Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, १० दिनपछि प्रतियोगिता सुरु हुने

एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, १० दिनपछि प्रतियोगिता सुरु हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट औपचारिक मान्यता पाएको छ। प्रतियोगिता सुरु हुन १० दिन बाँकी रहँदा आईसीसीले मान्यता दिएको हो। नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै एनपीएलको तेस्रो संस्करणले आईसीसीको मान्यता पाएको जानकारी दिएको छ। क्यानका अनुसार आईसीसीको मान्यताले नेपाली क्रिकेटको विकास र विस्तारमा सहयोग पुग्नुका साथै नेपालको घरेलु क्रिकेट प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउनेछ। ‘आईसीसीबाट मान्यता पाएसँगै नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्नेमा क्यान विश्वस्त रहेको छ,’ विज्ञप्तिमा भनिएको छ। एनपीएलको तेस्रो संस्करणले आईसीसीको मान्यता पाएसँगै प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचान थप स्थापित हुने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

चिकित्सा शिक्षा आयोगद्वारा सिट निर्धारण
ताजा खबरJust now

चिकित्सा शिक्षा आयोगद्वारा सिट निर्धारण

काठमाडौँ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play