अर्थ मन्त्रालयअन्तर्गत राजस्व समूहका ८५ अधिकृतको सरुवा

काठमाडौँ । नेपाल प्रशासन सेवा, राजस्व समूह, राजपत्राङ्कित द्वितीय श्रेणी अन्तर्गत सरकारले व्यापक सरुवा तथा पदस्थापन गरेको छ । मिति २०८३ असोज २३ गतेको निर्णयअनुसार अर्थ मन्त्रालय, आन्तरिक राजस्व प्रशासन, भन्सार प्रशासन, राजस्व अनुसन्धान तथा सम्पत्ति शुद्धीकरण अनुसन्धानसँग सम्बन्धित ८५ जना अधिकृतको सरुवा गरिएको हो । सरुवा सूचीअनुसार ठुला करदाता कार्यालय हरिहरभवनका प्रमुख कर अधिकृतहरू सन्तबहादुर ढकाल, ध्रुवप्रसाद पाण्डे, अम्बिका प्रसाद खनाल र उद्धवराज न्यौपानेलाई उपसचिवका रूपमा अर्थ मन्त्रालयमा ल्याइएको छ । यस्तै आन्तरिक राजस्व कार्यालय महाराजगञ्जका मुक्तिराम आचार्य, नेपालगञ्जका पूर्णप्रसाद न्यौपाने, ललितपुर–२ की सीता आचार्य, वीरगञ्जका टिकाराज चौलागाईं तथा भैरहवाका प्रेमराज पोखरेलका पनि सुरुवा भएको छ । राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशकहरूलाई समेत अर्थ मन्त्रालयमा तानिएको छ। ध्रुवराज शर्मा, नरेन्द्रप्रकाश पाण्डेय तथा ध्रुव पोखरेल उपसचिवका रूपमा अर्थ मन्त्रालयमा सरुवा भएका छन् भने ध्रुव पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काजसमेत खटाइएको छ । मन्त्रालयबाट विभिन्न आन्तरिक राजस्व कार्यालयमा प्रमुख कर अधिकृतहरूको नयाँ जिम्मेवारी तोकिएको छ । प्रेमप्रसाद उपाध्याय नेपालगञ्ज, विनोद पाठक न्युरोड, राजकुमार खतिवडा बालाजु, गजेन्द्रप्रसाद यादव वीरगञ्ज र डोलिन्द्रप्रसाद शर्मा भैरहवा आन्तरिक राजस्व कार्यालयमा पठाइएका छन् । भन्सार प्रशासनतर्फ पनि महत्वपूर्ण फेरबदल गरिएको छ । किशोर बर्तौला कृष्णनगर भन्सार कार्यालय, राधेश्याम दाहाल कैलाली भन्सार कार्यालय तथा ज्ञानेन्द्रराज ढकाल वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार अधिकृतको जिम्मेवारीमा पुगेका छन् । यस्तै शिशिर रिजाल, नवराज पराजुली तथा ठाकुर आचार्यलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ । सरुवा सूचीअनुसार आन्तरिक राजस्व विभाग,भन्सार विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, प्राकृतिक स्रोत तथा वित्त आयोग र प्रदेश सरकारअन्तर्गतका आर्थिक मामिला मन्त्रालयहरूमा समेत कर्मचारी हेरफेर गरिएको छ । उपसचव-सरव-2083-6-23Download
Read Complete Original Article
Published originally on टक्सार
Related News
![दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]](https://hamrakura.com/uploads/news/images/badri-roy.jpg)
दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]
सीजी ब्रान्डले घरायसी प्रयोजनका सामग्रीहरू किन्दा भारी मात्रामा उपहार लिएर बजारमा आएको जनाएको छ । ...

दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास
• जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवमाथि अनियमितताको आरोप र उनकी बहिनीको स्वास्थ्य बीमा विवरण फेला परेको छ। • यादवले बहिनीलाई एटेंडेंट भिसामा ल्याउन चाहेका थिए, तर दूतावासले भिसा नदिएपछि विद्यार्थी भिसामा ल्याएको बताइएको छ। • यादवले ४२ दिनको हाजिरी गरेको विषयमा छानबिन र कारबाहीको मागसहित उजुरी परेको छ, र पत्रकारलाई धम्की दिएको आरोप पनि छ। ...

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने
• सरकारले पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ, जसमा नेपाल सरकारको ४० प्रतिशत शेयर स्वामित्व रहनेछ। • प्रस्तावित कानूनी व्यवस्थाबाट पूर्वाधार क्षेत्रमा लगानी बढ्ने, स्थानीय तहको वित्तीय पहुँच सुदृढ हुने र सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। • विधेयक पारित भएमा नगर विकास कोष ऐन, २०५३ खारेज हुनेछ र सम्पूर्ण सम्पत्ति, दायित्व ...



