Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/टेस्लाले ‘फुल सेल्फ ड्राइभिङ’ को नाम परिवर्तन गरेर किन ‘असिस्टेड ड्राइभिङ’ राख्यो?

टेस्लाले ‘फुल सेल्फ ड्राइभिङ’ को नाम परिवर्तन गरेर किन ‘असिस्टेड ड्राइभिङ’ राख्यो?

Share:WhatsAppFacebookX (Twitter)Telegram
टेस्लाले ‘फुल सेल्फ ड्राइभिङ’ को नाम परिवर्तन गरेर किन ‘असिस्टेड ड्राइभिङ’ राख्यो?

विद्युतीय सवारी निर्माता टेस्लाले यूरोपेली वेबसाइटहरूमा आफ्नो ‘फुल सेल्फ ड्राइभिङ’ सुविधालाई ‘टेस्ला असिस्टेड ड्राइभिङ’ भन्न थालेको छ। नियामक निकायहरूले भ्रामक भनेको नाम हटाउँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले उक्त सफ्टवेयरलाई यूरोपेली संघभरि प्रयोगको अनुमति दिलाउन प्रयास गरिरहेका छन्। जर्मनीले मंगलबार टेस्लाले नयाँ नाम अपनाउन प्रस्ताव गरेको बताएपछि यो नाम परिवर्तन गरिएको हो। मस्कले स्वचालित रूपमा सवारी चलाउने यो प्रविधिलाई कम्पनीको भविष्यको वृद्धिका लागि महत्त्वपूर्ण बताएका छन्। रोयटर्सका अनुसार स्लोभाकियाका लागि टेस्लाको ‘एफएसडी’ पेज अहिले ‘टेस्ला असिस्टेड ड्राइभिङ’ पेजमा रिडाइरेक्ट हुन थालेको छ। जर्मनी, स्पेन र नेदरल्यान्ड्सलगायत अन्य युरोपेली देशका वेबसाइटमा पनि यही परिवर्तन गरिएको छ। तर, अमेरिकाको वेबसाइटमा भने अझै पनि ‘फुल सेल्फ ड्राइभिङ (सुपरभाइज्ड)’ नाम नै प्रयोग गरिएको छ। यसै साता प्रकाशित रोयटर्सको समाचारअनुसार, टेस्लाले यूरोपमा एफएसडीको प्रयोग अनुमति पाउन अभियान चलाएको छ। यसअन्तर्गत कम्पनीले आफ्ना सवारीधनी र समर्थकहरूलाई अनुमति प्रक्रिया छिटो अघि बढाउन राष्ट्रिय नियामक निकायहरूलाई आग्रह गर्न प्रोत्साहित गरेको छ। सेप्टेम्बरमा एक नर्वेली टेस्ला सवारीधनीले एफएसडीको नाम परिवर्तनले त्यसप्रति उठेका चिन्ता सम्बोधन गर्छ कि गर्दैन भनेर नर्वेको सार्वजनिक सडक प्रशासनलाई सोधेका थिए। सूचनाको हकसम्बन्धी अनुरोधमार्फत रोयटर्सले प्राप्त गरेको कागजातअनुसार ती सवारीधनीले भनेका थिए, “कृपया ‘हामी युरोपेली संघको प्रतीक्षामा छौँ’ भनेर मात्र फेरि नभन्नुहोस्। त्यसबीच टेस्ला वा नर्वेले के गर्नुपर्छ भन्ने कुरा पनि स्पष्ट पार्नुहोस्।” धेरै नियामक निकायले पुरानो नामलाई भ्रामक भनेका छन्। उनीहरूका अनुसार यो प्रणाली प्रयोग गर्दा चालकले निरन्तर निगरानी गर्नुपर्छ र कानुनी रूपमा चालक नै जिम्मेवार रहन्छन्। स्विडेनमा उपभोक्ता संरक्षणसम्बन्धी अधिकारीहरूले यसअघि एफएसडीको विज्ञापनले ग्राहकहरूलाई उक्त प्रणाली पूर्ण रूपमा स्वचालित रूपमा सवारी चलाउन सक्षम रहेको गलत धारणा दिन सक्छ कि सक्दैन भन्ने विषयमा मूल्याङ्कन गर्न स्विडिस यातायात निकायलाई आग्रह गरेका थिए। इटालीमा सरकारी अधिकारीहरूबीच भएको आन्तरिक पत्राचारमा ‘फुल सेल्फ ड्राइभिङ’ नाम र टेस्लाको प्रचार सामग्रीले प्रयोगकर्ताहरूलाई सवारीमा चालकको निगरानीबिना चल्ने स्वचालित प्रणाली रहेको विश्वास दिलाउन सक्ने उल्लेख गरिएको थियो। सूचनाको हकसम्बन्धी अनुरोधमार्फत प्राप्त गरेको उक्त पत्राचारमा विशेषगरी एसएई लेभल ३ जस्ता उच्च तहको स्वचालन क्षमता रहेको गलत धारणा उत्पन्न हुन सक्ने बताइएको थियो। युरोपेली संघका आठ देशले यस प्रणालीलाई प्रयोग गर्न अनुमति दिइसकेका छन्। स्लोभाकिया केही दिनभित्रै अनुमति दिने नवौँ देश बन्ने अपेक्षा गरिएको छ। यूरोपेली संघभरि अनुमति दिने विषयमा हुने मतदान अक्टोबरबाट सारेर कम्तीमा डिसेम्बरसम्म पुर्‍याइएको छ। फ्रान्सजस्ता देशले थप परीक्षण गरिरहेका छन्। The post टेस्लाले ‘फुल सेल्फ ड्राइभिङ’ को नाम परिवर्तन गरेर किन ‘असिस्टेड ड्राइभिङ’ राख्यो? appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

