

• कृति सेननले 'म्याडक फिल्म्स'को ब्यानरमा एक नयाँ हरर फिल्ममा काम गर्न सम्झौता गरेकी छिन्। • यो फिल्ममा कृति मुख्य भूमिकामा रहनेछिन् र यसमा हरर विधाको विशेषता हुनेछ। • म्याडक फिल्म्ससँगको यो सहकार्य कृतिको नवाैं हो र यसअघि उनले यस ब्यानरमा विभिन्न सफल फिल्महरूमा काम गरिसकेकी छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play