Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सलिकोद्वारा रसुवा बाढी प्रभावित क्षेत्रमा २६ करोडभन्दा बढीको बीमा दाबी भुक्तानी

सलिकोद्वारा रसुवा बाढी प्रभावित क्षेत्रमा २६ करोडभन्दा बढीको बीमा दाबी भुक्तानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सलिकोद्वारा रसुवा बाढी प्रभावित क्षेत्रमा २६ करोडभन्दा बढीको बीमा दाबी भुक्तानी

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले रसुवा बाढीबाट प्रभावित क्षेत्रमा दुई महिना नपुग्दै बीमा दायित्वअन्तर्गत कुल २६ करोड ९ लाख २२ हजार २३४.७५ रूपैयाँ भुक्तानी गरेको छ। असोज २९ गतेसम्मको विवरणअनुसार कम्पनीले उक्त रकम भुक्तानी गरेको हो। प्रभावित क्षेत्रका बीमितहरूलाई आर्थिक राहत प्रदान गर्ने तथा क्षतिको आर्थिक भार न्यूनीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले हालसम्म २३ करोड ५ लाख ३९ हजार७८२.७५ रूपैयाँ अग्रिम भुक्तानी गरिसकेको छ भने ३ करोड ३ लाख ८२ हजार ४५२ रूपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ। दाबी भुक्तानी प्रक्रियालाई थप सहज, प्रभावकारी र छिटो बनाउन कम्पनीले सम्बन्धित बीमित तथा सेवाग्राहीहरूलाई आवश्यक कागजात यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरेको छ। आवश्यक कागजात समयमै प्राप्त भएमा दाबी मूल्यांकन तथा भुक्तानी प्रक्रियालाई तीव्रता दिन सहयोग पुग्ने कम्पनीले जनाएको छ। प्राकृतिक विपद्का कारण व्यवसाय, सम्पत्ति तथा जनजीवनमा पर्न सक्ने आर्थिक प्रभावलाई न्यूनीकरण गर्न बीमा क्षेत्रको भूमिका महत्त्वपूर्ण रहन्छ। यसै सन्दर्भमा सलिकोले प्रभावित बीमितहरूलाई आर्थिक सहायता उपलब्ध गराउँदै बीमाप्रतिको विश्वासलाई थप सुदृढ बनाउने प्रतिबद्धताका साथ आफ्नो दायित्व निर्वाह गर्दै आएको छ। सलिकोले विपद्का कठिन परिस्थितिमा बीमित तथा समुदायसँगै उभिँदै आर्थिक सुरक्षा प्रदान गर्नुका साथै पुन:स्थापना र पुनर्निर्माणका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले कार्य गर्दै आइरहेको छ। The post सलिकोद्वारा रसुवा बाढी प्रभावित क्षेत्रमा २६ करोडभन्दा बढीको बीमा दाबी भुक्तानी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

नेपालमा नोभेम्बर १७ देखि आईसीसी एसिया सम्मेलन हुने
ताजा खबरJust now

नेपालमा नोभेम्बर १७ देखि आईसीसी एसिया सम्मेलन हुने

काठमाडौँ। नेपालमा आगामी नोभेम्बर १७ देखि २१, २०२६ सम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापन तथा आईसीसीको आयोजनामा सम्मेलन हुन... ...

रातोपाटी
सिद्धार्थ बैंकको मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’सञ्चालनमा ल्यायो
ताजा खबरJust now

सिद्धार्थ बैंकको मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’सञ्चालनमा ल्यायो

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो । मोबाइल बैंकिब एपको लगइन स्क्रिनमा उपलब्ध यस गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन् । ...

कर्पोरट खबर
हेटौंडाको ट्राफिक अस्तव्यस्तता, प्रहरीदेखि उपमहानगरपालिका जिम्मेवारी पन्छ्याउँदै
ताजा खबरJust now

हेटौंडाको ट्राफिक अस्तव्यस्तता, प्रहरीदेखि उपमहानगरपालिका जिम्मेवारी पन्छ्याउँदै

• हेटौंडामा सवारी चाप बढ्दै गए पनि ट्राफिक व्यवस्थापन र पूर्वाधारमा सुधार हुन सकेको छैन, जसले समस्या चुल्याएको छ। • स्थानीय सरकार र प्रहरीबीचको समन्वयको अभावले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ, र यसलाई समाधान गर्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता छ। • हेटौंडाको ट्राफिक व्यवस्थापन सुधार गर्न बुद्धचोक, सीमाचोक र बाइपास क्षेत्रको सवारी चाप अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिइएको ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play