आफूखुशी शुल्क बढाउने १४ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणले तिरायो जरिवाना, स्वीकृति नलिई लागू गरिएका प्याकेज र शुल्क तत्काल बन्द गर्न निर्देशन
प्रविधिJust now

आफूखुशी शुल्क बढाउने १४ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणले तिरायो जरिवाना, स्वीकृति नलिई लागू गरिएका प्याकेज र शुल्क तत्काल बन्द गर्न निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्रका शर्तविपरीत काम गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै इन्टरनेट (इमेलसहित) सेवा सञ्चालन गर्न अनुमति पाएका सेवा प्रदायकले अनुमतिपत्रका सर्त तथा प्रचलित कानुनअनुसार सेवा सञ्चालन नगरेको निरीक्षण तथा जाँचबुझ प्रतिवेदनका आधारमा जरिवाना गर्ने निर्णय गरिएको जनाएको छ। दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम ती ...

टेक्नोलोजी खबर
नयाँ लाइसेन्स प्रणालीमा प्राविधिक समस्या, यातायात कार्यालयको सेवा अवरुद्ध
प्रविधिJust now

नयाँ लाइसेन्स प्रणालीमा प्राविधिक समस्या, यातायात कार्यालयको सेवा अवरुद्ध

काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र प्रणालीको सर्भरमा प्राविधिक समस्या उत्पन्न भएपछि यातायात व्यवस्था कार्यालयको सेवा प्रवाह अवरुद्ध भएको छ ।यातायात व्यवस्था कार्यालयले आज एक अत्यन्त जरुरी सूचना जारी गर्दै नयाँ सर्भरमा समस्या देखिएकाले सेवा सञ्चालन गर्न नसकिएको जनाएको छ ।कार्यालयका अनुसार सर्भरको समस्या समाधान हुना साथ अवरुद्ध सेवा पुनः सञ्चालन गरिनेछ । सेवा कहिलेदेखि नियमित हुन्छ भन्नेबारे भने सूचनामा ...

आइसिटी समाचार
बाढीले जलविद्युत् आयोजना र वितरण लाइनमा क्षति, पुन:स्थापनामा जुट्यो प्राधिकरण
प्रविधिJust now

बाढीले जलविद्युत् आयोजना र वितरण लाइनमा क्षति, पुन:स्थापनामा जुट्यो प्राधिकरण

काठमाडौं । बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोलामा आएको बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मर्मत तथा पुन:स्थापनाको काम तीव्र बनाएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठका अनुसार बाढीबाट क्षति पुगेको विद्युत् प्रणाली मर्मत गरी धार्चे गाउँपालिकाबाहेकका सबै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुन: सञ्चालनमा ल्याइएको छ ।खोर्लाबेंसीदेखि माथिल्लो क्षेत्रमा सडक ...

आइसिटी समाचार
दूरसञ्चार प्राधिकरणको निर्देशन विपरित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
प्रविधिJust now

दूरसञ्चार प्राधिकरणको निर्देशन विपरित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना

२७ असोज, काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन र स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा बेच्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । प्राधिकरणबाट जारी अनुमतिपत्रका सर्तविपरीत काम गरेको निरीक्षण तथा जाँचबुझका क्रममा पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम ती सेवा प्रदायकलाई जरिवाना गर्ने निर्णय गरिएको प्राधिकरणले मंगलबार […] The post दूरसञ्चार प्राधिकरणको ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play