नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय एआई अवार्ड

काठमाडौं । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रालि अन्तर्राष्ट्रियस्तरको ‘एआई इन साइबर सेक्युरिटी अवार्ड २०२६’ बाट सम्मानित भएको छ। इन्डोनेसियाको जकार्तामा आयोजित ‘एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६’ अन्तर्गत कम्पनीलाई उक्त अवार्ड प्रदान गरिएको हो। सूचना प्रविधि तथा साइबर सुरक्षाको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप इन्साइट टेक्नोलोजीलाई सम्मान गरिएको कम्पनीले जनाएको छ। विभिन्न संवेदनशील क्षेत्रका संस्थाहरूको साइबर सुरक्षा परीक्षण, जोखिम निगरानी, घटनामा प्रतिक्रिया तथा सुरक्षा प्रणाली सुदृढीकरणमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोग गरेबापत कम्पनीले यो अवार्ड प्राप्त गरेको हो। सन् १९८४ मा स्थापित एएसओसिआईओ एसिया तथा ओसियाना क्षेत्रका २५ भन्दा बढी देशका राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसीटी) उद्योगसम्बद्ध संस्थाहरूको क्षेत्रीय संगठन हो। यसले डिजिटल अर्थतन्त्रको विकास, क्षेत्रीय प्रविधि सहकार्य र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै आएको छ। सन् २०२६ अक्टोबर ७ मा जकार्तास्थित स्विसोटेल जकार्ता पीआईके एभिन्युमा आयोजित ‘अवार्डी शोकेस’ कार्यक्रममा इन्साइट टेक्नोलोजीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन के. शर्माले कम्पनीको यात्रा, उपलब्धि र साइबर सुरक्षा क्षेत्रप्रतिको दृष्टिकोण प्रस्तुत गरेका थिए। उनले एएसओसिआईओ बोर्डका सदस्य, अवार्ड विजेता तथा एसिया–ओसियाना क्षेत्रका प्रविधि विज्ञहरूसमक्ष कम्पनीका गतिविधिबारे जानकारी गराएका थिए। सन् २०११ मा आईटी सोलुसन इन्टिग्रेटरका रूपमा स्थापना भएको इन्साइट टेक्नोलोजी अहिले सयौँ संस्थालाई सेवा प्रदान गर्ने साइबर सुरक्षा तथा व्यवस्थित प्रविधि सेवा प्रदायक कम्पनीका रूपमा विकसित भएको छ। अवार्ड प्राप्त गरेपछि कम्पनीका प्रबन्ध निर्देशक तथा सीईओ शर्माले यसलाई कम्पनीका इन्जिनियर, विश्लेषक र आफ्ना सेवामाथि विश्वास गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ग्राहकहरूको उपलब्धिका रूपमा व्याख्या गरेका छन्। ‘यो अवार्ड हाम्रा इन्जिनियरहरू, हाम्रा विश्लेषकहरू र नेपाली कम्पनीका अति संवेदनशील प्रणालीहरूमा विश्वास गर्ने हाम्रा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ग्राहकहरूको हो। हामीले प्रत्येक संस्थाका लागि उन्नत साइबर सुरक्षा पहुँचयोग्य बनाउन इन्साइट टेक्नोलोजीको स्थापना गरेका हौँ,’शर्माले भने। उनले क्षेत्रीय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउनु र नेपाली प्रविधि कम्पनीहरूले विश्वव्यापी साइबर सुरक्षा प्रणालीमा पुर्याउन सक्ने योगदान प्रस्तुत गर्न पाउनु गौरवको विषय भएको बताए। इन्साइट टेक्नोलोजी प्रालिले विगत १५ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचना प्रविधि र साइबर सुरक्षासम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको छ। कम्पनीले संवेदनशील डिजिटल प्रणालीको सुरक्षा, जोखिम पहिचान तथा साइबर सुरक्षा क्षमता अभिवृद्धिसम्बन्धी क्षेत्रमा काम गर्दै आएको जनाएको छ। The post नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय एआई अवार्ड appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News
![दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]](https://hamrakura.com/uploads/news/images/badri-roy.jpg)
दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]
सीजी ब्रान्डले घरायसी प्रयोजनका सामग्रीहरू किन्दा भारी मात्रामा उपहार लिएर बजारमा आएको जनाएको छ । ...

दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास
• जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवमाथि अनियमितताको आरोप र उनकी बहिनीको स्वास्थ्य बीमा विवरण फेला परेको छ। • यादवले बहिनीलाई एटेंडेंट भिसामा ल्याउन चाहेका थिए, तर दूतावासले भिसा नदिएपछि विद्यार्थी भिसामा ल्याएको बताइएको छ। • यादवले ४२ दिनको हाजिरी गरेको विषयमा छानबिन र कारबाहीको मागसहित उजुरी परेको छ, र पत्रकारलाई धम्की दिएको आरोप पनि छ। ...

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने
• सरकारले पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ, जसमा नेपाल सरकारको ४० प्रतिशत शेयर स्वामित्व रहनेछ। • प्रस्तावित कानूनी व्यवस्थाबाट पूर्वाधार क्षेत्रमा लगानी बढ्ने, स्थानीय तहको वित्तीय पहुँच सुदृढ हुने र सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। • विधेयक पारित भएमा नगर विकास कोष ऐन, २०५३ खारेज हुनेछ र सम्पूर्ण सम्पत्ति, दायित्व ...



